विश्वकप फुटबल "२०१४"
सबै खेल जित्नका लागी खेलिन्छ। तर, सबै सहभागी जितका भागिदार हुन पाउदैनन किनकी यो खेलको नियम हो।
खेलमा जित होस् वा हार यो महत्वको बिषय त हो।तर, यो भन्दा पनि महत्वको बिषय समर्थक हरुमा देखिने एक प्रकारको उत्साह र समर्थनको लहर पनि कम महत्वको बिषय होइन ।
प्रसंग केही दिन पछि सुरु हुन लागेको विश्वकप 'फुटबल'२०१४' को हो। खेल सुरु हुन अझै धेरै समय बाकी छ तर पनि सामाजिक संजालमा अहिले देखिनै समर्थक हरुको चहलपहलले सामाजिक संजालहरु रंगीबिरंगी भै सकेका छन।
हुनत ४ बर्षमा आउने बिश्व उस्वब जस्तै पनि हो "फुटबल"चहलपहल हुनु नौलो कुरा त होइन । तर पनि सामाजिक संजालमा आ-आफ्ना समर्थकहरुको कित्ता छुटिएर पानी बाराबारको स्थिति भने अलि बढी नै भक्ति भयौ कि भन्ने हो।
चाहे अर्जेन्टिना होस्, चाहे ब्रजिल होस्, चाहे जर्मनि, चाहे स्पेन, चाहे इटाली, चाहे अरु अरु देश किन नहुन न आमा तिरको मामा साइनो लाग्छन न बाबा तिरको काका नै जस्ले जिते पनि न हाम्रो राष्टियतामा ठुलो परिवर्तन आउने हो। न कुनैले हारे पनि असर पर्ने हो। हुन सक्छ कुनै आफ्नो समर्थन गरेको देशले जिते बाजी थापे जितिएला नभए आत्म संतुस्टि सम्म हुन सक्छ!! यत्ती न हो ।
मलाइ आशा र बिस्वास छ यदि विद्वान र मन फराकिलो भएको समर्थक छ भने कसैलाइ चित्त दुख्ने अनि व्यक्तिलाइ असर पर्ने गरी वचनको प्रहार गर्दैन बिरोधी भए पनि!
हुनत मन फराकिलो हुनेहरुले यो केवल खेलको समर्थन हो आफ्नो समर्थनमा केही कुरा लेख्दा शब्दको केही अंशले हानेको तिरलाइ सामान्य सम्झने छ केवल रमाइलो मानेर!!
म त के भन्छु भने मन मुटु फराकिलो बनाएर रमाइलो गरु जस्ले जिते पनि जो हारे पनि मितव्यिता अप्नाएर रमाइलो बिरोध र समर्थन गरौ। मन सानो नबनाउ! हासौ रमाउ हाम्रो के जान्छर..!!जुन देश हारे पनि जिते पनि भन्ने हो हाम्रो भने झै हुने भए हाम्रो समर्थनले जित्ने भए यस पालीको वल्डकप "जापान" ले जितोस् "कोरिया"ले जितोस् जहा हाम्रो बढी खुसी जोडिएको हुन्छ।।
बिरोध यसरी गरौ कि प्रतिपक्षको कमेन्ट पढ्दा बिरोधीहरु पनि मुस्काउन सकुन। मनमा कालो नराखी मज्जाले समर्थन र बिरोध होस् यो फलानो टिमको समर्थक फुलीलाइ ब्लक गरे भन्ने जस्ता शब्द पढ्न नपरोस् कसै संग दुश्मनी नहोस् यहि कामना !!
अनि, आसा छ यो गुट र त्यो गुटको समर्थन गर्ने सबै नेपाली मनले भरिएका नेपालीहरुलाइ छिटै एउटै रातो र चन्द्र सूर्य झण्डा मुनि एकजुट हुने गरि एउटै आवजमा नेपाल भनेर विश्वले सुन्ने गरि भन्ने पदभार नेपाली फुडबल जगतले दियोस् विश्बकपमा हामी यस्पाली भन्ने नारा गुन्जाउन पाउ!! सबैको कामना त्यो खुसी र एकताको मालामा जेलिने दिन छिटै आवोस् जय फुटबल जय विश्वकप फुटबल "२०१४"
:- (स्मरण रहोस् लेखक अर्जेन्टिना को कट्टर समर्थक हुन )
मेरो पनि भन्नु छ मा केहि ब्यक्तिका भनाइ
न आर्जेन्टिना न ब्राजिल यसरी नछुट्टिउ एकताको प्रतिक हामी
नेपाली एक अर्काको सम्मान गरौ सकुशल बाचौ र बचाऔ :ही
- नारायण
खेल हो भरपुर मनोरन्जन लिनुस! सप्पै ले अर्जेन्टीना को सपोट गर्नुस!
भाइ भाइ फाटेर अरु अरुलाई सपोट नगर्नुस भन्न चान्चु :-)
-;परदेशी
पछिल्लो समयलाई बिर्साउने गरि मेस्सिले खेल्नेछन
र अर्जेन्टिना बिजेता बन्नेछ .. यतिनै मेरो भन्नु छ ।
No comments:
Post a Comment