Thursday, January 16, 2014

      "  कथाले मागे पछि"

कथाले मागे पछि टाढा भउकि कुन्नि !
जिन्दगीनै छेकी दिने डाडा  भौ कि कुन्नि


गुन्यो चोली थन्काएर के के तिर सरिरैछौ
डलरको भाउ बढे संगै छाडा  भौ कि  कुन्नि!!!

मुखमा मात्र राम राम तिम्रो बगलीमा छुरा देखे .
दुख्यो भन्दै घोची रहने  काडा  भौ  कि कुन्नि !!!

तन थियो मन थियो साथ पनि संगै  थियो 
निभ्नै लाको टुकी जस्तै गाढा भौ कि कुन्नी !!!

सत्य सबै लत्ताएर  झुटको खेति गरे पछी 
अहिले आएर  चुहिनै लाको भाडा  भौ कि कुन्नि !!


Saturday, January 11, 2014

                 "तिमि "


लाग्थ्यो कुनै बेला तिम्रो बिश्वास, तिम्रो माया,अनि तिम्रो धैयता देख्दा ..संसारको भाग्यमानी मै हु झैँ अनि सोच्थे तिम्रो नाम जुनी जुनी नमेटिने गरि ..शिलालेख मै लेखु !मुटुमै लेखु . अनि बिस्तारै सम्बन्धका पहाड भक्काउदै गर्दा ..आश लाग्थ्यो बालुवामा भएनी लेख्नु पर्ला भन्थे ,तर तिमि संगै ज्वारभाटा संग जुध्न लाई भुमरी संग खेलेका हामी अचानक . सानो खोलीमै तिम्रो यात्रा रोकिए पछि .पानीमा त के ..हावामा पनि लेख्न मन लागेन,,,..तिम्रो त्यो बेइमानी ...तिम्रो त्यो ..छलकपट ..तर पनि तिमि महान बन ..!!!!