Wednesday, April 23, 2014



                  "यो कस्तो सहर"?

          अहिले सम्म न त कसैले ठ्याक्कै भन्न सक्छ न त देखेको नै छ 'नर्क' यस्तै हुन्छ भनेर, तर म अनुमान गर्न सक्छु 'नर्क' यो "सहर" भन्दा गएगुज्रेको चाही पक्कै छैन।

            म आज हजारौ,लाखौ,करोडौ मान्छेहरुको भिड सहेको यस्तो काहली लाग्दो सहरको कुरा गर्दै छु , जुन सहरमा मान्छेको इमान्दारीता र मानवियताको कति बेला 'बलत्कार' हुन्छ पत्तै हुदैन। यो, त्यो सहर हो,! जहाँ बाहिर हात्ती भन्दानि ठुला अक्षरमा 'छुट'को चारो टासेर भित्र कमिला भन्दा साना अक्षरमा "लुट"को बल्छीमा पारिन्छ। काकाले भतिज लुट्छ, मामाले भान्जा लुट्छ, नढाटी भन्दा आफ्नाले आफ्नै लुट्छ पराइको के कुरा मह झै मिठो बोलीमा लठ्ठ पारेर छिन भरमै 'विस्वास'र 'सम्बन्ध'को हत्या गरिन्छ । 

         पाइलै पिच्छे मन्दिरै मन्दिर अनि भगवान नै भगवानले भरिएको सहरमा धर्म के हो?सत्य के हो? भन्ने भुलेर आफ्नो मानवतालाइ मन्दिरमा बालिने दियो संगै जालाइएको सहर हो। के साच्ची मन्दिरमा भगवान छन त? मैले धेरै चोटी प्रश्न गरे तर उत्तरबिहिन मेरो मन पनि मौन बसिरहन्छ अनि फेरी मन्दिर तिर फर्किएर प्रति प्रश्न गर्न मन लाग्छ। यदि भगवान भए, असत्य र फटाहको बिनास गर्ने भए, मन्दिर जस्तो पवित्र ठाउमा पनि दर्शन गर्न जादा दर्शनको पिर भन्दा जुता चप्पल हराउने पिर किन बढ्छ त ? के मन्दिर जुता चप्पल लुटिने सहर बनेकै हो त? मन्दिरमा बज्ने घण्टीका मधुर धुन भित्र लुटेराको भिड ?कस्तो व्यापार ?पवित्र संस्थानमा चाहे मन्दिरमा  चढाएको होस चाहे दान गरेको किन नहोस धर्मको नाम बाट ब्रह्मालुट गर्न पाइन्छ? 

            यो कस्तो सहर हो जहाँ सर्वजनिक यातायातमा ढुक्कले बस्ने सिट मिल्यो भने शताब्दीकै 'भाग्यमानी' मान्छे मै हु कि झै गर्नु पर्ने ..घर भन्दा बाहिर निस्के पछि कति बेला खल्ती चुइटिने हो भन्ने पिरले प्रतेक सेकेन्डमा हात लागाइ रहनु पर्ने !! लाग्छ एउटा हात खल्तीको लागी छुट्उनु पर्ने झै यो कस्तो सहर हो , १ लिटर पसिनाको धारा बगाउनजेल काम गर्दा आधा लिटर पानीको बोतल सम्म किन्ने ज्याला हराएको सहर.... , 
           यो ,,प्रतेक दिन पाँच बट्टा चुरोट पिउने चुरोटेले भन्दा सहर घुम्न निस्कनेले बढी धुवा उपहार पाउने सहर हो। आसाको दियो बालेर सहर पसेका युवाहरुलाइ निरासाको हुरी चलाएर बिदेश नै अन्तिम बिकल्प रोज्न बाध्य बनाउने सहर हो।जोगीको भेषमा गाजा र चरेसको तस्करी गर्ने सहर हो। दु:ख का साथ भन्नु पर्छ गुन्डाले नै पुलिस र नेता पालेको सहर हो। अब भन्नुस यहा न्याय कसरी पाइन्छ? यो यस्तो पुलिस बस्ने सहर हो यो यस्तो न्याय दिने सहर हो यहाँ गरिबले सियो चोर्दा प्रस्ट देख्छ हुनेखानेले दिनडहाडै 'हत्या' गर्दा प्रहरी आखामा पट्टी बाधेर बस्छ न्याय दिने न्यायलय 'बहिरो'बन्छ के साच्ची नै निमुखा र गरिबले खल्ती मै मुसा मार्ने औषधि हालेर हिन्ने दिन आएकै हुन त ?!!! कस्तो दया बिहिन सहर छ यो घरभेटी सानो हेन्गर टागेको आधरमा घर छोड्ने पुर्जी काट्छ एउटा राम्रो कोठा र राम्रो घरभेटी पाउदा आफुलाइ विश्व बिजेता सम्झनु पर्ने कस्तो अभागी सहर, शौचालयको पहरेदार बस्न पनि टेन्डर हाल्नु पर्ने भने पछि कति लुट भित्र रोमलिएको छ त यो सहर यो विश्वको त्यस्तो नमुना सहर पनि हो जहा २४ घण्टा उज्यालो हेर्न कि एअरपोर्ट नै जानु पर्छ कि बादलले छल गरेन भने पूर्णिमा नै कुर्नु पर्छ ।

