मलाई कविता कोर्न आउने भए
सत्य कविता शीर्षकमै कविता कोर्थे !
म शब्दको सहारा बाट
कविता बनेर तिम्रो मन सम्म पुग्थे
के थाहा ?
मेरो शब्दले तिम्रो मन पग्लिएर
मेरो मन संग जोडिन पो आउथ्यौ कि !
म शब्दै शब्दको भर्यांग बनाएर
तिम्रो मनको शिखरमा पुग्थे
के थाहा ?
तिमी मेरो शब्दलाई अंगालो हालेर
यो त कविता पो भयो भनेर
मलाई नै तिम्रो मायाको रमितामा पार्थेउ कि
म तिम्रो तारिफ गर्दै जादा
तिम्रो मुस्कानमा कति बेर रोकिन्थे होला
के थाहा ?
तिम्रो मुस्कान देखेर
म तिम्रो मुस्कानकै मोहोनिमा परे भने
त्यहि मोहोनिको बाहनाले
भेट्ने चाहना पो पुरा हुन्थ्यो कि ?
तर मलाई थाहा छ ,
यो सपना हो जब म बिउझिनेछु
अनि झस्किदै मुस्काउने छु
ओ हो! के यो कविता हो भनेर :)
त्यहि मोहोनिको बाहनाले
भेट्ने चाहना पो पुरा हुन्थ्यो कि ?
तर मलाई थाहा छ ,
यो सपना हो जब म बिउझिनेछु
अनि झस्किदै मुस्काउने छु
ओ हो! के यो कविता हो भनेर :)