Wednesday, September 17, 2014

                         
  फेरी एउटा "कथा"
                                           "दशैं र परदेशी"



                       दिनभरिको काममा जति लखतरान  थकान भए पनि काम सकिए पछिको पहिलो नजर वा पहिलो स्पर्श मोबाइल नै हो। काम सकिन साथ मोबाइल अन गरेको १२ वटा मिसकल आएर बसेको रैछ यसो हत्तपत्त मोबाइल खोलेको आफ्नै घरको नम्बरबाट गरिएको फोन ,,यसो नेपालको पात्रो सम्झिए भाद्र महिना अन्त्य भएर असोज महिनाको सुरुवात हुदै रैछ।
                  असोज महिना आफैमा दशैंको सुरुवात झै पनि हो। लाग्छ असोज र दशै 'पर्यावाची' शब्द झै !तर दशै र प्रदेशी फेरी दुस्मन झै लाग्छ याद मात्र आइरहने !!,, यसो सम्झिए दशैं पो आयो!!! दशैं भन्दा साथ गरिवलाइ दशा परदेशीलाइ सम्झनाको 'आँसु'आए झै लाग्छ यस्पाली भने मलाइ दशा कम सम्झना र याद अलि बढी नै आए झै आभस भएको थियो ।किनकी म परदेशी थिए।  लाग्छ, परदेश हुदा असोज महिना कहिलै नआवोस झै तर ऋतु र पात्रोले आफ्नो धर्म कहा छोड्छ र !!
   
        सायद....,,यही दशैं नजिक भएर होला यति धेरै मिसकलको थुप्रो लाएर बसेको अनि सोचे घरमा त फेरी यसरी न आमालाइ आउछ न बुवालाइ नै मेरो नम्वरमा कल गर्न? मन कस्तो कस्तो बनाउदै  हतारिदै कोठामा पुगेर घर तिर कल ब्याक गरि हाले पहिलो घण्टीमै आमाको आवाज संगै फोन उठ्यो। अनि किन यति धेरै फोन गर्नु भएको त भनेर मैले सोध्न नपाउदै घरमा कहिले सम्म आइपुग्छस भनेर अतेर लाग्यो ।त्यही भएर फोन गरेको भने पछि म दशैंको याद सजिलै मेटाउन सकिने झै गरी आमाको मन हासो तिर तान्न कोसिस गरे।

                    हजुरहरुले कसरी मलाइ फोन गर्नु भयो त भनेको तेरो नम्बरमा पुतलीको फोटो छ यही फोटो खोजेर कल गरे तेरो नम्बरमा जान्छ  भन्दा मैले हसाउने हैन उल्टो आमाले हंसाए झै गरी म हासे! अनि, जाबाफ दिए यस्पाली पनि दैलो माथी टासेको तस्वीरमा टिका लागाउनु पर्ला झै छ आमा,,,,, के भन्दै थिए आमा एक्कासी रुदै ती फोटामा त सधै टिका लगाउदै लगाउदै फोटै नचिनिने भैसक्यो यस्पाली त आइज न भने पछि मेरो मन नै कस्तो कस्तो भयो फेरी आमालाइ हसाउन हिजो आज फोन बाटै सरद्दे , बिहे गर्दिन्छन रे बाहुनले हामी पनि फोन बाटै टिका लगाउला नि भने .,,,
          
                    पहिले ठेकाको दही चोरेर खादा आमाले लखेट्दा म भागेर नाच्दा सम्म मुसुक्क हास्ने आमा यति ठुलो जोक गर्दा पनि हास्नु भएन । एकोहोरो सुक्का सुक्काको आवाज मात्र आए पछि फोन बाबालाइ दिन भने बाबाको कानमा पर्दा साथ सधै पैसाको कुरा गरिहाल्ने यसपाली भने पैसा भन्दानी अगि आमाले नै सोधेको कुरा दोर्याउदा लाग्यो पैसाको कुराले भन्दा अव बुडालाइ पनि छोराको यादले सताउन थालेछ । नथालोस पनि कसरी यो चौथो दशैं थियो बुवा आमा बिहीन दशै!!!मेरो प्यारो जन्मभूमि बिहिनको  दशैँ ,,,,,