            हुनत यहाँ देशको चिन्ता लिएर देशको भविस्यको लागी केही गर्नु पर्छ भनेर सकारात्मक सोच बोकेका युवा हरुको घुइचो नभएको पनि हैन एउटा सानो कोठा भित्र सुनौलो परिवर्तनको लागी आधा पेट खाना संगै जन्डिज हुदा सम्म आफ्नो समय खर्चिएर मेहनेत गर्ने भबिस्य कोर्न सक्ने बिद्दवान पनि नभएको होइन तर मानव निर्मित सहरमा दानवरुपी लुटेराहरुको भिडले देशभक्ति सोच राख्नेहरुलाइ अलपत्र पारिदिएको छ यो सहरले, ।

         संसारमै नभएको यति सानो राष्टमा ६०१ जना 'भेडा' यहि सहरको "भेडीगोठ" भित्र दानापानी मात्र हैन सबस्व लुटेर भुडी तन्काएका छन यो कस्तो अतिकति पनि लाज सरम नमान्ने सहर, यो कस्तो बेइमानीको घुइचो लाग्ने सहर, यो कस्तो लुटेराले बिजयजुलुस निकल्ने सहर, यो कस्तो बन्द र हड्तालले सधै माया गरिरहने सहर, सुरुवात नगर्दै रहर मर्ने सहर!!! ....

हामी दुइचार जना जम्मा हुदा मलाइ त पोलिटिक्समा नो इन्टेस भन्दा ओहो! म त 'महान' भए म नै यो देशको बुझेको मान्छे हु, झै ठानेर गर्व साथ राजनिती मन पर्दैन। मलाइ कुनै चासो नै छैन भनेर निक्कै आफुलाइ महान सम्झन खोज्छौ नि । हो,..हामी यति नै बेला भाग्दै छौ। जिम्बेवारीबाट,आफ्नो कर्तव्यबाट, आफ्नो सहर बदल्ने चाहना र संकल्पबाट.. यसरी नै हामी भाग्यौ भने देश लुट्न र आफ्नो भुडीको आकार बढाउन झुटा भाषण छाट्ने नेता र नेतृत्वले अझै हामीलाइ यस्ता धेरै उपहार दिने छन।

यो सहरलाइ विश्वको नमुनाको पनि नमुना बनाउनेछन। अस्तित्व बिहिन बनाउनेछन। छिट्टै अध्यारोको सहर बनाउनेछन, डाकै डाकाको सहर बनाउनेछन भूडी मात्र बढाउनेको सहर बनाउने छन हामी एउटा अध्यारो कोठामा आफैलाइ धिक्कारदै बस्ने छौ  । आशा बिहिन अध्यारा किरणको धुन संगै!! यो सत्य र मानवता हराएको सहर भन्दै!!!!!

