जिन्दगीको अर्को नाम 'भोगाई' पनि हो ! समय पाउदा आफ्नै भोगाईलाइ शब्दमा पोख्ने कोसिस गर्छु...............मात्र "अधुरो जिबनको मधुरो सम्झनाको लागी"..!!
Thursday, May 15, 2014
कथा,
"नसा जिन्दगीको"
एस.एल.सी. सकिएपछि सहर छिर्ने रहर हुदा हुदै पनि आफ्नै ठाउमा खोलेको स्कुलमा नै + २ सकियो। पल्स टु सकिए पछिको विकल्प गाऊ छोड्नु नै थियो। गाउ,घर, परिवार छोड्नु त छदै छ ,छोडेपछि काठमान्डौ नै जाने निर्णयका साथ म,रबिन अनि राजु संगै पढ्ने भनेर हाम्रो लागी एकदमै नया सहर काठमाण्डौ हिडयौ । नया ठाउ,नया सहर ,नया उस्साह ,नया कल्पना र नया सपनाका बोकेर । सहर पुरानो थियो तर हामी सहरको लागी नया थियौ। मान्छेहरुको हुल थियो! तर,हामी एक्लै थियौ तिन जना मात्र काठमाण्डौ झरे पछि रबिनको काकापर्ने सानो तिनो जागिर गर्दै यहि सहरमा गुजरा चलाइरहेका उनको सम्पर्कमा गयौ।
केही दिन पछि त्यही काकाको सहयोगमा एउटा कोठाको बन्दोबस्त का साथै कलेज पनि फिक्स भयो अनि काठमाण्डौ सहर भित्रको जहरले भरिएको जिन्दगी सुरु भयो संगै तिन जना एउटै कोठा एउटै कजेज भएकोले नया साथी संग घुलमिल हुन धेरै समय नै लागेन। तर कलेजमा आउने धेरै बिधार्थीको कला पढ्नु भन्दा क्लास बंक गर्नेमा देखिएकोले दिक्क पनि लाग्थ्यो। तर हामी त्यता तिर ख़्याल नै राखेनौ घर परिवार सम्झेर पढाइ तिर लगाब भइरहयो रबिन भन्थ्यो ब्याचलर सकेर बैंकमा जागिर खाने हो राजु अलि ज्यान परेको ल्यापटन हुने हो भन्थ्यो। म हास्दै,आफु त बाउको पेसा समाल्ने हो मास्टर हुने हो भनेर जिस्कन्थ्यौ । समय बित्दै गयो फस्ट यरको परिक्षा पनि सकियो सबैको राम्रो नै भयो।
परिक्षा सकिए पछि घर जानु भन्दा फुर्सदको समयमा यतै कम्प्यूटर र इंग्लिश ल्यङ्वज सिकौ भनेर तिन जना नै पढ्ने सुरु गर्यौ १०,१५ दिन राम्रो संग नै चलेको थियो हामी पढ्ने तला भन्दा माथीको तलामा बिदेश पढ्न पठाउने 'कन्सलटेन्सि' रैछ। त्यहा आउने जाने मान्छेको चहलपहलले तानेछ कि क्यारे रबिन र राजु पनि जाउन बुझ्न भनेर गयौ । चिल्ला कुरा र सपनाका ठुला ठुला सहर र फेरिने जिवनशैलीको बढाइ चढाइ बाट रबिन र राजु पग्लिहाले उनी हरु कंप्यूटर क्लास छोडेर भोली बाट उतै जाने भए । म भने एक्लिए उनीहरुले रोजेको गन्तव्य बाट समय आफ्नै गतिमा बित्दै गयो हाम्रो जिन्दगीको घडी पनि रोक्न कहा मान्यो र चलिरह़़यो ।
रबिन अस्ट्रेलिया जाने भयो राजु आफ्नो मामा यू.के भएकाले यू.के नै जाने भनेर एप्लाइ गरे म पनि आफ्नो पढाइलाइ निरन्तर दिए। एउटै उदेश्य बोकेर सहर छिरेको डेढ बर्ष नबित्दै एउटै कोठामा पक्ष र बिपक्ष झै बनिसकेका थियौ "बिदेश कि पढाइ"भन्ने शिर्सकमा ।
केही समयको प्रखाई पछि रबिन को भिषा लाग्यो। तर राजुको रिजेक्टेट भयो। मन मनै त राजुको भिषा नलाएकोले खुशी पनि लाग्यो मेरो पनि संगै पढ्ने साथी हुने भो भनेर तर बिदेशको नसामा चुर्लुम्म डुबेको राजु कहा पढाईलाइ निरन्तरता दिन्थ्यो र फेरी अरु देशको लागी बुझ्न एउटा इमान्दार सिपाही खटे झै लागी पर्यो।