           अनि बुवा संग जिस्किदै यस्पाली पनि संगै तास खेन्न नपाइने भो बुवा गाउ तिर पिङ चमच्चा हाल्दै होलान भनेर सोधेको पिङ त हाल्छन होला चमच्चा त कस्ले हाल्ने हो र!  यहा , मलामी जाने मान्छे त छैन गाउमा चमच्चा हाल्ने कुरा गर्छस.. भनेर नसकिदै मेरो मुटु नै चस्सक भयो।  अनि, सोचे साच्ची सबै युवा बिदेश पसे पछि गाउ अब गाउ नरहे झै भयो गाउ त बृद्धआश्रम पो भएको नमिठो अनुभुति भयो। अनि धिकार्न मन लाग्यो हाम्रो गरिवीलाइ , हाम्रो बिदेश पस्न बाध्य पारिने लाचारी देशका हुन्डारहरुलाइ अनि बिदेश नगए सम्म कुनै मुल्य नै नदिने अन्धो समाजलाइ । अनि सम्झिए श्रीमान पासपोर्ट वनाएर सहर नछिर्दै गाउ छोड्न गरिने नारीहरुको अनेकौ बहानालाइ अनि म पनि फेरी यथार्थमा फर्किए भोली म संग जिन्दगी साट्न आउने प्रियसी पनि यस्तै बाहना बनाएका सहर छिर्ने कुरा पनि आफैले आफ्नो यथार्थलाई  स्वीकार्दै धिक्कारे यो समाजको आधुनिकपन वा पछाउटेपनलाइ ! 

                  बुवा भन्दै हुनुहुन्थ्यो मिले सम्म आइजा दशैं सम्म तर म बुवाको कुरालाई न शब्दले नै समर्थन गर्न सक्थे न त ब्यबहारमा नै उतार्न सक्थे ,,हुनत दशैमा घर नआउने कोसिस नगरेको पनि हैन। तर... हाम्रो दशैँ,, न बिदेशी साउको  पात्रोमा नै थियो न हाम्रो दशैँ आउदा बिदा दिने कानुन नै उसको एकोहोरो काम काम काम गराउने सम्झौता पत्रमा नै थियो। ,,केवल उसको पात्रो र सम्झौता पत्रमा मात्र काम मात्र थियो  हामी उसको काम लाइ चुपचाप स्विकार्नु बाहेक अरु कुनै उपाएनै थिएन 'हिजो पैसाको अभाबले दशैँ आउदा खसीको बिलो किन्न नसकेर मन धमिलो बनाउने बुवा आज त्यहि अभाब टार्न परदेशिएको छोराको यादमा मन मात्र धमिलो होइन आखा पनि रसाएको थियो। म त्यो बुवाको आवाज बाटै अनुमान गर्न सक्थे '..!!
थुप्रै सुख दुखका कुरा गर्दा गर्दै फोन नै काटियो मेरो फोनको कार्ड सकिएछ फेरी कल गरु कार्डको अभाब कार्ड लिन कोसौ टाडा जानु पर्ने  अधुरो कुरा संगै वार्तालाब टुंगियो ,! 

सायद म परदेशी भएको धेरै पो  भएछ कि क्यारे!  यादहरु दृश्य र आवाजमा मात्र हैन मनमा नै सुनामी उर्ले झैँ भएर आउन थाल्यो आखा हरु पिल पिल गर्न लाइ सकेको रैछ  सायद यो सम्झना र यादमा रसिएका आखा हुनु पर्छ आखाका परेली पिल पिल गर्दै आसु भित्रै तानेर मन केहि हल्का हुने आसमा "फेसबुक" र "टुइटर"अन गरे   फेसबुक वालमा  पनि उही दशैँ आयो मात्र देखे कोहि प्रदेशी नेपाल पुगेका फोटा पोस्ट गरेका कोहि जादै गरेका एअरपोर्टका तस्बिर हरु पोस्ट गरेका कोहि हामी जस्तो परदेशीलाई चाडबाड नआएकै जाति भन्दै भिडियो सेयर गरेको देखे उनै नेपाल नफर्केका हरु हेरेर चित्त बुझाए।

