Monday, May 26, 2014

विश्वकप फुटबल "२०१४"



सबै खेल जित्नका लागी खेलिन्छ। तर, सबै सहभागी जितका भागिदार हुन पाउदैनन किनकी यो खेलको नियम हो। खेलमा जित होस् वा हार यो महत्वको बिषय त हो।तर, यो भन्दा पनि महत्वको बिषय समर्थक हरुमा देखिने एक प्रकारको उत्साह र समर्थनको लहर पनि कम महत्वको बिषय होइन । प्रसंग केही दिन पछि सुरु हुन लागेको विश्वकप 'फुटबल'२०१४' को हो। खेल सुरु हुन अझै धेरै समय बाकी छ तर पनि सामाजिक संजालमा अहिले देखिनै समर्थक हरुको चहलपहलले सामाजिक संजालहरु रंगीबिरंगी भै सकेका छन।
हुनत ४ बर्षमा आउने बिश्व उस्वब जस्तै पनि हो "फुटबल"चहलपहल हुनु नौलो कुरा त होइन । तर पनि सामाजिक संजालमा आ-आफ्ना समर्थकहरुको कित्ता छुटिएर पानी बाराबारको स्थिति भने अलि बढी नै भक्ति भयौ कि भन्ने हो। चाहे अर्जेन्टिना होस्, चाहे ब्रजिल होस्, चाहे जर्मनि, चाहे स्पेन, चाहे इटाली, चाहे अरु अरु देश किन नहुन न आमा तिरको मामा साइनो लाग्छन न बाबा तिरको काका नै जस्ले जिते पनि न हाम्रो राष्टियतामा ठुलो परिवर्तन आउने हो। न कुनैले हारे पनि असर पर्ने हो। हुन सक्छ कुनै आफ्नो समर्थन गरेको देशले जिते बाजी थापे जितिएला नभए आत्म संतुस्टि सम्म हुन सक्छ!! यत्ती न हो । 
मलाइ आशा र बिस्वास छ यदि विद्वान र मन फराकिलो भएको समर्थक छ भने कसैलाइ चित्त दुख्ने अनि व्यक्तिलाइ असर पर्ने गरी वचनको प्रहार गर्दैन बिरोधी भए पनि! हुनत मन फराकिलो हुनेहरुले यो केवल खेलको समर्थन हो आफ्नो समर्थनमा केही कुरा लेख्दा शब्दको केही अंशले हानेको तिरलाइ सामान्य सम्झने छ केवल रमाइलो मानेर!! 
म त के भन्छु भने मन मुटु फराकिलो बनाएर रमाइलो गरु जस्ले जिते पनि जो हारे पनि मितव्यिता अप्नाएर रमाइलो बिरोध र समर्थन गरौ। मन सानो नबनाउ! हासौ रमाउ हाम्रो के जान्छर..!!जुन देश हारे पनि जिते पनि भन्ने हो हाम्रो भने झै हुने भए हाम्रो समर्थनले जित्ने भए यस पालीको वल्डकप "जापान" ले जितोस् "कोरिया"ले जितोस् जहा हाम्रो बढी खुसी जोडिएको हुन्छ।।
बिरोध यसरी गरौ कि प्रतिपक्षको कमेन्ट पढ्दा बिरोधीहरु पनि मुस्काउन सकुन। मनमा कालो नराखी मज्जाले समर्थन र बिरोध होस् यो फलानो टिमको समर्थक फुलीलाइ ब्लक गरे भन्ने जस्ता शब्द पढ्न नपरोस् कसै संग दुश्मनी नहोस् यहि कामना !! 
अनि, आसा छ यो गुट र त्यो गुटको समर्थन गर्ने सबै नेपाली मनले भरिएका नेपालीहरुलाइ छिटै एउटै रातो र चन्द्र सूर्य झण्डा मुनि एकजुट हुने गरि एउटै आवजमा नेपाल भनेर विश्वले सुन्ने गरि भन्ने पदभार नेपाली फुडबल जगतले दियोस् विश्बकपमा हामी यस्पाली भन्ने नारा गुन्जाउन पाउ!! सबैको कामना त्यो खुसी र एकताको मालामा जेलिने दिन छिटै आवोस् जय फुटबल जय विश्वकप फुटबल "२०१४"


:- (स्मरण रहोस् लेखक अर्जेन्टिना को कट्टर समर्थक हुन )

मेरो पनि भन्नु छ मा केहि ब्यक्तिका भनाइ
न आर्जेन्टिना न ब्राजिल यसरी नछुट्टिउ एकताको प्रतिक हामी
नेपाली एक अर्काको सम्मान गरौ सकुशल बाचौ र बचाऔ :ही
- नारायण

खेल हो भरपुर मनोरन्जन लिनुस! सप्पै ले अर्जेन्टीना को सपोट गर्नुस! भाइ भाइ फाटेर अरु अरुलाई सपोट नगर्नुस भन्न चान्चु :-)
-;परदेशी

पछिल्लो समयलाई बिर्साउने गरि मेस्सिले खेल्नेछन
र अर्जेन्टिना बिजेता बन्नेछ .. यतिनै मेरो भन्नु छ ।




