Wednesday, September 17, 2014

                         
  फेरी एउटा "कथा"
                                           "दशैं र परदेशी"



                       दिनभरिको काममा जति लखतरान  थकान भए पनि काम सकिए पछिको पहिलो नजर वा पहिलो स्पर्श मोबाइल नै हो। काम सकिन साथ मोबाइल अन गरेको १२ वटा मिसकल आएर बसेको रैछ यसो हत्तपत्त मोबाइल खोलेको आफ्नै घरको नम्बरबाट गरिएको फोन ,,यसो नेपालको पात्रो सम्झिए भाद्र महिना अन्त्य भएर असोज महिनाको सुरुवात हुदै रैछ।
                  असोज महिना आफैमा दशैंको सुरुवात झै पनि हो। लाग्छ असोज र दशै 'पर्यावाची' शब्द झै !तर दशै र प्रदेशी फेरी दुस्मन झै लाग्छ याद मात्र आइरहने !!,, यसो सम्झिए दशैं पो आयो!!! दशैं भन्दा साथ गरिवलाइ दशा परदेशीलाइ सम्झनाको 'आँसु'आए झै लाग्छ यस्पाली भने मलाइ दशा कम सम्झना र याद अलि बढी नै आए झै आभस भएको थियो ।किनकी म परदेशी थिए।  लाग्छ, परदेश हुदा असोज महिना कहिलै नआवोस झै तर ऋतु र पात्रोले आफ्नो धर्म कहा छोड्छ र !!
   
        सायद....,,यही दशैं नजिक भएर होला यति धेरै मिसकलको थुप्रो लाएर बसेको अनि सोचे घरमा त फेरी यसरी न आमालाइ आउछ न बुवालाइ नै मेरो नम्वरमा कल गर्न? मन कस्तो कस्तो बनाउदै  हतारिदै कोठामा पुगेर घर तिर कल ब्याक गरि हाले पहिलो घण्टीमै आमाको आवाज संगै फोन उठ्यो। अनि किन यति धेरै फोन गर्नु भएको त भनेर मैले सोध्न नपाउदै घरमा कहिले सम्म आइपुग्छस भनेर अतेर लाग्यो ।त्यही भएर फोन गरेको भने पछि म दशैंको याद सजिलै मेटाउन सकिने झै गरी आमाको मन हासो तिर तान्न कोसिस गरे।

                    हजुरहरुले कसरी मलाइ फोन गर्नु भयो त भनेको तेरो नम्बरमा पुतलीको फोटो छ यही फोटो खोजेर कल गरे तेरो नम्बरमा जान्छ  भन्दा मैले हसाउने हैन उल्टो आमाले हंसाए झै गरी म हासे! अनि, जाबाफ दिए यस्पाली पनि दैलो माथी टासेको तस्वीरमा टिका लागाउनु पर्ला झै छ आमा,,,,, के भन्दै थिए आमा एक्कासी रुदै ती फोटामा त सधै टिका लगाउदै लगाउदै फोटै नचिनिने भैसक्यो यस्पाली त आइज न भने पछि मेरो मन नै कस्तो कस्तो भयो फेरी आमालाइ हसाउन हिजो आज फोन बाटै सरद्दे , बिहे गर्दिन्छन रे बाहुनले हामी पनि फोन बाटै टिका लगाउला नि भने .,,,
          
                    पहिले ठेकाको दही चोरेर खादा आमाले लखेट्दा म भागेर नाच्दा सम्म मुसुक्क हास्ने आमा यति ठुलो जोक गर्दा पनि हास्नु भएन । एकोहोरो सुक्का सुक्काको आवाज मात्र आए पछि फोन बाबालाइ दिन भने बाबाको कानमा पर्दा साथ सधै पैसाको कुरा गरिहाल्ने यसपाली भने पैसा भन्दानी अगि आमाले नै सोधेको कुरा दोर्याउदा लाग्यो पैसाको कुराले भन्दा अव बुडालाइ पनि छोराको यादले सताउन थालेछ । नथालोस पनि कसरी यो चौथो दशैं थियो बुवा आमा बिहीन दशै!!!मेरो प्यारो जन्मभूमि बिहिनको  दशैँ ,,,,,