                अनि, च्याट बक्स खोलेको संगै पढेको साथी पनि अनलाईन रैछ एकछिन कुरा भयो भन्दै थियो साथी महिनाको लाख खान्छस क्यारे !!  पैसाको के चिन्ता र iphone 6  किनिस कि नाइँ ? कति सजिलै लेख्न सकेको होला भनेर मन मनै भने अनि मैले पनि रिप्लाई गरे अस्ति मात्र iphone 5s किनेको अलि पछि किन्नु पर्ला भनेर तर उसलाई पनि के थाहा र भर्खर मैले च्याट गर्दै गरेको मोबाइल iphone 4  त्यो  पनि सेकेन्ड हेन्डमा किनेको भनेर!:) अनि,, एकलाख कमाउन जिन्दगीलाई पसिना संग हैन मृत्यु संग साट्नु पर्छ भनेर लेखेको म्यासेज डिलिट गरे किनकि त्यो पनि विदेश आउन पासपोर्ट बनको छ क्यारे उसलाई पनि यहि प्रश्न सोध्नु पर्ला भनेर त्यहि प्रश्न मनमै कपि पेस्ट मात्र गरे एक्कासी अफलाइन भयो सायद लाइन गयो कि ..त ..
यत्तिकैमा मैले पनि के स्टाटस लेखु लेखु भयो अनि फेरी गत बर्ष पोस्ट गरेको गित र फोटोको याद आयो अनि फोटो संगै फिलिंग मिसिंग दशैँ भन्दै   त्यहि गीत पोस्ट गरे ....!!!!!

कोहिले बिदा मग्दै छन रे कोहिले टिकेट काटे
मैले भने यसपाली नि आउछु भनि ढाटे
फोटो हेरी सम्झदै हौली आसु झर्दै पिडिमा बसेर ....
..यसपाली त यस्तै भो आमा अर्को साल आउने छु दशैमा....!!!.>

सायद यो मेरो भाका सराइको द्रोसो पटक थियो अब पनि हेरौ अझै कतिऔ पटक भाका सार्नु पर्ने हो ,
,
                   तर मनमा भने याद र सम्झना टुंगिन मानेन  मनमा दशैँ नजिक नजिक हुदा आखामा  अनेकौ दृश्यहरु घुम्न थाले।.कानमा अनेकौ बिगतका आवाजहरु गुन्जिन थाले फ्लिमको पर्दामा झैँ एक एक गरि देखिन थाले पिङ हाल्ने भन्दै बाबियो चोर्न जादा बबियोको साटो  'खर' चोरेर लिएको हासो लाग्दो  दृश्य होस् वा  मेरै आगनीमा सबै मिलेर लुठो बढ्दै काक्रो चोर्न लागेको भागबन्ड होस् यस्तै यस्तै यादले फेरी दशैँ ताजा बनाउन थाल्यो।
                  खोरखोरेमा गुर्जा डबल झन्डी त्रिबल , ५ को १०  दशको ३० भनेको याद आयो फ्लास खेलको मेरो १० ब्लाइड, मेरो हेरेर २०  भनेको आखै अगाडी नाचिरहयो अर्को तर्फ बुडा हरुको टोली कल्ब्रेक खेलको मेरो ३ हात मेरो २ हात मेरो ४ हात मेरो १ हात मात्र भनेर रमाइलो गरेका दृश्य र आवाज दुबै आखा वरिपरी घुमीरयो।