Thursday, May 15, 2014


कथा,


                                    "नसा जिन्दगीको"



          एस.एल.सी. सकिएपछि सहर छिर्ने रहर हुदा हुदै पनि आफ्नै ठाउमा खोलेको स्कुलमा नै + २ सकियो। पल्स टु सकिए पछिको विकल्प गाऊ छोड्नु नै थियो। गाउ,घर, परिवार छोड्नु त छदै छ ,छोडेपछि काठमान्डौ नै जाने निर्णयका  साथ म,रबिन अनि राजु संगै पढ्ने भनेर हाम्रो लागी एकदमै नया सहर काठमाण्डौ हिडयौ । नया ठाउ,नया सहर ,नया उस्साह ,नया कल्पना र नया सपनाका बोकेर । सहर पुरानो थियो तर हामी सहरको लागी नया थियौ। मान्छेहरुको हुल थियो! तर,हामी एक्लै थियौ तिन जना मात्र काठमाण्डौ झरे पछि रबिनको काकापर्ने सानो तिनो जागिर गर्दै यहि सहरमा गुजरा चलाइरहेका उनको सम्पर्कमा गयौ।

                   केही दिन पछि त्यही काकाको सहयोगमा एउटा कोठाको बन्दोबस्त का साथै कलेज पनि फिक्स भयो अनि काठमाण्डौ सहर भित्रको जहरले भरिएको जिन्दगी सुरु भयो संगै तिन जना एउटै कोठा एउटै कजेज भएकोले नया साथी संग घुलमिल हुन धेरै समय नै लागेन। तर कलेजमा आउने धेरै बिधार्थीको कला पढ्नु भन्दा क्लास बंक गर्नेमा देखिएकोले दिक्क पनि लाग्थ्यो। तर हामी त्यता तिर ख़्याल नै राखेनौ घर परिवार सम्झेर पढाइ तिर लगाब भइरहयो रबिन भन्थ्यो ब्याचलर सकेर बैंकमा जागिर खाने हो राजु अलि ज्यान परेको ल्यापटन हुने हो भन्थ्यो। म हास्दै,आफु त बाउको पेसा समाल्ने हो मास्टर हुने हो भनेर जिस्कन्थ्यौ । समय बित्दै गयो फस्ट यरको परिक्षा पनि सकियो सबैको राम्रो नै भयो।

       परिक्षा सकिए पछि घर जानु भन्दा फुर्सदको समयमा यतै कम्प्यूटर र इंग्लिश ल्यङ्वज सिकौ भनेर तिन जना नै पढ्ने सुरु गर्यौ १०,१५ दिन राम्रो संग नै चलेको थियो हामी पढ्ने तला भन्दा माथीको तलामा बिदेश पढ्न पठाउने 'कन्सलटेन्सि' रैछ। त्यहा आउने जाने मान्छेको चहलपहलले तानेछ कि क्यारे रबिन र राजु पनि जाउन बुझ्न भनेर गयौ । चिल्ला कुरा र सपनाका ठुला ठुला सहर र फेरिने जिवनशैलीको बढाइ चढाइ बाट रबिन र राजु पग्लिहाले उनी हरु कंप्यूटर क्लास छोडेर भोली बाट उतै जाने भए । म भने एक्लिए उनीहरुले रोजेको गन्तव्य बाट समय आफ्नै गतिमा बित्दै गयो हाम्रो जिन्दगीको घडी पनि रोक्न कहा मान्यो र चलिरह़़यो ।


रबिन अस्ट्रेलिया जाने भयो राजु आफ्नो मामा यू.के भएकाले यू.के नै जाने भनेर एप्लाइ गरे म पनि आफ्नो पढाइलाइ निरन्तर दिए। एउटै उदेश्य बोकेर सहर छिरेको डेढ बर्ष नबित्दै एउटै कोठामा पक्ष र बिपक्ष झै बनिसकेका थियौ "बिदेश कि पढाइ"भन्ने शिर्सकमा ।


केही समयको प्रखाई पछि रबिन को भिषा लाग्यो। तर राजुको रिजेक्टेट भयो। मन मनै त राजुको भिषा नलाएकोले खुशी पनि लाग्यो मेरो पनि संगै पढ्ने साथी हुने भो भनेर तर बिदेशको नसामा चुर्लुम्म डुबेको राजु कहा पढाईलाइ निरन्तरता दिन्थ्यो र फेरी अरु देशको लागी बुझ्न एउटा इमान्दार सिपाही खटे झै लागी पर्यो।

          केही दिन पछि रबिन हामी संगैको साथ छोडेर अस्ट्रेलिया गयो । राजु यू.एस् .ए लैजाने दलालको मिठो र गुलियो बोलीमा माहुरी झै भुलेछ  र उस्को यात्रा पनि सुरु भयो । हाम्रो पनि फस्ट यरको रिजल्ट आयो तिन जना नै राम्रो अंक लिएर पास भयौ। तर संगै खुसी साट्न पाएनौ किनकी उनी हरु यहाँ भन्दा नि ठुलो र सुन्दर सहरमा बसाइ सरिसकेका थिए । तिन जना रमाइउने कोठामा एक्लै भए म । तर पनि म आफ्नो पढाई नै जिन्दगीको सम्पती ठानेर निरन्तरता दिइ रहे समय बित्दै गयो।

