अभाब हो कि बाध्यता जिन्दगी?बुझेका यूवा,पढे लेखेका यूवा, समाज परिवर्तनको निम्ती यूवा.. भन्ने शिर्षक राखेर कयौ घण्टा भाषण गरेर नथाक्ने भाषणेहरुको भाषण सुनेर बिताएको थिए। कयौ लेख पढेको थिए। मैले पनि सोच्थे साच्ची देशलाइ हामी जस्तै केही गर्ने, सकरात्मक सोच बोकेर परिवर्तन कुरेर बसेको समाजमा आशाको किरण बनेर आउने भनेकै अबको यूवा झै लाग्थ्यो। कयौ आन्दोलनका मेरुदण्ड बनेका यूवा परिवर्तनको निम्ती भन्दै हाँसी हासी जोस र शक्ति बोकेर मुस्काउदै सहिद हुने यूवा। लाग्छ यूवा बिना न आन्दोलन सफल हुन्छ न क्रान्ति सफल हुन्छ। न नेता न समाज न देश नै यस्तै यस्तै कुरा सोच्दा सोच्दै एकदिन साझासवासमा युवा सोरोजगार सम्बन्धी कार्यक्रम प्रति मेरो मन दौडिन थाल्यो।
हेर्दै जादा थुप्रै सफल कृषकहरुको बाख्रापालन तरकारी खेती सम्बन्धी थुप्रै कुराहरुको अवलोकन सहितको प्रतिक्रिया सुन्दा मलाइ पनि देशमा केही गर्ने सोच बर्खामा उर्लिएको खोला झै मन मष्तिकमा उर्लिदै आयो। तर गर्ने के एक्लै छनोट गर्न थाले मनमै थुप्रै सपनाहरु एकमाथी एक थपिदै जान जान थाले। "भिर पाखा टन्नै" बाख्रा पाल्ने योजनाले मनमा डेरा जमाइ हाल्यो।
अनि म सहरमा कागजको खोस्टो मात्र काम लाग्ने 'मास्टर डिग्री' पढ्न सुरु गरेको होनाहर यूवा सहर संग सम्बन्ध बिच्छेद गरेर गाउ छिरे। पहिले घरमा सबै कुरा योजनावद्व तरिकाले सुनाए वुवा अचम्म मान्नु भो यहाँ जे गरे पनि केही हुने वाला छैन । बरु पढ्न सकिनस भने बिदेश जा भन्ने कुरामा बुवा मात्र हैन परिवारमै बहुमतको हाबी भयो।
तर पनि फकाइ फुलाइ बिदेशका थुप्रै अबगुणको थुप्रो बिछ्याएर नेपालमा केही गरेका मान्छेको थपी थपी बर्णन गर्न थाले!
जनतन वुवा राजी हुनु भो अब सुरु त गर्ने आफ्नो खल्तीमा एउटा सानो बाख्राको पाठो किन्ने पैसा पनि छैन ।
व्यवसायको सुरुवात साउकै मुख नताकी नहुने त्यस्को लागी घरको अर्थमन्त्रालय समाल्ने वुवा नै साउ महादन हरुकोमा हिड्नु भयो। किन? के को लागी ऋण खोजेको साउहरुको प्रश्न संगै वुवाको छोराले बाख्रा पालन गर्छ रे! भन्ने जवाफ नसकिदै पैसावाले गाउका 'पाजी' उर्फ काजीहरु हास्न थाले। छोरो बौलाउन त लागेन। त्यत्रो पढे लेखेको मान्छे के को बाख्रा पालन गर्ने हो । यस्तै प्रतिक्रिया सगाल्दै। थुप्रै साउकोमा चाहर्दा चाहर्दै साँझ वुवा पैसा बिहिन खल्ती लिएर फर्कनु भयो छैन रे, कसै संग पैसा। वुवाको आस हराएको मधुरो आवाज संगै सहरलाइ कट्टी गरेर गाउ छिरेको म पनि थुक्का समाज भनेर आफैलाइ धिक्कारे!
अनि, भोली पल्ट सुने जुन घरमा मेरो बुवा पैसा माग्न जादा छैन भनेर खाली हात फर्कनु भएको थियो त्यही घरबाट जापान जान हिडेको पल्लघरे काकाको छोराले ५ लाख ऋण लिएर आएछ ।
हुनत, नेपाल सरकारले कृषि क्षेत्रमा केही गर्न चाहनेहरुका लागी सस्तो र सरल तरिका बाट ऋण दिने व्यवस्था पनि गरेको मलाइ राम्रो संग थाहा थियो।तर संगै अर्कों कुरा पनि थाहा थियो।त्यो ऋण पाउनको लागी मेरी डिग्री होल्डरका मार्कसिटको प्रमाणले हुदैन भन्ने। त्यसैले सरकारी बैंक तिर ल्याङ ल्याङ गर्नु कुनै अर्थ थिएन !