           लुठे पिंगमा मच्किएको मच्काइको याद आयो लुठे पिंगमा मच्कदै दशैँको पालो आयो, बाको पालो आयो , आमाको पालो आयो ,दाइको पालो आयो , दिदि को पालो आयो , सबैको पालो आयो ,यो सकेर मन मनै मेरो प्रियसीको पालो आयो भनेर कुर्लदै थिए पिंगको लुठो नै चट्ट छिन्यो।  नराम्रो संग भुइमा पछारिए अनि त झसंगै भए यसो हेरेको खाट बाट भुइमा लडेछु सपना पो रैछ ,,यसो मोबाइल हेरेको बेट्री सकिएर अफ भएको रैछ यसो भित्तामा टागिएको घडी तिर नजर लागेको बिहानको ७ बजी सकेको रैछ यहि पिंगको मच्काइ र लुठोको छिनाइ नै आजको अलरम झैँ सम्झे फेरी उसकै आद आयो यदि उसको पालो पनि पिंग नखेलेको भए सायद न लुठो नै छिन्थ्यो  न म झसंग भएर बिउझिने नै थिए फेरी मन मनै धन्यबाद दिए मलाई झास्काएर बिउझाउने सपनी लाइ .सायद लुठो छिन्नु नै हाम्रो सम्बन्ध छिनेको एउटा संकेत झैँ पनि लग्यो ! ,,कहिले काही सपनाले पनि जिस्काउछ झैँ लग्यो ..

.अनि, आखा मिच्दै सधै को दैनिकी मजदुरी तर्फ लागे ...मन मनै परदेशीलाइ दशै "कागलाई बेल पाक्यो हर्ष न बिस्मात" भन्दै ..कानो गोरुलाई औसी न पुर्णिमा झैँ परदेशीलाई पनि के दशैँ के तिहार साच्ची भन्ने हो भने परदेशी कानो गोरु भन्दा फरक पर्दैन झैँ भयो ..अनि दिन भरि मनमा गुन्जीरयो परदेशीलाई चाडवार्ड नआएकै जाति.....यसपाली त यस्तै भो आमा अर्को साल आउनेछु दशैमा ...यस्तै यस्तै,,,, गुनगुनाई .......रहे ....दशैको याद मेटाउने बहना बनाउदै 


....

अन्तमा जो जहाँ जे गर्दै भए पनि सबै सबैलाई आउदै गरेको नेपालीहरुको महान चाड बडा दशैको मनदेखि नै हार्दिक मंगलमय शुभकामना जो जहाँ भएनी हासेर मनाउ रमाउदै मनाउ ......मस्त रहु व्यस्त रहु ...
  





Tuesday, September 16, 2014

                       छड्के आखा खण्ड-३ 


"टुइटर भनेको एउटा "चौतारी" जहा, भरिया,बटुवा सबैले बिसाई फेर्न कुनै पनि सस्था व्यक्तिको  अनुमति माग्नु पर्दैन |"

समय फेरिदै जादा मान्छेको स्वभाब मात्र हैन परिचय पनि फेरिदै जान्छ .. यसरी फेरिदै जादा आफ्नो नामका पछाडी अनेकौ उपनाम हरु थपिदै जान्छन सायद यहि फेरिदै जाने समयले दिएको एउटा जिब्बेवारी पनि होला
त्यसैले होला सायद हिजोका दिनमा चल्ने टाइमलाइन र अहिले चल्ने टाईमलाइन कस्तो छ त
हेरौ छड्के आखामा जस्ताको तस्तै ...

हाइकिंग:- हाइकिंग टुइटरले दिएको एउटा उपहार झैँ बनेको छ जस्ले टुइटरमा  शब्द मात्र हैन आवाज पनि साट्ने निम्तो लिएर आएको छ .जहाँ शब्दमा पोखिने मन हरुलाई प्रत्येक्ष देखेर आवाज मात्र हैन रमाइला रमाइला ठाउ हरु घुम्ने र एउटा नया अनुभब संगै आत्मियता पनि बढाएको छड्के आखाले देखेको छ .

छड्के आखाले पहिले भन्दा सकारात्मक सन्देश बोक्ने खालका सकरात्मक शब्द कोर्ने हरुको  भिड बढेको अनुभब सम्म गरेको छ 
"टुइटर भनेको एउटा विचार साटासाट मात्र नभएर अपरिचित अनुहारमा परिचित शब्दको माया साटासाट गर्ने एउटा सुन्दर घर पनि हो |"..