               एक दिन बिदाको दिन सनिबार साँझ बजार निस्केको बेला 'साइवर' तिर छिरे साइवर छिरे पछि सुरुमै ओप्पन गर्ने भनेकै फेसबुक नै थियो यसैलाइ निरन्तरता दिएर त्यही फेसबुक अन गरे सरर वाल हरु हेरे । १० वटा फ्रेन्ड रिक्योस्ट देखे  सबै लाइ एसेप्ट गरेर  वाल सार्दै जादा रबिन ले "इन्जोए वेथ फ्रेन्ड " शिर्षकमा टन्न समुन्द्रमा रमाएका फोटा हालेको रैछ लाइक र कमेन्ट दुबै गरे  । राजु पनि सेभली ल्यान्डिङ इन यू.एस.ए लेखेर ब्यागराउन्डमा ठुलो सहर भएको फोटो पोस्ट गरेको रैछ करिब ३ महिनाको लामो यात्रा पछि पुगेछ! भन्ने भयो। रबिन अनलाइन रहेछ एकछिन रमाइलो कुरा भो रबिन संग राजु लाइ भने अफलाइन म्यासेज छोडे ।
   अनि उही कोठा तिर लागे साइवर छोडे पछि नै मनमा के के कुरा खेलिरहन्छ कोठामा पुगे पछि यस्ले झन ठुलो रुप लिन्छ सम्झन्छु घर तिर बाबाको प्रा.बि मा पढाएको जागिरले आमाको नियमित खाने औसधीलाइ मात्र धान्न सक्छ मेरो खर्चको लागी साउ नै ताक्नु पर्ने कोठोको हालत त्यस्तै दाल बने तरकारी बन्न मान्दैन। तरकारी बने दाल बन्न नमान्ने, मासुको स्वाद चाख्न परदेश गएका लाउरे नै पाहुना बनेर आउनु पर्ने, पुरै दुई छाके पारा बिहान टु बेलुका बाहिर खाजा पनि यस्तै मान्छेको आगमनको पर्खाइमा हुने। सबै कुरा सम्झिदा मेरो मनमा पनि बिदेशको भूत नमजा संग चढ्न थाल्यो। पढाई प्रति प्रगतिको सोच भन्दा समय बर्बादीको सोचको बहुमत हाबी हुदै जान थाल्यो । र पनि पढाइ प्रति ध्यान दिन पट्क्कै छोडेको भने होइन । त्यो रात यसरीनै मनमा अनेकौ द्वन्द चलेर नै निद्रा बिना नै बिहानी भयो ।

विहानी संगै कलेज सकिएर कोठो तर्फ फर्कने बेला नेपाल यातायात चढ्नै लाग्दा स्टेशनको  ठिक अगाडी ठुलो बिल्डिंगको तेस्रो तलामा ठुला अक्षरमा "study in Japan"  लेखेको ठाउमा मेरो आँखा ठोकिन्छ। म चढ्नै लाएको गाडी छोडेर भोकै पेट त्यही ठुलो अक्षरलाइ पछ्याउदै जान्छु । अनि सबै कुरा बुझ्छु कुरा पूरै माहुरीको मह भन्दा मिठो भर्खरै सम्पन्न भैसके झै गरी लगाउछन म पनि हिसाब गर्छु मन मनै एकाएक मनमा सपनाको सहर र अभाब नै अभाबको जिन्दगीबाट एउटा सुनौलो संसारमा पुगे झै महसुस गर्छु। कल्पनै कल्पनामा सपनाका महल खडा गर्छु । अनि भोली बाट नया अध्यायको सुरु गर्छु। नर्सरीको बालक झै सिसाकलम इलेजर समाएर 'हिरागाना' कातागाना ओहायोगोजाइमास, कोनिचिवा, गेन्की देसका यस्तै यस्तै तोते बोलीको बालक झै बोल्दै लेख्दै!.........