Thursday, April 17, 2014



                   "टाइमलाइन "


"टाइमलाइन" (समय रेखा) न त मान्छेले भाग्य भन्दा बढी पाउछ न त समय भन्दा अगि नै दौड्न सक्छ जे हुन्छ राम्रोको लागी हुन्छ । यहाँ भन्दा चित्त बुझाउने आधरनै के हुन्छर!!

          सायद तपाइ माथिको भनाइ पढ्दै गर्दा यो त कतै पढेको कतै देखेको झै भयो होला, यो मेरै बायो बाट चोरेको हो किनकी यही परिधि भित्र नै 'समय रेखा' अल्झिएको छ। "टाइमलाइन"रेसमा दौडिएको घोडा झै हो जस्लाइ पछि फर्केर हेर्ने न त फ़ुर्सत हुन्छ न फर्किएर हेर्नु उस्को धर्म नै हो। सफलताको टर्की चुम्नको लागी दौड्ने सबै घोडाहरु समयको रेखा नटुंगिदा सम्म भागी रहेका हुन्छ। चाहे त्यो हारको निस्चित भै सकेको किन नहोस !

     रेसमा भाग लिने सबै सहभागी प्रथम हुनको लागी नै भाग लिन्छन तर सबै सहभागीले त्यो अवसर कहा पाउछन र खेलको धर्म र नियम मिचेर । टाइमलाइन एउटा "चौतारी"हो । जहाँ भरिया होस वा बटुवा आफ्न पसिना र थकानको निसंकोश भारी बिसाउछन चौतारी गन्तव्य पुर्याउने साधन होइन यो त पसिना ओबानो बनाइ दिने गन्तव्य पुग्नलाइ साहस दिने र भरियाहरुका गुनासा साटासाट गर्ने वा सच्ची अर्थमा भन्ने हो भने "चौतारी" भरियाको लागी एउटा स्वर्गको टुक्रा नै हो ।
     हो हामीले भनेको टाइमलाइन पनि थुप्रै शब्द हरुको बिचबाट आफ्नो मनमा 'अन्डर लाइन' गरिएका भावहरुको पोखाइ हो टाइमलाइनमा छरिएका यिनै शब्दहरुको तान्द्राहरु टिपेर बलियो डोरी बनाउनु नै सफल यात्राको खोजी पनि हो! सबै मान्छे मात्र हैन हरेक प्राणीका आफ्नै सपना र उदेश्यहरु हुन्छन 'सपना र उदेश्य'भित्र पनि केही महत्वपूर्ण सपना हरुलाइ "अन्डर लाइन" लगाएर पूरा गर्ने होडमा दौडिरहेका हुन्छौ ।
     गौरी खेत साउलाइ बन्धकी राखेर परदेशीएको परदेशीको 'टाइमलाइन' साउको रिन तिर्ने र पुरानो छानो फेर्ने हुन्छ, युद्दमा हिडेको सिपाहिको टाइमलाइन बिजयको फुली लगाउने हुन्छ । कुटो कोदाली संग जिन्दगी साटेको किसानको टाइमलाइन भकारीमा टन्न अन्नको रास संग हुन्छ फाटेको चोलीमा पटुका कस्दै मेलापात गर्ने "आमा"को टाइमलाइन सन्तानको खुसीको लागी हुन्छ भ्रष्टचारको रासमा चुर्लुम्म डुब्ने नेताको टाइमलाइन ठुला ठुला त "तस्करी"र "ब्रह्मलुट" मच्काउन सक्ने आयोजनामा हुन्छ। गुंडमा भोकाएको चुच्चो आकाश तिर फर्काएर रोइरहेका बचेराकी आमा चरीको टाइमलाइन चारोको जोह तिर हुन्छ!! कथा कोर्दा कोर्दै कलम हातमा समाएर टोलाइ रहेको लेखकको टाइमलाइन शब्द र परिकल्पना को बिषयगत दुनियामा हुन्छ!! सबैले आ-आफ्ननै लक्ष र सपनालाइ मनका कुना कुनामा "अन्डरलाइन" गरेर राखेको हुन्छन यहि गरिएका अन्डरलाइन नै टाइमलाइन भित्रका "लाइफलाइन" हुन ।

