" कस्तो क्रान्ति ?"
हुनसक्छ क्रान्तिको 'ज्वालामुखी' फुट्दा कति सुन्दर बस्तीहरु उजाड हुन सक्छन कति घरबार बिहिन हुन सक्छन कति टुहुरा हुन सक्छन कति सिन्दुर बिहिन हुन सक्छन कति माउ मरेका टुहुरा बाच्छी झै छट्पटाइ रहेका हुन्छन यी सबै भोलीको सुन्दर बिहानीको प्रखाइको निम्ति आफ्नो जिन्दगीको अमुल्य पल तड्पाइ रहेका हुन्छन ।
चाहे २००७ सालमा भएको परिवर्तनको क्रान्ति होस् चाहे २०४६ सालको परिवर्तनको क्रान्ति
होस् चाहे २०६२/६३ सालमा गरिएको परिवर्तनको क्रान्ति होस् यी सबै "क्रान्ति' परिवर्तनका लागी गरियो कति "सहिद' बने कति टुहुरा बने कति अंगभंग भएता पनि सबै क्रान्ति सफल भए। तर देश सधै किन असफल भयो ?२००७ साल देखि ६२/६३ साल सम्मका क्रान्तिको बिकुल फुक्दै सोझा जनतालाइ युद्ध भुमीमा लडाउन उस्काउने यीनै नेतृत्व वर्ग त हुन जून परिवर्तनको लागी देशको माया बोकेर सुन्दर भविस्यको लागी वलिदान दिनेहरुलाइ सहिद नामको ट्याग लगाएर आफु देशको नायक बन्ने सोच बोकेका हुत्तीहाराहरु सत्ता भन्दा प्यारो देश हैन भन्ने सोच बोकेका सत्ताबादीहरु नै क्रान्तिका 'बलत्कारी' हुन । बाहिर 'कार्ल' माक्स र लेलिनको फोटो टासेर भित्र पुजीबादीको पुजा गर्ने वर्गिय लडाइका योद्धा कसरी हुन सक्छन. सर्बहारा वर्गका पहरेदार बाहिर बि पी र मदन भन्डारीका तस्बीर झुन्डाएर भित्र 'नाताबाद' र 'गुन्डाबाद'को जयजयकार गर्ने भ्रास्टचारी हरु कसरी परिवर्तनका नाइके हुन सक्छन ?
होस् चाहे २०६२/६३ सालमा गरिएको परिवर्तनको क्रान्ति होस् यी सबै "क्रान्ति' परिवर्तनका लागी गरियो कति "सहिद' बने कति टुहुरा बने कति अंगभंग भएता पनि सबै क्रान्ति सफल भए। तर देश सधै किन असफल भयो ?२००७ साल देखि ६२/६३ साल सम्मका क्रान्तिको बिकुल फुक्दै सोझा जनतालाइ युद्ध भुमीमा लडाउन उस्काउने यीनै नेतृत्व वर्ग त हुन जून परिवर्तनको लागी देशको माया बोकेर सुन्दर भविस्यको लागी वलिदान दिनेहरुलाइ सहिद नामको ट्याग लगाएर आफु देशको नायक बन्ने सोच बोकेका हुत्तीहाराहरु सत्ता भन्दा प्यारो देश हैन भन्ने सोच बोकेका सत्ताबादीहरु नै क्रान्तिका 'बलत्कारी' हुन । बाहिर 'कार्ल' माक्स र लेलिनको फोटो टासेर भित्र पुजीबादीको पुजा गर्ने वर्गिय लडाइका योद्धा कसरी हुन सक्छन. सर्बहारा वर्गका पहरेदार बाहिर बि पी र मदन भन्डारीका तस्बीर झुन्डाएर भित्र 'नाताबाद' र 'गुन्डाबाद'को जयजयकार गर्ने भ्रास्टचारी हरु कसरी परिवर्तनका नाइके हुन सक्छन ?
