Friday, June 12, 2015

                   

                                 

                       " समाज परिबर्तनको लागी हामी"



मान्छे आफैमा बेइमानी हैन मान्छेलाइ प्राय: समाज र परिस्थितिले बेइमानी बनाउछ तर समज र परिस्थितिले बेइमानी हुन बाध्य भयो भन्दैमा मान्छे संग रहेको मानवताको बलत्कार गर्ने गरी हुने बेइमानीमा स्वयंम व्यक्ति नै बढी जिम्मेवारी हुन्छ । समय र कालखण्ड फेरिदै जादा स्वभाविक हो मान्छेको  रुचि मात्र हैन परिचय पनि फेरिदै जान्छ । सधै मान्छे एउटै धर्तिमा उभिए पनि फरक फरक शैलीमा उभिन चाहन्छ ।मध्यमार्गी बिचार बोक्नेहरु आफ्ना रुची र परिचय फेर्न चाहन्छन तर जो महान लक्ष बोक्छन जो अरु भन्दा पृथक र नया जिवन शैलीमा रमाउन खोज्छन ती माहामानवहरु आफ्नो रुची र परिचय मात्र हैन सिंगो कालखण्ड नै फेर्छन यही फरक हुन्छ सामान्य मान्छे र आविष्कार गर्ने पृथक मान्छेहरुमा ...

मान्छे जति सुकै बिद्वान भएपनि परिवार र समाजको वातावरण नै गतिलो छैन भने आफु संग भएको क्षमता र खुबी बाहिर निस्कन सक्दैन! हो हामी त्यही समाज र वतावरणमा हुर्किएका मानव हौ,  जहाँ लाखौ विद्वानहरु जन्मन्छन, हुर्कन्छन र केही गर्ने आस गर्दा-गर्दै मर्छन!


सुन्दर हिमाल हुनका लागी पहिले अग्लो पहाड हुनु पर्छ जून पहाड सृष्टीले दिनु पर्छ, प्रकृतिले उपहार दिनु पर्छ  अनि मात्र सुन्दर हिमालको कल्पना गर्न सकिन्छ  सागरमा देखिने मोतीका टुक्रा चम्किनका लागी प्रकाशको जरुरी पर्छ  वगैचामा सुन्दर फूल फुल्नको लागी मेहनती मालीको जरुरी पर्छ एउटा बच्चालाइ आमाको काँख जति प्यारो र आरामदाही हुन्छ त्यो जति सुकै सुन्दर झेरुन्गो भएपनि हुदैन। जति झरीले कुटे पनि स-साना सिंकाले जोडिएको गुड भन्दा प्यारो सुनै सुनले वनाएको  पिंजड़ा हुदैन !

हो मान्छे पनि सकेसम्म आफु हुर्केको समाजमा रमाउन र त्यही आफु हुर्केको ठाउमा खुसीको वहार ल्याउने परिवर्तनको सपना देखेको हुन्छ। तर त्यही समाजमा केही गर्ने चाहना हुदा हुदै पनि कुनै परिस्थिती र विवस्ताले समाज भन्दा बाहिरी दुनियामा लखेट्न सक्छ । तर समाजलाइ मात्र दोष लगाएर समाजलाइ मात्र बेइमानीको खोल ओढाएर आफु मुकदर्शक बन्न सकिदैन । किनकी हामी पनि त्यही समाजका थुप्रै मान्छे मध्येको एक हौ। हुन सक्छ समाज  बौद्धिकताको धोती ओढेर अहमता र अहंकारको बिउ रोप्नेको भिडले भरिएको हुन सक्छ.. सत्य र यथार्थको आवाजलाइ समाज बिगार्ने नाइकेहरुको कानेखुसीले भत्काउन सक्छन ।    
                                  तर अव आफु फेरिने मात्र हैन समाज नै फेर्ने जिम्मा तपाइ हाम्रो पनि हो जहा हजारौ बर्षदेखि गाडिएको अन्धबिस्वासको जरो उखेलेर फाल्नु छ जहाँ काट्दा रगत रातै आउने मानव-मानव बिचको विभेदको अन्त्य गर्नुछ। जहाँ दबिएर बसेका नारी आवाज संग अधिकारका मात्र हैन सिंगो समाजको नेतृत्व गर्ने सोचको विकास गर्नु छ शब्द र दर्शनमा मात्र हैन समाज परिवर्तनको महसुस हुनेगरी आ- आफ्नो ठाउबाट उठ्नु छ ।

                                 हिजो मलाई केही आपत पर्दैन भनेर समाजको पीडालाई टुलुटुलु हेरर भाग्नेलाई आज पीडाले सताउन सक्छ आज त मलाई केही भको छैन म त सुरक्षित छु, मेरो परिवार पिडामा छैन भनेर तर्केर हिड्ने हरुलाई भोली त्यो भन्दा ठुलो पीडाले सताउन सक्छ। त्यसैले आज नै अहिले नै समाजमा आउने समस्या र पीडालाई आ-आफ्नो ठाउँ बाट जे गर्न सकिन्छ संगै मिलेर पीडाको मलम बन्न सक्नु नै सामाजिक प्राणी हुनुको परिचय हो !

आज पुरै देश भूकम्पले  दिएको आलो चोटमा छटपटाइ रहेको छ । यस्तो देश पुरै शोकमा डुबेको बेला तपाई हामी उस्सब मनाएर रमाउन सकिदैन । निम्तो नदिई आउने प्राकृतिक बिपत्ति को बेला भगवान पुकार्ने बाहेक केही गर्न सकिदैन तर प्राकृतिक बिप्पतिले बनाएको चोटमा तपाई हामी एक भएर चोटमा मलम भने बन्न सक्छौ ।
यस्तो पिडामा पिडा हेरेर बिचरा! भन्दै तर्कने हैन जे सकिन्छ जति सकिन्छ गर्ने हो .आज नगरे कहिले गर्ने ?  हाम्ले नगरे कस्ले गर्ने ? आउनुस जो जहाँ छौ, जे सकिन्छ, जति सकिन्छ, हातमा हात मिलाउ काधमा-काध मिलाउ संगै गरौ ....भूकम्पको पिडामा डुबेको बस्ती होस् वा बाढी पहिरोले पुरेको घरबार बिहिन बस्ती होस्  तपाई हाम्रो सहयोगी मन कुरेर बसेको छ तपाइको सानो सहयोगले त्यो पिडामा डुबेका अनुहारमा सुन्दर मुस्कानको आगमन हुनेछ जुन मुस्कान तपाइलाई जिन्दगी भरी सन्तुष्टीको  प्रतिक बनेर तपाईको मन भित्र स्मृति बनेर लुरिरहने छ !.......