             "टाइमलाइन"यस्तो साथी हो जहाँ कतिपय अवस्थामा आदर्शको बुइ चढेर यथार्थका शब्दहरु मोती झै बनेर पोखिन्छन जहा टिप्ने,सझाउने, देखि लिएर चोर्नेहरुको भिडले भरिएको हुन्छ। मनका पिर,व्यथा मात्र नभइ खुसी र उमंगको भारी बिसाउने साझा मन्च असिनै र पसिनैको दुनियालाइ भुलेर आन्नदको अनुभुति दिने ठाउ टाइमलाइन हो । थुप्रै घण्टा,दिन लागेर अनेकौ घुम्ती र अफ्ठ्यारा उकालीहरुको अन्त्य पछि सपनाको पहाड मेटिन्छ जुन "शिखर" हो। त्यहा बाट देखिने रमाइला र सुन्दरताले भरिएका दृश्य नै अानन्द र सफलताको उपहार हुन जुन हृदय र आखामा मात्र दृश्य बनेर कैद भएको हुन्छ कहिलै नमेटिने सम्झनाको पल बनेर !! यिनै र यस्तै यस्तै पलहरुको संगालो भनौ वा सुख,दु:ख,मिलन-बिछोड,अादि इत्यादिको खिचडी नै जिबन हो वा लाइफ लाइन हो।

          यी सब लाइफ लाइन संग मिल्ने टाइमलाइन (समय रेखा) हुन अब सुरु हरु टुइटरको "टाइमलाइन" छोटकरीमा 'टियल' यहा टियलको खाली पाना 'सिमसिमे पानी' हो। कोरिने 'शब्द'सूर्यको प्रकाश हो सिमसिमे पानी र सूर्यको किरण बाट इन्द्रेणीको जन्म भए झै यहा पनि खाली पाना र शब्दको समायोजन बाट बनेको सप्तरंगी सुन्दर दृश्य नै टाइमलाइन हो। जहा टुइट एउटा रंग हो,मेन्सन एउटा रंग,रिटुइट अर्को रंग हो, बतासे अर्को रंग यी सबै रंगको मिश्रण बाट इन्द्रेणीको रुपमा बदलिएको हुन्छ। खुला र फराकिलो मन हुनेका लागी टियल आफु नै अभिनित फिल्म हो जहाँ दर्शक स्वयम आफु पनि एक हो। यहि "टाइमलाइन" वरीपरि घुम्ने हामी सबै कलाकार हो जहा कसैको अनुमति बिना आफ्नो कला पोखिरहेका हुन्छौ यहि पृष्ठभुमीमा घुमेको चलचित्र "टाइमलाइन" यस्तो छ भनेर के लेख्दै थिए डियममा निलो बत्ती बल्यो भट्ट ओप्पन गरेको त कथा लिग नगर्नु है छड्के भनेर निर्माताले म्यासेज गरेका रैछन मेरो टाइपको गतिमा एक्कासी इमरजेंसी ब्रेक लाग्यो!!.......:)

Thursday, April 10, 2014

               "गजल" 

.....ढाटेर हुन्न ,,,,

आउ अब संगै मिली गरौ नौ डाडा काटेर हुन्न
 भनेर हैन गरेरै देखाउ सधै भरी ढाटेर हुन्न ! 

अरुलाइ नै सरापेर कति बस्नु हात बाधेर 
आफै बाट सुरु गरौ रिसले निधार बाटेर हुन्न

 कति जानु प्रदेश मात्र भेड़ा बाख्रा बेचे सरी
 आफ्नै देशमा गरौ केही उतै जिवन साटेर हुन्न !