बिहान कलेजको पढाइ सके पछि जापनिज भाषाको क्लास पनि दैनिकी झै बन्छ । पढ्दा पढ्दै अक्टूबर सेक्सनको लागी एप्लाइ गर्ने भए बुवाले पनि नाईँ भन्नु भएन बुवाले पनि नाई नभनेर सकारात्मक रुपमा लिए पछि बुवालाइ घर व्यबाहर थेक्न कति गार्हो भएको रैछ भन्ने सजिलै अनुमान गर्छु । ३ महिनाको पर्खाइ त्यही भाषा पढ्न र हल्का कजेज जादैमा बित्यो ३ महिना पछि भिषा लाएको खबर आयो पहिले त आफुले पत्ताउन गार्हो भो मन यसै फुरुंग भयो। उडु उडु कस्लाइ भनु भनु संसार नै मैले जितेकि झै हुदै गयो सपनामा झन सपना बुन्न थाले । घरमा खबर गरे सबै जना खुसी हुनुभयो। तर ,आमा अलि बढी नै बिरामी भएकोले त्यती खुसी देखिनु हुदैन्थ्यो र पनि म आमालाइ सके जति सम्झाउथे । त्यही दिन आमासंग फोनमा धेरै कुरा भयो। आमाले घुमाउरो पारामा बिहे गरेर जान अनुरोध गर्नु भयो मैले अहिले नगर्ने भनेर सम्झाउन खोजें पनि आमाको जिद्दी संग म हारे ! म जानु पहिले बिहे गर्न राजी भए, बुवा आमाकै निर्णयले नै मेरो जिन्दगीको जिवनसाथीको फैसाला गरिदियो । म मौन रहेरै समर्थन जनाउनु बाहेकको अरु बिकल्प देखिन। एता उता गर्दा जहाज चढेर सपनाको सहरमा जाने दिन पनि नजिकिदै गयो लाग्थ्यो कसैले के गर्दै छस् हिजो आज भनेर सोधे पनि हुने सान संग जापान जादैछु! भन्न हुन्थ्यो झै लाग्थ्यो। म मात्र जादैछु कि झै लाग्थ्यो मनमा खुसीको बहार २ दुना ४ हुदै उर्लिदै थियो। सबै परिवारका साथै जिवन संगिनी संग पनि छुटेर म बस्दै गरेको सहर भन्दा नि ठुलो र सुन्दर सहरमा बसाइ सर्नु बाध्यता र सपना दुवै भैसकेको थियो। यसैलाइ पछ्याउदै नेपाल एअर लाइन्स लेखेको ठुलो चरा मा चढेर जापानको लागी जिन्दगीमा पहिलो अनुभव संगै मेरो जन्म भुमिबाट लुक्छु!!!


सुरुमा सबै संगै गएका साथी संग रमाइलो संग नै दिन बित्छ तर दिन बितेरमात्र कहा हुने रैछर !!समय बित्दै गए संगै मनमा घरको सम्झना र साउको रिनले उकुसमुकुस बनाउन थाल्छ। गएको दुइ महिना पछि मात्र दिनमा ४ घण्टा काम पाउछु ४ घण्टा स्कुल बाकी यता उता गरेर बित्छ ४ घण्टा काम गरेर कमाएको पैसा जति कन्जुस गरे पनि आफ्नो खर्चका लागी बाहेक कत्ति पनि बचत हुन सक्दैन । तर उता घर तिर आसाका ठुला ठुला डोरीहरु तन्काइ रहेका हुन्छन म आउनु पहिलेका खुसी सम्झन्छु , कन्सलटेन्सिमा गरेका गुलिया कुराको याद गर्छु अनि आफु तिरै धारे हात लाउछु । नमरी स्वर्ग देखिदैन भन्थे म नमरेरै स्वर्ग र नर्क दुवै देखि सके झै हुन्थ्यो ।

     धेरै कुर मनमा खेल्ने भएको ले होला  ' धुवा' र 'बोतल'  लगभग साथी झै बनाइ सकेको थिए ।
     
 एक दिन घरमा फोन गरेको भाई भन्दै थियो फलानोलाइ उस्को दाईले आइफोन पाठाइदेको छ मलाई पनि पठाइदिनु न , बुवा फलानो साउले अताएको छ के गर्ने हो ? म सबैका मागलाइ हुन्छ म अर्कों महिना तिर पठाइदिन्छुनी भनेर झुटको खेती गर्नु बाहेक अरु कोही देख्दिनर म यसै भनेर टार्दिन्छु। यसरी अतिकति कमाएको पैसा पनि स्कुललाइ बुझाउदा मात्र सकिने हुदा साउको रिन तिर्ने त पराइ जावोस् व्याज पनि कुनै जुनिमा तिर्न सक्छु झै नलागे पछि म संग भएको अन्तिम बिकल्प स्कुल छोडेर अरु नै सहरमा अबैधानिक (इलेगल) बस्नु बाहेक अरु केही देख्दिन । अनि म स्कुल छोडेर नया सहरमा जान्छु । नया सहरमा काम पाए कम्सेकम सबै पैसा बच्छ साउको रिन भाइको आइफोन सके जतिको सपना पुरा हुन्छ झै लाग्छ। तर यो कुरा घरमा कसैलाइ भन्न मन लाग्दैन। समय बित्दै गयो करिब डेड बर्षमा म जादा लागेको रिन जति सबै चुक्ता पनि गर्छु घर परिवार सब खुसी मै हुन्छन । अब त एकचोटी आएर गए हुन्छ भन्न सुरु हुन्छ म दशैं तिर बिचार गर्छु भनेर टार्छु ।