           अनि बुवा संग जिस्किदै यस्पाली पनि संगै तास खेन्न नपाइने भो बुवा गाउ तिर पिङ चमच्चा हाल्दै होलान भनेर सोधेको पिङ त हाल्छन होला चमच्चा त कस्ले हाल्ने हो र!  यहा , मलामी जाने मान्छे त छैन गाउमा चमच्चा हाल्ने कुरा गर्छस.. भनेर नसकिदै मेरो मुटु नै चस्सक भयो।  अनि, सोचे साच्ची सबै युवा बिदेश पसे पछि गाउ अब गाउ नरहे झै भयो गाउ त बृद्धआश्रम पो भएको नमिठो अनुभुति भयो। अनि धिकार्न मन लाग्यो हाम्रो गरिवीलाइ , हाम्रो बिदेश पस्न बाध्य पारिने लाचारी देशका हुन्डारहरुलाइ अनि बिदेश नगए सम्म कुनै मुल्य नै नदिने अन्धो समाजलाइ । अनि सम्झिए श्रीमान पासपोर्ट वनाएर सहर नछिर्दै गाउ छोड्न गरिने नारीहरुको अनेकौ बहानालाइ अनि म पनि फेरी यथार्थमा फर्किए भोली म संग जिन्दगी साट्न आउने प्रियसी पनि यस्तै बाहना बनाएका सहर छिर्ने कुरा पनि आफैले आफ्नो यथार्थलाई  स्वीकार्दै धिक्कारे यो समाजको आधुनिकपन वा पछाउटेपनलाइ ! 

                  बुवा भन्दै हुनुहुन्थ्यो मिले सम्म आइजा दशैं सम्म तर म बुवाको कुरालाई न शब्दले नै समर्थन गर्न सक्थे न त ब्यबहारमा नै उतार्न सक्थे ,,हुनत दशैमा घर नआउने कोसिस नगरेको पनि हैन। तर... हाम्रो दशैँ,, न बिदेशी साउको  पात्रोमा नै थियो न हाम्रो दशैँ आउदा बिदा दिने कानुन नै उसको एकोहोरो काम काम काम गराउने सम्झौता पत्रमा नै थियो। ,,केवल उसको पात्रो र सम्झौता पत्रमा मात्र काम मात्र थियो  हामी उसको काम लाइ चुपचाप स्विकार्नु बाहेक अरु कुनै उपाएनै थिएन 'हिजो पैसाको अभाबले दशैँ आउदा खसीको बिलो किन्न नसकेर मन धमिलो बनाउने बुवा आज त्यहि अभाब टार्न परदेशिएको छोराको यादमा मन मात्र धमिलो होइन आखा पनि रसाएको थियो। म त्यो बुवाको आवाज बाटै अनुमान गर्न सक्थे '..!!
थुप्रै सुख दुखका कुरा गर्दा गर्दै फोन नै काटियो मेरो फोनको कार्ड सकिएछ फेरी कल गरु कार्डको अभाब कार्ड लिन कोसौ टाडा जानु पर्ने  अधुरो कुरा संगै वार्तालाब टुंगियो ,! 

सायद म परदेशी भएको धेरै पो  भएछ कि क्यारे!  यादहरु दृश्य र आवाजमा मात्र हैन मनमा नै सुनामी उर्ले झैँ भएर आउन थाल्यो आखा हरु पिल पिल गर्न लाइ सकेको रैछ  सायद यो सम्झना र यादमा रसिएका आखा हुनु पर्छ आखाका परेली पिल पिल गर्दै आसु भित्रै तानेर मन केहि हल्का हुने आसमा "फेसबुक" र "टुइटर"अन गरे   फेसबुक वालमा  पनि उही दशैँ आयो मात्र देखे कोहि प्रदेशी नेपाल पुगेका फोटा पोस्ट गरेका कोहि जादै गरेका एअरपोर्टका तस्बिर हरु पोस्ट गरेका कोहि हामी जस्तो परदेशीलाई चाडबाड नआएकै जाति भन्दै भिडियो सेयर गरेको देखे उनै नेपाल नफर्केका हरु हेरेर चित्त बुझाए।