एक थुकी सुकी जान्छ सयौ थुकी नदी बन्छ
 उठौ यूवा जुटौ अब आफै आफै फाटेर हुन्न !

तनले भनौ मनले भनौ अब हामी गर्छौ भनि 
सत्य कहिलै झुटो हुन्न असत्यलाइ चाटेर हुन्न!!

Friday, April 4, 2014



                     "क्रिकेटले दिएको एकता"

"एकतामा बल मात्र हैन एउटा काल खण्ड नै फेर्ने सामर्थ्य पनि हुन्छ।"तर सबै एकतामा खड़ा भएका संस्थाको मालिक हुन वा देशका मालिक सबै सकारात्मक पक्षका परिवर्तक नबन्न पनि सक्छन ।
 
                           पखेटाको साहराले कोसौ टाढाबाट अनेकौ रसको मिश्रणबाट माहुरीले अमृत भन्दा मिठो "मह" बनाउछ।  अनि हामी भन्छौ माहुरी झै मेहनेती मात्र हैन कडा मेहनेती हुनु पर्छ अनि साना कमिलाको हुलले आफु भन्दा कयौ गुना ठुला किरा फट्याङ्गाहरु बोकेर गन्तव्य सम्म पुर्याएको देख्दा ओहो "एकता" भन्छौ। तर अपसोच! प्राय: हामी तिनीहरुबाट ज्ञान त लिन्छौ आफ्नो अधिकतम स्वार्थ पुरा गर्नेको लागी मात्र एकता र मेहनेतमा खटिन्छौ । तर सबै मानिस स्वार्थले मात्र भरिएको पनि हुदैन कुनै न कुनै भागमा मेरो लागी भन्दानि हाम्रो लागी हामी सबैको खुसीको लागी पनि आफ्नो जिवन अर्पण गरेका हुन्छन। 

             मैले यहाँ भर्खरै मात्र विश्वकप क्रिकेटमा सम्भावना र सबैको खुसी बोकेर फर्केको क्रिकेटको बारेमा चर्चा गर्दैछु। साच्ची नै भन्ने हो भने क्रिकेट खेल्ने मुर्ख हेर्ने महामुर्ख भन्छन तर यहि खेल्ने मूर्खले हेर्ने महामुर्खलाइ एकताको मालामा गोलबन्द गरिदियो। जातीबाद,क्षेत्रबादको सागुरो धेरा भित्र स्वार्थको पोको पारेर लुट्ने दाउ हेरेका लुटतन्त्रका ठेकदारहरुलाइ नराम्रो गरि झापट दियो।  न हामी बाहुन, न हामी गुरुङ ,न हामी क्षेत्री, न हामी दलित, न हामी जनजाति ,न हामी तराइका न हामी मधेसी न हामी पहाडिया न हामी हिमाली  हामी हौ भने मात्र "नेपाली" हौ। जहाँ सिंगो स्वतन्त्र नेपाल छ ।यही एउटा मात्र आवज थियो नेपाल! नेपाल!नेपाल!,,, अरु हामीले केही सुनेनौ किनकी पहिले हामी नेपाली हौ।