धेरै कुरा मैले छड्के आखा खण्ड १ र २ मा गरि सकेको छु यहाँ मात्र टुइटे हरुको बारेमा मात्र जानकारी गराउदै छु ,

टुइट कोर्नु आफैमा नौलो कुरा होइन नौलो कुरा त टुइट जस्तो टुइट गर्नु हो जहाँ १४० को परिधि भित्र बसेर सबैको मनमा एकछिन रोकिएर फेरी पढु पढु  हुने टुइट कोर्नु चाही पक्कै नौलो कुरा हो त्यसैले केहि तेस्ता टुइटे छन जसका टुइटले १०० भन्दा बढी रिटुइट पाए 
स्मरण रहोस मलाई रिटुइट कुनै मतलब छैन भनेर बाहिर जति खोके पनि कुनै पनि टुइटेको  टुइट रिटुइट  हुनु नै उसको शब्दले पाएको न्याय हो ,त्यस्ता दमदार टुइट कोरेर १०० RT कमाउन सफल टुइटे हरु 

१.लेन्दाई
२.रक्स पोख्रेल 
३.अमृत 
४.स्वेच्छा 
५.शुन्ना
६.परदेशी
६.सम्धी(सन्तोष)
७.पाण्डु राजा 
८.हेन्सी बिरालु
९.फन्नी महाराज 
१०.क्षितिज 
११.अमृत दाहाल 
१२.नम्रता 
१३.दृश्य 
१६.निशा
१७.बुडो दादा
१८,नारायण
१९,भाइरस
२०,तीनपाते
२१,मुक्ति
२२,ठुल्केटो
२३ .कोशिस ओझा
२४ .खरायो
२५,बैद्य बाको बा
२६,सिकारु
२७,प्रेममोति  

मैले १०० रिटुइ कटाउनेको नाम कोर्दै थिए तर जसरी चुनाबमा नेताले भोटको भिक् मागेझै डीयम मा लिंक दिएर होस् वा मेन्सनको लहरो तन्काएर होस् भिक् माग्ने प्रवृति मौलाएकोले सायद अब सभासद ६०१ भन्दा बढी संख्या पुग्ने डरले सबैको नाम उलेय्ख  गर्न असमर्थ रहे,,,,

बिगत भन्दा अहिले टुइटरमा देखिने स्त्रीलाम्पट प्रवृति तुलनात्मक रुपमा कम भएता पनि केटीको सामान्य भातमार टुइट मा रिटुइट गर्ने वा बिहान शुभ बिहानी भनेको टुइटमा मेन्सनको लहरो बेलुका शुभरात्री भन्ने बेला सम्म तन्काउने बोके प्रवृतिमा देखाउनेको भिड भने कम भएको छैन !

को हो त टुइट चोर !!

जस्ले  अरुको शब्द र कलाको सम्मान गर्न जान्दैन जो अरुको  कलम हैन कलम बाट कोरिएका सम्पती लाई  लाज नामको  एउटा इमान्दारितालाई  आर्य घाटमा जलाएर अरुको टुइट वा कहिँ कतै लेखिएका १४० अक्षरमा आट्ने कुनै पनि मिठो सन्देशपूर्ण लेख हुबहु सारेर  दुनियाको गालीको केन्द्र भनेर टुइट पोस्ट गर्छ त्यो नै टुइट चोर वा अरुको  शब्द नामको  सम्पती चोर हो ! टुइटरमा टुइट चोर्ने प्रवृति पनि निक्कै मौलाएको छड्के आखाले देखेको छ यस्ता टुइट चोर हरुले अझै आफुलाई चोर्नुमा बहादुरी सम्झेर  आफै लेखेको भन्ने जस्तो कुतर्क गरेको सम्म देखिएको छ !



भिख प्रवृति  !!!