तर "मनको बह कसैलाइ नकह"आफ्नो पिडा आफै संग थियो । यसै बिचमा प्राण प्यारी जिवन संगिनी सहर बसाइ सरेर आफु पनि कलेज भर्न हुने भनेर जिद्दी कस्छिन लव पारेर बिहे गर्नेको बिहे पहिले माया बसेर बिहे गर्छन हाम्रो भने बिहे पछि माया बसेको थियो। मैले सम्झाउन जति खोजें पनि उस्को जिद्दीपन संग म हारेर घर सबै संग सल्लाह गरेर सहर नै पढ्न अनुमति दिन्छु । म बिदेश आएको करिब २ बर्ष बित्नै लाग्दा पहिले देखि नै बिरामी हुनु भएको  जिन्दगी दिने "आमा" झन भन्दा झन बिरामी हुदै जानु हुन्छ।। मलाइ पटक पटक नेपाल आउन अनुरोध गरे पनि म चाहेर पनि जान नसक्ने अबस्थामा भएको कुरा के थाहा र घरकालाइ , र पनि म बिदा मिलाएर आउने आस्वासन भने दिन छोड्दिन । यसरी नै सुख दु:ख का साथ दिन हरु चलिरहेका हुन्छन बाहिर सुन्दर लाग्ने स्वार्थै स्वार्थको सहरमा। जहा आफ्ना चिनेका हरु पनि टाढा हुन्छन कतै सहयोग पो  माग्छ भन्ने डरले नचिनेका त त्यसै टाढा छदै छन ।

यसरी समय बित्दै जादा अर्थिक अवस्थामा पनि धेरै सुधार हुदै जान्छ। चाहेको बेला घर जान नपाउने पिडा एक ठाउमा रहे पनि घर परिवारमा नभए नि छ भन्न पाउने आधार बनिसकेका हुन्छ । घर छोडेको पनि धेरै समय बिते पछि घर तिरको सम्झनाले अलि बढी नै सताउन थाल्छ मनमा अनेकौ कुरा खेलिरहन्छन । तर जति कुरा खेले पनि मनलाइ सम्हाल्दै अगि बढ्नु नै जिन्दगीको चुनौति झै लाग्छ।

           एक दिन दिन भरीको कामको थकानले केही खाना बनाउने खाने सम्म जागर चल्दैन ।मनमा पनि अनेक थरी कुरा खेलिरहेको हुन्छ घर छिटै फर्कु झै लाग्छ फेरी पैसाको नसाले समाएको मलाइ जा भन्ने आट नै गर्दैन । आउदा साथ यतिकै खाना नखाइ पल्टिन्छु। यसो मोबाइल खोलेर फ़ेस बुक अन गरेको 'कान्तिपुर' दैनिकले एउटा न्युज पोस्ट गरेको रैछ "श्रीमान बिदेशमा श्रीमती परपुरुष संग" भन्ने शिर्षक राखेर झट्ट आखा त्यही शिर्षकमा गयो क्लिक गरेर पढ्दै गरेको हाम्रै जिल्लाको घटना रैछ अझै पढ्दै जादा गा. बि.स. पनि हाम्रै कता कता मनमा काडाले घोचे जस्तै हुन थाल्यो धड्कन म्याराथुनमा दौडेको घोडा झै दौड्न थाल्यो अझै तर सारेर पढेको मेरै संगिनी मेरै जिवनकी सहयात्रीको नाम देख्दा साथ म चिच्याउछु बेड बाट । तल झर्छु। शरीर पुरै पसिनै पसिना ! धन्न सपना रैछ, म झसंग हुन्छु । यसो मोबाइल हेरेको रातीको १:४० भएको रैछ ।

एउटा चुरोट सल्काउछु ,मन आतिन्छ यसै यसै घरमा फोन गर्छु हत्तपत्त उनै प्रियतमले उठाउछिन आरमै रैछन मन हल्का हुन्छ। अनि थुप्रै सुनेका पढेका घटनाको याद गर्छु श्रीमान प्रदेश श्रीमती अरु संग नै बिहे गरेका अरु संग सबै साँची राखेर राखेको सिन्दुरको हत्या गरेर नया जोडी बनेको घट्ना हरु मेरा मस्तिष्क हरुमा घुमीरहन्छ ।
    
                 अनी,  यसो सोच्छु सच्ची जिन्दगी भनेको नै नसा झै लाग्छ ।   कहिले के को नसा कहिले के को नसा नसै नसा को जिन्दगी यो कहिलै नटुङिने..
   म पनि पैसा कमाउने नसामा फसेको मेरो मनलाइ  परिवार संगको स्पर्सको नसामा मन बदल्न खोज्छु अनि सके सम्म छिटै मेरै देश मेरै गाउ मेरै परिवेशमा फर्कने प्रकियामा अगि बढेर कहिलै नआउने प्राण संगै आफ्नै गाउ फर्कि आए,,... भन्दै गुनगुनाउदै जाने दिन पर्खिरहेको छु आसा छ अब म छिटै आउदै छु बिरामी आमाको सेवा गर्न १ महिना पनि राम्रो संग संगै हुन नपाएकी मेरी प्रियसी संग जिवन भरीको यात्रा संगै गर्ने गरी... स्वार्थै स्वार्थले भरिएको सुन्दर सहरको नसालाइ छोडेर आफ्नै यथार्थको झुपडीमा नया नया सपना बोकेर फर्किदै छु... ......

"यसो सोच्छु सच्ची जिन्दगी भनेको नै नसा झै लाग्छ ।   कहिले के को नसा कहिले के को नसा नसै नसा को जिन्दगी यो कहिलै नटुङिने !!!.........