सबै भन्दा पहिले क्रान्ति के का निम्ती? क्रान्ति कास्का निम्ति? यी सबैको एउटै जबाफ आउछ परिवर्तनको निम्ती
तर ,.......कस्तो परिवर्तनका निम्ती कस्को परिवर्तनको निम्ती भन्ने हो अहिले सम्म के गरिवहरु भोकभोकै मर्नको लागी हो क्रान्ति ? के क्रान्ति कालाबजारी र भ्रस्टचारीलाइ बढुवा गर्नेका लागी हो? के बलत्कारी र आतंककारी हरुलाइ पार्टीको झन्डा बोकाउएर दण्ड र न्याय बाट उमकाउनका लागी हो क्रान्ति?
न ओठ माथी जुंगा पाल्दैमा स्टालिन भइन्छ न तालुका रौ झर्दैमा गान्धी भइन्छ न त अनुहार कालो हुदैमा मोन्डेला नै भइन्छ न अनुहार नै छोप्ने गरी दारी पाल्दैमा मोदी नै भइन्छ ।भइन्छ त मन देखि नै राष्ट्रको लागी केहि गर्नु पर्छ भन्ने भावनाले आत्मा देखिनै 'इमान्दारी' र 'त्याग 'बोकेर आफ्नो जीवन नै राष्ट्रका लागी समर्पण गरिएको हुन्छ l
मईक्रोफोन हातमा पर्दा साथ गर्धन फुलाउदै व्वासो झैँ कुर्लिदैमा मृत्यु शैयामा मृत्यु कुरेर बसेका बिरामी उठ्दैनन न त गरिबीको राको दन्काएर मुग्लान छिर्न मधुरा अनुहार बनाउदै परदेशीने युवाहरुको लाइन कम हुन्छ। ठुला ठुला भाषणमा हैन हुन्छ त अब इमान्दारिता त त्याग बोकेका पार्टीको झन्डा भन्दा राष्ट्रको झन्डा बोक्ने हरुको संकल्प बाट हुन्छ अनि त बल्ल २००७ साल देखि २०६२/६३ सालको क्रान्ति संग लड्दै हिडेर परिवर्तन कुर्दा कुर्दै चाउरी परेका अनुहारका ओठबाट शान्ति र सम्वृद्धिको मुस्कान निस्कने छ जुन मुस्कान सिंगो परिवर्तनको मुस्कान हुने छ।
हामी २०५० सालमा सुरु गरेको "जनयुद्ध" संग धेरै टाढा छैन किनकी यो युद्धले दिएको पिडा अझै आलो छ यो युद्धले दिएको त्रास अझै झलझली आखा वरीपरी छ। यो युद्ध भ्रस्टचारीहरुको तहसनहस पार्नको लागी थियो यो युद्ध गरिव,निमुखा,महिला,जनजाती उत्पिडित उत्पिडिनमा परेका बहुसंख्यक नेपालीको परिवर्तनका लागी थियो जहाँ पुरै कालखण्ड नै फेर्नका लागी थियो केही हुनेखाने वर्गले थुप्रै हुदा खानेवर्गमा गरिएको सोषणको बिरुद्ध थियो लाग्थ्यो ति 'शोषक' वर्ग देख्दा ती 'भ्रस्टचारी' देख्दा त्यो कर्मचारी तन्त्र देख्दा त्यो जातीभेद र वर्गभेद देख्दा क्रान्तिको राको यसरी दन्किन्थ्यो कि तपस्यामा बसेको तपस्वी पनि बन्दुक बोकेर युद्धमा हिडे भोकको राको बालेर बसेका गरिबहरु निदारमा हँसिया हटौडा झन्डा अंकित रातो कप्फन बाधेर बलीका बोका झै मर्नका लागी तयार भए!!