बिगत केहि महिना देखि १०० रिटुइट काटेपछि बरिस्ट बनिन्छ भन्ने होटबाजीले गर्दा सामान्य खालका टुइट पनि कहिले डीयम गरेर होस् वा मेन्सन मै यो टुइट रिटुइ गर्नु भयो न गरे पछी परिन्छ है भन्ने प्रचारबाजी मौलाएको छड्के आखाले देखेको छ  भिख प्रवृति बोकेर यति सम्म डुले कि फलो गरेका जति सबैलाई डीयम गर्न सम्म  पछी नपरेको कुरा समेत छड्के आखाले  अनुमान गरेको छ ...
यो प्रवृतिले टाइमलाइन नै बोर  लाग्ने गरेको धेरै टुइटे हरुको आक्रोस र गुनासो सम्म रहेको देखिएको छ !!


 नकापधारी प्रवृति !!!

आफ्नो परिचय लुकाएर  टुइटर लाइ आफ्नै राम राज्य बनाउन खोज्ने वा  टुइटरले लेख्न देको छ भन्दैमा  हग्नेलाई भन्दा देख्नेलाई लाज भने झैँ लेख्ने लाइ भन्दा देख्ने लाई लाज लाउने गरे अपाच्य शब्द कोर्ने टुइटे लाइ नकापधारी प्रवृति भनिन्छ l यस्ता टुइटे टुइटरमा  मनपरी टुइट गर्नु का साथै अरुको टुइटेको नाममै हेन्डल बनाएर चरित्र हत्या सम्म गर्ने गरेको छड्के आखाले देखेको छ l साथै  यस्ता नकापधारी हरु  प्राय सकारात्मक  टुइट भन्दा टियल नै  बिबादमा राख्ने गरि नकारात्मक सन्देश फैलाउने खालको  लाचारपन बोकेर आएका हुन्छन ,,,

तर कतिपय आफ्नो परिचय लुकाए पनि टुइटरमा हासो  मजाक गर्नुका साथै मिठो मिठो टुइट गर्ने मनकारी टुइटेलाइ भने नकापधारी टुइटेको कोटामा राखिएको छैन ,,!!

नकापधारी टुइटे त्यो हो जो आफु नकाप लगाएर अरुको चरित्र हत्या
 गर्नुका साथै अपाच्य छाडा टुइटको खेति गरिहेको हुन्छ  !!


                                             टुइट पत्र 


प्रिय टुइटर ,

        हिजो आज तिमीबाट एकपल पनि टाढा जानै मन लाग्दैन सायद तिम्ले मलाई मोहोनी लायौ कि क्या हो l हर पल तिम्रो यादले फुर्सद र नेट हुदा साथ् पहिलो ढोका तिम्रो नै खोल्न मन लाग्छ ..
तिमि  संगको यात्रामा यस्ता अपरिचित साथीहरुको परिचित मित्रता बनाएर यति नजिक सम्म पुरायौ कि अब तिमी मलाई छोडेर गए पनि शब्दबाट साटिएका मित्रताले कहिले नछोड्ने गरि माया गासीदियौ तिमीलाई शब्दको धन्यबादले मात्र पुग्दैन होला मन देखि आवाज र मुटुको धड्कन पनि मिसिएको धन्यबाद छ है ..!!


तिमि संगको यात्रामा यहाँ परदेशी र झापालीको मिठो बतासे संगै माया गास्ने बनायौ कहिले छितिज संग डाडाको दुरी मात्र हैन आत्मीय दुरी पनि नजिक बनायौ रविनबाबु संगको मित्रता त झन् म यहाँ कहाँ पोखेर पोख्न सक्छुर जे होस् तिमि कहिले भाइरस रुपी फेबको स्पर्सले अंकमाल गर्ने गरायौ भने कहिले लुकेर रहेका मेरा शब्दलाई नारायण नामको सुन्दर मन बोकेर रिटुइ बोकेको उमंग छर्ने गरि टाइमलाइन भरि मलाई नचाई रहन्छौ खुसि लाग्छ तिम्रो संगत संग पानको पात रुपी सिरसिर बतास लीएर आउने तिम्रो आगमन लाई प्यारो लाग्छ १४० अक्षर भित्रै कहिले फलानो नामको उपमा दिदै त कहिले पड्के नामको उपमा पनि खुसीको एउटा अंश लाग्छl
फराकिलो मन बनाउने परि,खुसि, अनु  र अरु अरु पनि कहिले कुनै पनि बतासका प्रहारमा रिसाएर भन्दानी हासेर बतास फर्काउने मनकारी सारथी पनि पाए ..!! तिमि संगको सहकार्य संगै ..