                अनि, च्याट बक्स खोलेको संगै पढेको साथी पनि अनलाईन रैछ एकछिन कुरा भयो भन्दै थियो साथी महिनाको लाख खान्छस क्यारे !!  पैसाको के चिन्ता र iphone 6  किनिस कि नाइँ ? कति सजिलै लेख्न सकेको होला भनेर मन मनै भने अनि मैले पनि रिप्लाई गरे अस्ति मात्र iphone 5s किनेको अलि पछि किन्नु पर्ला भनेर तर उसलाई पनि के थाहा र भर्खर मैले च्याट गर्दै गरेको मोबाइल iphone 4  त्यो  पनि सेकेन्ड हेन्डमा किनेको भनेर!:) अनि,, एकलाख कमाउन जिन्दगीलाई पसिना संग हैन मृत्यु संग साट्नु पर्छ भनेर लेखेको म्यासेज डिलिट गरे किनकि त्यो पनि विदेश आउन पासपोर्ट बनको छ क्यारे उसलाई पनि यहि प्रश्न सोध्नु पर्ला भनेर त्यहि प्रश्न मनमै कपि पेस्ट मात्र गरे एक्कासी अफलाइन भयो सायद लाइन गयो कि ..त ..
यत्तिकैमा मैले पनि के स्टाटस लेखु लेखु भयो अनि फेरी गत बर्ष पोस्ट गरेको गित र फोटोको याद आयो अनि फोटो संगै फिलिंग मिसिंग दशैँ भन्दै   त्यहि गीत पोस्ट गरे ....!!!!!

कोहिले बिदा मग्दै छन रे कोहिले टिकेट काटे
मैले भने यसपाली नि आउछु भनि ढाटे
फोटो हेरी सम्झदै हौली आसु झर्दै पिडिमा बसेर ....
..यसपाली त यस्तै भो आमा अर्को साल आउने छु दशैमा....!!!.>

सायद यो मेरो भाका सराइको द्रोसो पटक थियो अब पनि हेरौ अझै कतिऔ पटक भाका सार्नु पर्ने हो ,
,
                   तर मनमा भने याद र सम्झना टुंगिन मानेन  मनमा दशैँ नजिक नजिक हुदा आखामा  अनेकौ दृश्यहरु घुम्न थाले।.कानमा अनेकौ बिगतका आवाजहरु गुन्जिन थाले फ्लिमको पर्दामा झैँ एक एक गरि देखिन थाले पिङ हाल्ने भन्दै बाबियो चोर्न जादा बबियोको साटो  'खर' चोरेर लिएको हासो लाग्दो  दृश्य होस् वा  मेरै आगनीमा सबै मिलेर लुठो बढ्दै काक्रो चोर्न लागेको भागबन्ड होस् यस्तै यस्तै यादले फेरी दशैँ ताजा बनाउन थाल्यो।
                  खोरखोरेमा गुर्जा डबल झन्डी त्रिबल , ५ को १०  दशको ३० भनेको याद आयो फ्लास खेलको मेरो १० ब्लाइड, मेरो हेरेर २०  भनेको आखै अगाडी नाचिरहयो अर्को तर्फ बुडा हरुको टोली कल्ब्रेक खेलको मेरो ३ हात मेरो २ हात मेरो ४ हात मेरो १ हात मात्र भनेर रमाइलो गरेका दृश्य र आवाज दुबै आखा वरिपरी घुमीरयो।

           लुठे पिंगमा मच्किएको मच्काइको याद आयो लुठे पिंगमा मच्कदै दशैँको पालो आयो, बाको पालो आयो , आमाको पालो आयो ,दाइको पालो आयो , दिदि को पालो आयो , सबैको पालो आयो ,यो सकेर मन मनै मेरो प्रियसीको पालो आयो भनेर कुर्लदै थिए पिंगको लुठो नै चट्ट छिन्यो।  नराम्रो संग भुइमा पछारिए अनि त झसंगै भए यसो हेरेको खाट बाट भुइमा लडेछु सपना पो रैछ ,,यसो मोबाइल हेरेको बेट्री सकिएर अफ भएको रैछ यसो भित्तामा टागिएको घडी तिर नजर लागेको बिहानको ७ बजी सकेको रैछ यहि पिंगको मच्काइ र लुठोको छिनाइ नै आजको अलरम झैँ सम्झे फेरी उसकै आद आयो यदि उसको पालो पनि पिंग नखेलेको भए सायद न लुठो नै छिन्थ्यो  न म झसंग भएर बिउझिने नै थिए फेरी मन मनै धन्यबाद दिए मलाई झास्काएर बिउझाउने सपनी लाइ .सायद लुठो छिन्नु नै हाम्रो सम्बन्ध छिनेको एउटा संकेत झैँ पनि लग्यो ! ,,कहिले काही सपनाले पनि जिस्काउछ झैँ लग्यो ..