नोट:- यो कथा केबल रमाइलो को लागि लेखिएको हो यहाँ थुप्रै व्याकरण हरु मिलेको छैन कथा बस्तु पनि मिलेको छैन र पनि पोस्ट गरेको छु अन्यथा नसम्झनु ! पढ्दिनुभयो म आभारी छु !!!!!

Friday, May 2, 2014

कथा ,

                       "उपहार मौनताको"

दिनभरिको थकान अनि, गाउघरको 'याद' संगालेर बेलुका कोठामा आएर फेसबुक अन गर्छु। अन गर्दा साथ इनबक्समा ३ वटा राता बत्ती देख्छु। हतार नगरि ओप्पन गर्दै गर्दा एउटा सधै सम्झिरहने उनै 'प्रियसी'को हुन्छ अर्कों संगै पढ्दाको कलेज साथीको अनि अर्कों अपरिचित मान्छे कहिलै नदेखेको अनुहार कहिलै नसुनेको नामबाट सायद, उस्ले मलाइ चिन्छ चिन्दैन थाहा भएन तर उस्लाइ एउटा कुरा थाहा रैछ मलाइ सधै सम्झने मेरी "प्रेमिका" हो भन्ने। हत्त पत्त त्यही अपरिचित को म्यासेज अन गर्छु । म्यासेज यस्तो देख्छु .. "फ़लानी मेरो २ बर्ष पहिलेको 'लवर' हो अब देखि उस्को पछि नलाउनु ल".. म त्यो म्यासेज पढेर कति बेला सके आफैले पत्तो पाइन अनि टु रिप्लाइ गर्न कोर्छु ,,

     "जम्मा दुइबर्ष ? मेरो २ जुनी पहिले देखि माया बसेको छ।"

             तर लेखेको म्यासेज किन किन मेट्न मन लाग्यो अनि मेटेर हस्! मात्रको जबाफले टारी दिए । त्यती नै बेला मनको एउटा फोल्डर अन गरेर उस्को तस्बीर र म्यासेजलाइ "हाइलाइट" बनाएर 'उधारो जबाफ' नाम दिएर सेभ गरे!! अनि उही प्रियसीलाइ अफलाइन म्यासेज छोडे म्यासेज पढ्दा साथ स्क्यापमा कल गर्नु म अन नै छु। ,, 

जब, उस्लाइ स्क्यापमा अनलाइन देखायो मैले त्यति नै बेला कल गरे अनि सुरुमै के हो? यो "नौटंकी"? भनेर उस्लाइ अगिको म्यासेज कपि पेस्ट गरिदिए अनि उ नम्र स्वरमा मलाइ पहिलेदेखि मन पराउने केटा हो माइन नगर्नु ल कता बाट थाहा पाएर म्यासेज गरेको होला भनेर भन्न नपाउदै मैले प्रश्न माथी प्रश्न थप्दै गए उ निडर र विस्वासका साथ परिक्षाको अगिल्लो दिन पढन्ते बिधार्थीले जबाफ दिए झै दिइरहि । अनि, उस्ले गर्ने मायामा अझ बिस्वासको अर्कों इटा थपिए झै भयो अनि मैले फेरी जिस्काउदै भने यदि हामी एक हुन सकेनौ भने तिमी के गर्छौ ? उस्ले भनि खै के गर्छु थाहा छैन। तर हजुर बाहेक अरु संग बरु मर्छु बिहे चाही गर्दिन यो चाही म बिस्वासका साथ भन्न सक्छु भनि यो शब्दले कता कता मुटुमा एउटा छुट्टै तरंग ल्यायो।


                  अनि, यहि यादलाइ यहि शब्दलाइ मुटुको एउटा कुनामा कहिलै डिलिट नहुने गरि एउटा नया फोल्डरमा "सेभ" गरेर बन्द गर्न मन लाग्यो।  यसरी नै दिन हरु बित्दै थिए। प्राय फेसबुक, भाइवर, स्क्यापमा सधै जसो कुरा भइरहन्थ्यो। हामी दुबैको मनमा एउटै कुरा चल्थ्यो एक अर्कों बिना बाच्न त के कल्पना गरे पनि पाप लाग्छ झै हुन्थ्यो । उस्ले मलाइ गर्ने पबित्र र चोखो मायाका प्रमाणहरु फुकाइ नसक्नुका थिए, म पनि उस्ले दिने माया र बिस्वासको बदला त्यसरी नै चुक्ता गर्थे । 