             क्रिकेटले सबै नेपालीलाइ एउटै परिधि भित्र मात्र घेरेन कि विश्वले सम्झना लाएक नया शक्तिको परिचय पनि दियो किन दियो त सबै नेपालीलाइ खुसी? किन छरिएका मन हरुलाइ एउटै मनमा जोड्यो त? सयौ राष्ट्रको बिचबाट अनेकौ प्रतिद्वन्द्वीको समाना गरेर पुगेको नेपाल त्यहा पुरै देशको गर्व र स्वाभिमानको लागी मात्र हैन सम्भावनाको निम्तो पनि लगेर गयो जहा फर्फराई  रहेको 'सूर्य'चन्द्र' अंकित झन्डा भित्र एउटा आशाको झण्डा पनि देख्यौ एकताको झण्डा देख्यौ अनि विश्वास र सम्भावनाको झण्डा पनि देख्यौ जहाँ दुनियाले देखे इतिहासले सम्झने गरी,  
        सबै नेपाली हरु सबै काम धन्दालाइ पनि जितेर क्रिकेट हेर्नको लागी जसरी गुलेलीको साहराले मट्यांग्रा सबैँ भन्दा टाढा पुग्ने गरी अन्तिम रवरको तन्काइ झै आखाहरु कोही टि.भी तिर तन्काए कोही ठुला पर्दामा तन्काए कोही मोबाइलमा तन्काए भिडियोमा हेर्न नसक्ने रेडियोमा बिरालोको कान झै रेडियोको नजिक पुगे जहाँ सिंगो देशको खुसीको लागी लड्दै गरेका खेलाडीको उत्कृस्ट प्रदर्शनको लागी मन मनै होस वा खुलेर जितको लागी भगवान संग प्रथना गरे! सामाजिक संजाल होस् वा चिया गफमा होस जता सुकै एकताको आवाजहरु यसरी गुन्जिन थाले सायद यस्तो एकता न २००७ सालमा थियो न २०४६ न त २०६२/६३ मा नै किनकी त्यो जितमा कति नेपाली दु:खी पनि थिए। तर यहा ती निरासाका मन हरु लाइ पनि खुसी र उमंगमा बाडिदियो जहा हारमा पनि सिंगो राष्टको पुरै देश खुसीको होलीमा रमाइ रहेको थियो। लाग्छ सुरुवात मै हामी वल्ड कप हात पार्यौ।

          ढिकुरी छाती पनि पहाड हिमाल भन्दा फराकिलो र बलियो भएको आभस दियो सायद यही नै हामी नेपाली हुनुमा गर्व हो। यो एउटा क्रिकेटले मात्र पारेको एकताको नमुना हो अर्को कुरा  चाहे जुन ठाउ बाट जस्तो सुकै काम बाट भए पनि देशले जित्ने सबै खेलहरुमा सबै नेपाली एक हुन्छन भन्ने प्रमाणको निम्तो पनि हो! जहा रातो र चन्द्र सूर्य झन्डाले  न्याय पाउनेछ त्यहा कहिलै नझुक्ने गरी खुला आकाशमा एकता,खुसी र विस्वासको कथा बोकेर विश्वले देख्ने गरी नेपाली ले गर्व गर्ने गरी फर्फराइ रहने छ हाम्रो रातो र चन्द्र सूर्य ! हाम्रो खुसीको लागी नेपालीको एकताको लागी!!,

 जय नेपाल!!! जय क्रिकेट!!! जय एकता!!

Tuesday, April 1, 2014

                        "मोक्पो चौतारी नेपाल" 


भन्छन नमरी स्वर्ग देखिदैन ,,अनि  स्वर्ग देखे भनेर आएको मान्छे पनि त  छैन नि है !?  तर हामी भाग्यमानी भनौ वा भाग्यले ठगिएका  नमरी कनै 'स्वर्ग' र  'नर्ग' दुवै देख्यौ किनकि हामी "परदेशी" हौ 
  
विगत लामो समय देखि नाम मात्रको सस्था भनौ वा एउटा क्लब भनौ मोक्पो चौतारीले केहि समय अगी पूर्णता पाएको छ सबैको भेला बाट "मोक्पो चौतारी नेपाल " नामक सस्था चयन गरिएको छ .कोरियाको एउटा  सानो सहर मोक्पो र मोक्पोको आसपास मा रहेका नेपाली हरुको एउटा साझा मंच गठन गरिएको छ झट्ट इतिहास कोरिदैन यदि कोरियो भने चोरीदैन त्यहि कहिलै नचोरिने गरि गत बर्ष "दशैँ'को अवसरमा पनि मोक्पो चौतारीको आयोजना मा शुभकामना साटासाट का साथै पिक्निक कार्यक्रम पनि सम्पन गरेको थियो 
हिजो त्यो दिन देखि यहाँ सम्म आउन सबै नेपालीले दिएको योगदान अनि हामी भन्दा अग्रजले देखाएको सारात्मक भूमिका प्रति हामी नतमस्तक नै छौ  जसले आफ्नो आफ्नो ठाउ बाट सबैलाई चिनजान गराउनु का साथै  एक्लिएको मन लाइ भावना साटासाट गर्ने मौका जुराइदिनु भयो !