               कहिले फन्नी नामको शब्द लिएर आउने कहिले सुमन नामको बाट त कहिले शुन्ना त कहिले ठुल्केटो त कहिले तीनपाते कहिले अमृत त कहिले दिपक बुडा  त कहिले मुक्ति नामको शब्द लिएर एकोहोरो भएको मन  लाई पनि ओठ नखोली सुखै दिदैनौ  पेट मिचिमिची हसाइ दिन्छौ l
 दहाल बाको बिजुली काण्ड होस् वा दहाल vs घने जोक्स होस्  वा धमलाको जोक्स काण्ड होस् निक्कै बेर हासोको फोरो फुटेको हुन्छ ,,,

साच्ची तिमि संगको यात्रा रमाइलो मात्र हैन आनन्द पनि लाग्छ  हो तिमि संगको यात्रामा मन फराकिलो र सुन्दर शब्द कोर्ने चिजन दिदि दियौ अनि स्वेच्छा नानु पनि तिमि संगको सहयात्राले पाएको हु तिमि मलाई सरोबर नामको मुटुमै लुकाउने साथी दियौ सधै हासी खुसि रहने खित खित बोकेर आउने बिक्रम पनि दियौ तिमि त्यो भन्दा नि ठुलो त सानो सानो गल्तीलाई पनि सच्चाई दिन आउने सन्तोष सम्धी पनि दियौ अनि मन पनि फराकिलो बनाउने कहिलै नराम्रो नसोच्ने मौनको छोटो मिठो टुइट संगै आउने शून्य विचार मात्र हैन किसु ,निसु,परि,प्रतिक्षा,ऋचा,प्रतिमा, मन्दिरा,मान्सा,गरिमा ,समर्पण ,मेन्छेया,समिक्षा ,कोको,आभा,सरु थापा ,,बिने दिदि ,सबिता जस्ता फराकिला मनले भरिएका नारी टुइटे सहयात्री पनि दियौ


तिमि कहिले एक्लो हुन् दिदैनौ फुर्सद हुदा साथ् कहिले अर्गेलो को कथा बोकेर आउछौ त कहिले अल्पे को सानीको कथा त कहिले सिकरुको हाईके यात्रा त कहिले प्रेममोतिका गजल सेर हरु त कहिले एक्तारेको फिलिंग बरिस्टे नामको रमाइलो कथा बोकेर छोडेर जान्छौ..कहिले जति पढे पनि धित नै नमर्ने लेन्दाई  का कथा त कहिले तीनपातेका हजारौ  शब्दका कथा बोकेर आउछौ,,,नपढी सुखै नदिने गरि ,,

यदि म तिमि संग नजोडिएको भए न म संग बिराल जस्तो मित्रता को साथ् हुन्थ्यो न मिठो शब्द साटासाट गर्ने पाण्डु राजा,सवारी  संग नै उठबस हुन्थ्यो न सधै सम्झीरहने उल्टे जस्तो प्रिय सारथी नै न त जुंगे झैँ मिठो साइनो गास्ने साथी नै जे होस् तिमि संगको संगतले सुर्जेदिप,गाउले, सानो भाइ, सुनिल ,संग मात्र हैन  आर्यो,रातोभाले,नेपाली बाबु ,क्याफे,कुमार केटो ,भुरुंग,कुमार,निर्मल,नौजवान,अज्ञात,लोड सेटिंग,क्रेजी,शिब दहाल, यमराज,रेलगाडी,साउकोऋण,mr. dipak,रमिन्द्र लामिछाने ,Elister Dicapario,खुर्पेटो.उज्वल ,चुलबुल पाण्डे ,भण्डारी दाइ ,बेवारिसे ,अल्छी ,यमराज,सुदुरे,कल्ध्व्ज ,गुरुदेव,रंगिन अध्याय, 

उमग,कबिनचा हरु संग पनि शब्दको मित लाउने बनायौ साच्ची तिम्लाई जति सलाम गरे पनि म अधुरो रहन्छु ,,

यो टुइट पत्रमा नाम लेख्न चाहेर पनि छुटेका तर छुटे पनि  फराकिलो मुटु हुने  महासागर भन्दा ठुलो मन बनाएर मन सगुरो नबनेउने मेरा टुइटे सारथी प्रति पनि  कहिले भुल्न नसकिने सम्झना ..छोडेको छु ...