      हामी सुरुवात गर्दा का शब्द र मायाका शब्द हरुको पनि संकेतिक भाषा प्रयोग गर्न थालिसकेका थियौ ।माया यसरी बढ्दै थियो कि अब ठुला-ठुला 'सुनामी' र 'हावा' हुरीले पनि सजिलै अलग गराउन सक्दैन झै! यसरी नै चलिरहेको मायामा एक हप्ताको लामो ग्याप पछि मैले म्यासेज पठाए aeeee , माया, सिन (seen) देखायो तर रिप्लाइ आएन अनि, कतै बिजी होला भन्ने सोचेर फुर्सद हुदा कल गर्न भनेर अफलाइन भए। तर लामो समय सम्म पनि फोन आएन अनि भाइवर अन गरेर कल गरे बिजी रैछ। घरतिर वा कुनै साथी संग व्यस्त होला भन्ने सोचेर 'फ्रि' हुदा साथ कल ब्याक गर्नु ल भनेर म्यासेज गरे। अनि फेसबुकमा म्यासेजको रिप्लाइ छ होला भन्ने सोचेर खोलेको अगिनै "seen" देखायो। रिप्लाइ गरेनछ, उस्कै वाल हेरे आफ्नो प्रोफाइल पिच्चर चेन्ज गरेको रैछ । अरुले कमेन्ट गरेका फोटोमा थ्यांक्यू भन्न मै व्यस्त रैछ मलाइ रिप्लाइ नगरेको देखेर झनक्क रिस उठेर ऐ नौटंकी! के हो पारा ? न रिप्लाइ छ, न कल ब्याक गर्छ के भो ? यही म्यासेज गरेर भाइवरमा कल गरे कल गयो रिसिभ भएन कयौ पल्ट ट्राई गरे उठेन। रिस र शंकाको बिउ......उस्को मौनता देखेर माथी माथी चढ्दै थियो।अनि, एक्कासी रिस उठेर मैले सम्झने गाली जति सबै लेखेर फेसबुकमा म्यासेज गरे अनि भोली सम्म कल गर्नु जसरी पनि नभए तिम्रो लागी कोरिएको यही म्यासेज नै अन्तिम म्यासेज बन्ने छ!! लव यू 'मिस यू' भनेर सेन्ड गरे। ... 

                      दिन बित्यो, हप्ता बित्यो कही कतै न फोन नै आयो न इनबक्समा म्यासेज नै,, यही अवधिमा उस्ले एउटा गित सेयर गरेको रैछ "सुन्छु तिमीले मलाइ भुल्नै आटेको छौ रे" अनि मैले पनि कही कतै म्यासेज नगरी "बन्न सकिन तिम्रो अन्तिम माया"भन्ने सिर्षक राखेर गित पोस्ट गरे अनि फेसबुकको सेटिंगमा भएको डिएक्टिभेट 'बटन'क्लिक गरे। किनकी उस्को मौनता नै मेरो लागी धोका र बिछोडको 'माहाकव्य' भन्दा कम थिएन । अनि त्यही दिन नै मोबाइल नम्बर चेन्ज गरे उस्को स्क्याप अकाउन्ड पनि डिलिट गरे अब, उस्को र मेरो सम्पर्कको लागी हुलाक सेवा मात्र बाकी थियो तर, त्यो पनि अधुरो थियो किनकी उस्लाइ मेरो ठेगना नै थाहा थिएन ।

      अब उ संग बोलचालको दुरी बाट टाढा भएनि "याद" को दुरी बाट टाढा हुनु थियो। तर याद कसै गरि पनि मेट्न सकिएन सोचे उस्को यादलाइ "धुवा"को साहरा बनाएर धुवा संगै उडाइदिउ कि त बोतलको पानी संगै नसा नसामा छिराएर टुंगाउ ,,, 
  तर,,, मनले यी दुवै कुरालाइ फेरी स्वीकार्न सकेन । फेसबुक 'डिएक्टिभेट' गरेपछि एक दिन बिताउन पनि हजारौ बर्ष झै हुन थाल्यो। मोबाइल चलाउदा उस्कै सम्झना बोकेको सन्देशले मलाइ कुरे होला झै लाग्थ्यो। तर, मैले पूर्ण रुपमा उस्लाइ टाढा भैसकेको अनुमान गरिसकेको थिए। किनकी उस्को मौनता नै सम्बन्ध भत्किएको बलियो प्रमाण थियो । समय आफ्नै गलिमा हिड्दै थियो मैले एक महिना अगि वनाएको टुइटरलाइ निरनतरता दिएर "टुइटर"लाइ नसा र साथी दुवै बनाउने आत्मिय निर्णय साथ हरपल टुइटरमै सानो घर नै बनाए झै !त्यही रमाउन थाले। उस्ले दिएका चोट पिडा सबै पोख्ने ठाउ बनाए । लाग्थ्यो, कुनै अर्को दुनियामा नचिनेका अपरिचित अनुहार संग रंगमन्चमा अभिनय गरिरहेका छौ जहा म पनि एउटा कलाकार हो । झै, दिन सजिलै र रमाउदै एक अर्कोलाइ उडाउदै बित्दै थिए ।