                "सस्था एउटा सबैको साझा  चौतारी हो' जहाँ भरिया मात्र हैन बटुवा हरु पनि  धकाई मर्न सक्छन हाम्रो यो मोक्पो चौतारी नेपाल ले पनि आफ्नो ठाउ बाट बिसाई फेर्ने चौतारी कै भुमिमका निर्भाह गर्ने छ ..हाम्रो कामना अनि हाम्रो यो सस्था जातिबाद,क्षेत्रबाद ,र राजनीतिबाट बाट टाढा हैन धेरै टाढा रहनेछ ..किनकि हामी "नेपाली" हो पहिला हाम्रो पहिचान नेपाली हो ,,हामी यसैमा गर्ब गर्नु पर्छ! बिगत लामो समय अगी  देखि फुटबल लाइ केन्द्र बनाएर गरिएको भेटघाटले अझै निरन्तरता पाउनु का साथै सबै नेपाली बीच आत्मियता पनि पाउनेछ यो एउटा सुरुवात हो.. हुनत हामी सस्था बिना पनि हाम्रो दैनिक नचलेको हैन मज्जाले चल्छ पनि  तर यो सस्था न कुनै मुनाफाको लागि खोलिएको हो न त भोलि कुनै उच्च प्रतिफल प्राप्त गर्नको लागि नै हो यो त तपाई हामी बिचको दुरी नजिक बनाउनु का साथै परि आउने सानो तिना समस्या हरुको पुरै उपचार गर्न नसके पनि दुखाइ कम गर्ने मलम भए पनि बन्ने आशा का साथ छरिएर  रहेका  नेपाली साथी हरुको साझा चौतारीको रुपमा हामी सबैको हितको लागि खोलिएको  तेरो मेरो हैन हामी सबैको उत्तिकै अधिकार उत्तिकै कर्तब्य बोध बहन गर्ने मनसाय ले बिगत देखि रहेको मोक्पो चौतारीको नया रुपको निरन्तरता
 मात्र हो !

सकारात्मक सोच राख्ने हरु ठुला ठुला समस्यालाई सगुरो बनाएर समाधानको बाटो खोज्छन हामी पनि यस सस्थामा भएका गल्ति कमजोरी तन्काएर हैन कि सबैको सुझाप सल्लाह का साथ समस्यालाई समाधानको बाटो खोज्ने छौ  ..जो जहाँ छौ आफ्नो आफ्नो ठाउ बाट सकारात्मक सोचौ .सहभागी हौ ..यो  हामी सबैको भलाइको लागि  पनि हो आशा छ यो सस्था ले भोलिका दिनमा धेरै कुरा सिकेर सिकाउने छ आपत र बिपतमा रहेका नेपाली हरुको लागि गन्तब्य पुराउन नसके पनि मार्ग देखाउने छ अझै सस्था पूर्ण छैन देखिएका असंतुस्तिको लागि सधै समाधानको ढोका खुला गर्ने छ ..हामी भन्दा अग्रज हरु बाट .सुझाप र सल्लाह कोलागि मात्र नभए हरपल संगै यात्रा गर्नको लागि सहयात्रीको भूमिका पनि निर्भाह गर्नु हुनेछ भन्ने आशा समेत राखेको छौ

अन्तमा:- यो सस्थले सामाजिक संजालको मध्यम बाट सूचना र जानकारी का साथै मनोरन्जानात्मक कुरा हरु पनि साटासाट गर्ने छ सबै जना 'मोक्पो चौतारी  नेपाल  को mokponepali@facebook.com साथी बन्न छुटेका बन्नु होला मोक्पोमा हुने वा आसपासका क्षेत्रमा रहनु हुने सबै .सबै ..