बिरालु संगको डीयम मेन्सन र झगडा पनि आफ्नैपनको उपहार झैँ लाग्छ ,,अझ मलाई आफ्नै भाइ झैँ सम्झने प्रदिप दादाको त के कुरा अनि मलाई पहिलो चोटी भेट्ने यामु   र निश्चल नबिनको  त झन् म कहाँ यहाँ शब्दमा पोखेर पोख्न सक्छु र .!!

तिमि मलाई म संगै हिड्ने मात्र हैन म भन्दा अग्रज र मैले सम्मान गर्ने दादा, दिदि,काका भन्ने हरु संग समेत मित्रता गास्न सिकायौ तिमि नै त हो टुइटर ,,मनमा लुकेका पिर,खुसी,उमंग सबैलाई कसैको अनुमति बिना नै टाइमलाइनमा छरेर मन सितल बनाउने ..
कहिले शिकारीको स्केच को चर्चाले कलाको सम्मान दियौ त कहिले बरुणको कार्टुनले टाइमलाइन नै  रंगीबिरंगी बनायौ ,,l
    जब बिहान टुइटर खोल्छु पाशाले शुभ बिहानीमा राख्दा साच्ची साप्ताहिक मा टुइट छापिए भन्दा खुसि लाग्छ ,,l मान्छे लाई सानो सानो कुराले पनि खुसि राख्छ भन्ने कुराको प्रमाण पनि यो हो झैँ लाग्छ अझै जब म तिम्रो सहारा लिएर शब्द बाडछु  अनि शब्दले पाउने फेव रुपी माया र रिटुइट नामको उमगले त झन् शब्दको खेती नै गरेर बसु झैँ लाग्छ ..

टाइमलाइन सर्दै जादा धेरै चोटी लेनिन,स्वेच्छा,शुभचिन्तक,मान्ठा,सरु थापा ,रोसन अमृत,धर्मनन्द,सुमन,बुद्धिसागरको टुइटमा एकछिन मन र आखा नबिसाई  अगी बढ्नै दिदैनौ ,,,

 साच्ची टुइटर तिमी संगको यो सहयात्रा सहयात्रा मात्र नभएर एउटा सिक्ने र सिकाउने पाठशाला झैँ ठानेको छु मलाई आसा छ आउदा दिनमा पनि यसरी नै शब्दहरु साटासाट बाट आत्मीय मन हरुको दुरी पनि नजिक बनाई दिने छौ कसै संग रिस राखेर हैन कि सबै संग मिठो सम्बन्धको बिसाल सागर झैँ फराकिलो बनाइदिने छौ भन्नेमा म पुरै आशाबादी छु .!!!!!.


                                                  उही तिमी संगै तिम्रो चौतारीमा शब्द बिसाउने
                                                                         
                                                                            छड्के !!!

हिजो जस्तो आज छैन, आज जस्तो भोलि हुन्छ भनेर सोचेको पनि छैन! 
जे हुन्छ राम्रोको लागि हुन्छ हासौ :) रमाउ भोली हुन्छ वा हुन्न के थाहा.!

नोट:- छड्के आखा केवल मनोरन्जनका लागि कोरिएको हो यहाँ धेरै कुरा अधुरा र अपुग छन  कसैले पनि यो लेखलाई अन्यथा नसोच्नु होला धन्यबाद ,,!!!

छड्के आखा खण्ड-१ पढ्न यहाँ

       छड्के आखा खण्ड-२ पढ्न यहाँ क्लिक गरौ