      टुइटरमा करिब ६ महिनाको लामो यात्रा पछि एकदिन शुक्रबारको दिन सन्तोस सम्धिको चिया खाने कुरा गर्दै अगमन भयो। मौन, म पनि हल्ला गर्न आए। पाण्डु-राजा घरभाडा नपाएको गुनासो गर्दै निस्के,आभा झुम्रे भन्दै , बिरालु ढिंग चिका गर्दै, नारायण, गुरु दर्शन गरे भन्दै, नबिन दिदीलाइ सम्झना भन्दै रबिनवावु क्या दामी टुइट भन्दै मेन्सिदै, खुसी फलानो भन्दै लव रिना पानको पात भन्दै प्रदिप दहाल प्यारी भन्दै, उल्टे ज्यापु भन्दै, सरोबर निसा अन्टी भन्दै, अनमिका काका भन्दै, स्वेच्छा, शुन्ना, मिलेका व्याकरणमा पुर्णता पाएका टुइट गर्दै यस्तै यस्तै गर्दै सबै जना आ-आफ्नै तरिकामा रमाउदै गरेको बेला मेरो नोटिफिकेसनमा पनि निलो बत्ती बल्छ। अनि त्यही क्लिक गरेको बधाइ छ "छड्के" साप्तहिकमा टुइट पढ्न पाए खुसी लाग्यो भन्दै मेन्सन गरेको। अनि उस्को हेन्डल क्लिक गर्छु ८ जना फोलोइन २ जना फलोर मलाइ सुरुमै फलो गरेको रैछ । 

 म ,
        उस्को मेन्सनलाइ फेब गरेर हामी सबैलाइ बधाइ:) लेखेर मेन्सनको रिप्लाइ दिन्छु। , उस्ले फेरी मेन्सन गर्छ aeeeeeeeee  <3.....उस्को 'मेन्सन' पढ्दा साथ धड्कन लडाइबाट भागेर आएको सिपाइको भन्दा छिटो गतिमा उफ्रन्छ। अनि फेरी आफ्नो डिपी लाइ सराप्छु । आफ्नै डिपी राखेकोमा पश्चताप गर्छु अनि साप्ताहिकलाई मन मनै सराप्छु टुइट किन छाप्दियो भनेर !! म केही नबोलि "म लुके" भनेर टुइट गर्छु। अनि टुइटर लग आउट गरेर ... त्यही मेन्सन गर्नेलाइ सम्झन्छु कहिलै साप्ताहिक नपढ्ने लाइ आजै किन पढ्नु परेको फेरी उस्को यादको पुनः जन्म भए झै गरि एकाएक सम्झनाका पाना पल्टिन्छन सायद उस्ले पनि मलाइ भुल्न नसकेको रैछ मलाइ खोज्दै खोज्दै यहाँ सम्म आयो। भन्दै मनमा अनेकौ कुरा खेल्छ एक छिन पछि फेरि टुइटर अन गर्छु उस्कै प्रोफ़ाइल अन गर्छु उस्को पहिलो टुइट हेर्छु "शब्दमा खोल्न नसकिने यो माया .. केवल तिमीलाइ साचेको यो माया,",, जुन गित मैले पहिले उस्ले मलाइ कति माया गर्छौ भन्दा यही गित गायर सुनाइ दिन्थे। , फेरी टुइट पढ्दा पढ्दै बितेका पलले मुटुमै सुनामी चले झै हुन्छ। अनि उस्को वायो हेर्छु "मिस यु माया" मात्र देख्छु। अनि, फेरी मायाको बहार आउने कल्पना गर्दै ! मनमा फेरी पुराना दिनको आगमन हुने बिस्वासको आशले पुरै मन फुरुंग हुन्छ। अनि, हतपत ६ महिना अगि देखि डिएक्टिप गरेको 'फेसबुक' अन गर्छु सरासर क्लोज फ्रेन्डमा क्लिक गर्छु।
           
                     ५ जना क्लोज फ्रेन्ड मध्ये उ पनि एक थियो। वाल सार्दै जादा "मिसिङ सम वन' लेखेको 'स्टाटस' देख्छु । मन खुसी भए झै लाग्छ वाल अझै तल सार्छु "इंगेजमेन्ट" शिर्षकमा १० वटा फोटा देख्छु। फोटो पुरा हेर्न नपाउदै आकाश आफु माथी खसेझै लाग्छ, पत्यार लाग्दैन सपना हो झै लागेर आफुलाइ चिमोट्छु दुख्छ। अनि बिपनामा भएकै प्रमाण जुट्छ। अनि मुटुको बिच भागमै ठुलो फोल्डरमा सेफ गरेर राखेको हाम्रो विस्वास, बाचा, कसम सबैले भरिएको बितेका पल एकै चोटी खुल्छन मस्तिष्क भरी यत्रतत्र छरिन्छन एकै चोटी अन्धाकार छाउछ। अनि सम्झनामा 'मुना' 'मदन'को कथा घुम्छ। 'रोमियो' 'जुलियट'को कथा घुम्छ एकै छिन पछि सत्यलाइ स्वीकार्छु। अनि एउटा हातले उस्को जोडीको फोटो ढाक्छु अर्को हातले "नव दाम्पत्य जिवनको लाखै शुभकामना संसार कै नमुना होस्" लेख्छुर कमेन्ट  गर्छु । अनि फेरी सेंटिगमा गएर 'डिएक्टिभेट'बटन क्लिक गर्छु ।

             टुइटर खोल्छु अनि, टुइट पोस्ट गर्छु "नौटंकी पनि एउटा कला रहेछ।"


नोट:- कथामा समाबेस गरिएका टुइटेको नाम अनुमति बिना नै पोस्ट गरेको छु कतै अन्यथा सम्झनु हुनेछैन भन्ने आसा लिएकोछु !!