तर... अहिले त्यसरी नै युद्ध सुरु गरेका टाउकेको चर्चिकला देख्दा त्यो बेला आफ्नो जिन्दगीनै समर्पण गरेर युद्धमा होमिएका योद्दाहरुको मन कती आक्रोसित हुन्छ होला परिवर्तनका लागी लालसेनाको शरिरका अंगअंगमै लुकेर बसेका गोलीहरुले कति सराप्छ होला? कयौ टुहुरा बच्चाको चाहना र सपनाले कति घच्घचाछ होला सहिदको सपनाले कति तर्साउछ होला फाटेका चोलीका तुना बान्दै युद्धमा मरेका सन्तानको सम्झनामा पलपलमा मुर्छा पर्ने आमाको आसुले कति पोल्छ होला!!! के यही दिनमा पुर्याउनको लागी त्यो जनयुद्ध थियो? के निमुखाको रगतको आलमा पौडी खेलेर सत्ता र भत्तामा भुडी फुलाउनको लागी थियो कि सुन्दर सान्त नेपाल बनाएर गर्वले छाती फुलाउनको लागी थियो?
जव बिहानीको किरण संगै सुरुवात गरिएन भने अस्ताउन लागेको सूर्य हेरेर जति कसिए पनि काम पुरा हुदैन हातमा साचो हुदा हुदै घनले साचो फुटाउने मुर्ख हैन "महामुर्ख" हो। परिवर्तनको कसम खाएर सहिदको रगत र नेपाली जनताको पसिनाको मलजलले हुर्केका नेता हौ भने अब एकचोटी जनताकै निम्ती देशकै निम्ती परिवर्तनको लागी संयुक्त संकल्प बोकेर आउ ...जहाँ बर्षा देखि परिवर्तनको आशा बोकेर बसेका गरिवको मुहार फेरिने छ लगानी गर्ने वातावरण कुरेर बसेका लगानीकर्ताहरुमा आसाको किरण आउने छ परिवारको खुसीका लागी थाप्लोमा ऋणको भारी बोकेर परदेशीयका युवाहरु ओठमा खुसी बोकेर परिवार र देशको मायाको प्यार संगै फर्कने छन।
गुठ र उपगुठको झुन्डबाट हैन एउटा परिवर्तनको सोच र सुन्दर नेपाल हेर्ने निस्वार्थ विचार बोकेका पार्टी भित्र पनि राम्रा सोच बोकेका निस्कने छन पत्रकारबाट सत्यको पक्षमा कलम दौडाउनेहरु निस्कने छन कयौ बिरामी बचाउन अवरात खट्ने सकरात्मक सोच बोकेका डाक्टरहरु निस्कने छन परदेशीएका परदेशीहरु भोली आफु परदेशीएझै अरु कोही परदेशिन नपरोस भन्दै परिवर्तनको आवाज बोकेर फर्कनेछन अब बिगतका कमजोरीलाइ भुलेर गल्तिलाइ सच्चाएर सच्चा राष्ट्रभक्तिको परिचय दिने समय आएको छ जातिय,धार्मिक र क्षेत्रिय सम्बन्ध खल्वलाएर हैन सबैलाइ एकताको मालामा बेर्ने गरी सिंगो देशको झन्डा बोकेर हातेमालो गर्ने वेला आएछ ।
ढुंगा मुडाको क्रान्ति हेर्यो, खुकुरी साटासाटको क्रान्ति हेर्यौ, बम बारुदको क्रान्ति हेर्यो, अव एउटा सोचको क्रान्ति हेर्नु छ अव बिचारको क्रान्ति हेर्नु छ अव सहमति र सम्वृद्धिको क्रान्ति हेर्नु छ साच्ची अव सबै नेताको इमान्दारीता र नेपालका नेता पनि राजनेता बन्न सक्छन भन्ने संन्देश संसार भरी फैलिने गरी क्रान्ति हेर्नु छ सुन्दर यसै सुन्दर छ मेरो देश अव विकास र परिवर्तनको जादु बोकेको देश बनेको हेर्ने मन छ अनि दुनिया सामु मेरो देश नेपाल भन्दा लाजले टाउको निउराउने हैन गर्वले छाती फुलाउन मन छ।.............,,,,,