.अनि, आखा मिच्दै सधै को दैनिकी मजदुरी तर्फ लागे ...मन मनै परदेशीलाइ दशै "कागलाई बेल पाक्यो हर्ष न बिस्मात" भन्दै ..कानो गोरुलाई औसी न पुर्णिमा झैँ परदेशीलाई पनि के दशैँ के तिहार साच्ची भन्ने हो भने परदेशी कानो गोरु भन्दा फरक पर्दैन झैँ भयो ..अनि दिन भरि मनमा गुन्जीरयो परदेशीलाई चाडवार्ड नआएकै जाति.....यसपाली त यस्तै भो आमा अर्को साल आउनेछु दशैमा ...यस्तै यस्तै,,,, गुनगुनाई .......रहे ....दशैको याद मेटाउने बहना बनाउदै 


....

अन्तमा जो जहाँ जे गर्दै भए पनि सबै सबैलाई आउदै गरेको नेपालीहरुको महान चाड बडा दशैको मनदेखि नै हार्दिक मंगलमय शुभकामना जो जहाँ भएनी हासेर मनाउ रमाउदै मनाउ ......मस्त रहु व्यस्त रहु ...
  





11 comments:

  1. Replies
    1. धन्यबाद प्रिय मित्र प्रेम ,,

      Delete
  2. तिम्रो कथाले मलाई २ वर्ष अघिको यस्तै क्षणमा पुर्याई दियो । आफैलाई पाएँ यहाँ :)
    आउदै गरेको विजया दशमी तथा शुभ दीपावली को अग्रिम शुभकामना :)
    स्वस्थ रहनु खुसी रहनु
    छिटो भन्दा छिटो आमा बुवाको हातबाट टिका र आशिर्वाद थाप्ने दिन आओस भन्ने कामना गर्दछु :)

    ReplyDelete
    Replies
    1. मन देखि को धन्यबाद है प्रिय पुरण राजा लाई पढेर पनि मलाई सम्झेको मा ,

      Delete
  3. मुटु मै गाठो पर्‍यो यार तपाईंको रचना लाई सलाम !!
    अहिले सम्म मेरो मन मा दशै को बारेमा कुनै फिल्लिङ थिएन , अब त अत्यास पो लाग्यो तपाईंले जस्तै दशै को टिका नथापेको पनि चार साल पुरा पुगेर पाच साल भैसक्यो,अब त चाडपर्ब हरु पनि नौला लाग्न थाले मेरा लागि, पैसा संग खुशी साट्न सकिन मैले कैले

    ReplyDelete
  4. परदेशीमा बसेकालाई दशैको खुब याद आउदो रहेछ !!!!! आफुलाई भने न दशै मन पर्छ न तिहार नत अन्य ठुला चार्डपर्व नै।।।।।।

    यो संसारमा हिन्दू भएर पनि यति ठुला चार्ड पर्व मन नपराउने म मात्रै होला

    यी चार्ड पर्वले देशका आधाभन्दा बढि युवाको माता पिता सबैको मुटुमा भक्कानो अनि आखामा आशु मात्रै ल्याईदिन्छ त्यसैले आई हेट ठुला चार्ड पर्व :-(

    ReplyDelete
    Replies
    1. तिमी पनि कुनै दिन घर बिहिन दशैमा पर्ने छौ अनि दशैँ कति प्रिय हुने थाहा हुन्छ नि नारायण सम्राट ;p

      Delete
  5. Good Lines " हिजो पैसाको अभाबले दशैँ आउदा खसीको बिलो किन्न नसकेर मन धमिलो बनाउने बुवा आज त्यहि अभाब टार्न परदेशिएको छोराको यादमा मन मात्र धमिलो होइन आखा पनि रसाएको थियो। म त्यो बुवाको आवाज बाटै अनुमान गर्न सक्थे ..!! " Keep on writing, Wanna read more from you. Enjoy the Occasion, Even though you are far from Family. Tears is not the solution, better be happy with what you have & Enjoy with limited friends AT Foreign Country.

    ReplyDelete
    Replies
    1. मन भरि को धन्यबाद प्रलाद गुरु लाइ ..

      Delete
  6. धेरै राम्रो छ मित्र

    ReplyDelete
    Replies
    1. धन्यबाद मित्र प्रतिक्रिया को लागि ..मन देखि

      Delete