यसै बेला बिदेशमा गएका देशमै केहीगर्नु पर्छ भनेर सधै फेसबुकमा अनुभव र योजना साटी रहने एउटा दाइको याद झट्ट आयो। अनि अनलाइन भेट्दा मेरो योजना सुनाए सधै देशमै लगानी गर्नु पर्छ कमाएपछि भनेर आसा बोकेका शब्द साट्ने दाइले केही महिना अगि घरमा लगानी साटेछन फेरी आसै मर्यो अनि सोचे सबै केही गर्ने हो देशमा भन्नेको भिड मात्र रैछ। लगानी उत्पादनमुलकमा हैन घरमुलक,घडेरी मुलक तिर मात्र लम्कने रैछ अलि अलि बिदेशमा पैसा कमाए पछि भन्ने भयो!
अब चारैतिरबाट आशा मरेपछि गाउ वनाउने देशमा केही गर्ने आस यसै मर्दै गयो। फेरी सम्बन्ध बिच्छेद गरेर छोडेको त्यही सहरमा छिर्न पर्ने भो। धन्न त्यति बेला सम्म मलाइ खिस्सी गर्नेहरु पलायनबाद(परदेशी) भैसेका थिए! तिनी हरुको सामना गर्नु चाही परेन!
पढाइलाइ निरन्तरता दिनै मन छैन,, त्यही सहरमा सानो तिनो जागिर गरु कोठाभाडा तिर्न पुग्दैन खाना त उही साउकै ऋणबाट हो। अलि गतिलो जागिर खाउ भने न नेताको चाकडीमा लागियो, न ठुलो बडा पदमा आफ्नो मान्छेनै छ । लोकसेवा लडेर नाम निकाल्नु "मध्यबर्गिय" पढाइ त्यो पनि खुलामा लड्नु पर्ने यी सबै आकाशका फल जस्ता थिए "न झारेर खान सक्ने न चढेर टिप्न सक्ने !!"
अव म संग एउटा गतिलो विकल्प थियो!
जुन म कहिलै वनाउन नपरोस भनेर सधै पुकारी पुकारी देशभक्त बन्न खोज्ने नेपालमै गर्नु पर्छ भनेर घण्टौ बहस गर्ने म !! अव बिदेश छिर्ने पाउने प्रमाणपत्र बनाउनु थियो जस्लाइ राहदानी(पासपोर्ट) भनिन्छ क्यारे!
म यही राहदानी वनाउन राजधानी नै हानिए। जहा म एक्लो थिइन राती १२ बजे देखि हिरा,मोती मात्र हैन संसारमा कसैले नदेखेको चमत्कारी बस्तु पाउने झै गरी लाइनमा बालुवा पनि िपधेर तेल निकाल्न सक्ने जस्ता यूवाको जमात पराराष्टको बाहिर हातमा सेता कागज समाएर लाइनमा खडा थिए तीनै लाइनमा म थपिएको थिए। जहाँ बाट देश छोड्नका लागी प्रमाणपत्र बाडिन्छ साझ राहदानी हैन राहदानी लिन आउने चिट मात्र बोकेर भर्किए। केही दिनमा जब हातमा पासपोर्ट पर्यो धन्न बिदेश छ र एउटा परिवारलाइ सपना बाड्न पाइएको छ भनेर बिदेशलाइ पनि धन्यबाद भन्न मन लाग्यो। नत्र म जस्ता कयौ यूवा अभावै अभावमा आत्महत्याको बाटो रोज्नै पर्ने बाध्यता सिर्जना हुन्थ्यो होला ।
करिब करिब एक बर्ष सम्मको थुप्रै लाइन केही अध्ययन केही मेहनतको बावजुत अन्ततः बिदेश जाने भिजा सहितको राहदानी हात पर्यो अनि घरमा भिजा जितेको खवर सुनाए जुन बेला म यही बाख्रापालन गर्छु भन्दा निरसा संगै निस्केका आवाजहरु अहिले खुसी र सम्पन्नताको सपना संगै ती आवाजहरुमा खुसी र उमंगको धुन जव देखे। लाग्यो परिवारको खुसी "प्रदेश" संग पनि जोडिएको हुने रैछ मलाइ राम्रो संग थाहा थियो प्रदेश रमाउन भन्दानी कमाउनका लागी तर कमाउन हाम्ले सोचे भन्दा गाह्रो हैन महागार्हो हुनेछ र पनि म यो बाध्यता र कमजोरी दुवैलाइ स्वीकार्नु थियो जहाँ मेरो मात्र हैन परिवारको खुसी पनि जोडिएको छ। जव गाउमा हल्ला चल्यो भिजा लाग्यो भन्ने हिजो पैसा बाकसमा हुदा हुदैँ छैन भन्नेहरु पनि फोन गर्दै पैसाको खाँचो परे भन्नु है भन्दै थे!.....
बाकी अर्को अंशमा..........