केही दिन पछि रबिन हामी संगैको साथ छोडेर अस्ट्रेलिया गयो । राजु यू.एस् .ए लैजाने दलालको मिठो र गुलियो बोलीमा माहुरी झै भुलेछ र उस्को यात्रा पनि सुरु भयो । हाम्रो पनि फस्ट यरको रिजल्ट आयो तिन जना नै राम्रो अंक लिएर पास भयौ। तर संगै खुसी साट्न पाएनौ किनकी उनी हरु यहाँ भन्दा नि ठुलो र सुन्दर सहरमा बसाइ सरिसकेका थिए । तिन जना रमाइउने कोठामा एक्लै भए म । तर पनि म आफ्नो पढाई नै जिन्दगीको सम्पती ठानेर निरन्तरता दिइ रहे समय बित्दै गयो।
एक दिन बिदाको दिन सनिबार साँझ बजार निस्केको बेला 'साइवर' तिर छिरे साइवर छिरे पछि सुरुमै ओप्पन गर्ने भनेकै फेसबुक नै थियो यसैलाइ निरन्तरता दिएर त्यही फेसबुक अन गरे सरर वाल हरु हेरे । १० वटा फ्रेन्ड रिक्योस्ट देखे सबै लाइ एसेप्ट गरेर वाल सार्दै जादा रबिन ले "इन्जोए वेथ फ्रेन्ड " शिर्षकमा टन्न समुन्द्रमा रमाएका फोटा हालेको रैछ लाइक र कमेन्ट दुबै गरे । राजु पनि सेभली ल्यान्डिङ इन यू.एस.ए लेखेर ब्यागराउन्डमा ठुलो सहर भएको फोटो पोस्ट गरेको रैछ करिब ३ महिनाको लामो यात्रा पछि पुगेछ! भन्ने भयो। रबिन अनलाइन रहेछ एकछिन रमाइलो कुरा भो रबिन संग राजु लाइ भने अफलाइन म्यासेज छोडे ।
अनि उही कोठा तिर लागे साइवर छोडे पछि नै मनमा के के कुरा खेलिरहन्छ कोठामा पुगे पछि यस्ले झन ठुलो रुप लिन्छ सम्झन्छु घर तिर बाबाको प्रा.बि मा पढाएको जागिरले आमाको नियमित खाने औसधीलाइ मात्र धान्न सक्छ मेरो खर्चको लागी साउ नै ताक्नु पर्ने कोठोको हालत त्यस्तै दाल बने तरकारी बन्न मान्दैन। तरकारी बने दाल बन्न नमान्ने, मासुको स्वाद चाख्न परदेश गएका लाउरे नै पाहुना बनेर आउनु पर्ने, पुरै दुई छाके पारा बिहान टु बेलुका बाहिर खाजा पनि यस्तै मान्छेको आगमनको पर्खाइमा हुने। सबै कुरा सम्झिदा मेरो मनमा पनि बिदेशको भूत नमजा संग चढ्न थाल्यो। पढाई प्रति प्रगतिको सोच भन्दा समय बर्बादीको सोचको बहुमत हाबी हुदै जान थाल्यो । र पनि पढाइ प्रति ध्यान दिन पट्क्कै छोडेको भने होइन । त्यो रात यसरीनै मनमा अनेकौ द्वन्द चलेर नै निद्रा बिना नै बिहानी भयो ।
विहानी संगै कलेज सकिएर कोठो तर्फ फर्कने बेला नेपाल यातायात चढ्नै लाग्दा स्टेशनको ठिक अगाडी ठुलो बिल्डिंगको तेस्रो तलामा ठुला अक्षरमा "study in Japan" लेखेको ठाउमा मेरो आँखा ठोकिन्छ। म चढ्नै लाएको गाडी छोडेर भोकै पेट त्यही ठुलो अक्षरलाइ पछ्याउदै जान्छु । अनि सबै कुरा बुझ्छु कुरा पूरै माहुरीको मह भन्दा मिठो भर्खरै सम्पन्न भैसके झै गरी लगाउछन म पनि हिसाब गर्छु मन मनै एकाएक मनमा सपनाको सहर र अभाब नै अभाबको जिन्दगीबाट एउटा सुनौलो संसारमा पुगे झै महसुस गर्छु। कल्पनै कल्पनामा सपनाका महल खडा गर्छु । अनि भोली बाट नया अध्यायको सुरु गर्छु। नर्सरीको बालक झै सिसाकलम इलेजर समाएर 'हिरागाना' कातागाना ओहायोगोजाइमास, कोनिचिवा, गेन्की देसका यस्तै यस्तै तोते बोलीको बालक झै बोल्दै लेख्दै!.........
बिहान कलेजको पढाइ सके पछि जापनिज भाषाको क्लास पनि दैनिकी झै बन्छ । पढ्दा पढ्दै अक्टूबर सेक्सनको लागी एप्लाइ गर्ने भए बुवाले पनि नाईँ भन्नु भएन बुवाले पनि नाई नभनेर सकारात्मक रुपमा लिए पछि बुवालाइ घर व्यबाहर थेक्न कति गार्हो भएको रैछ भन्ने सजिलै अनुमान गर्छु । ३ महिनाको पर्खाइ त्यही भाषा पढ्न र हल्का कजेज जादैमा बित्यो ३ महिना पछि भिषा लाएको खबर आयो पहिले त आफुले पत्ताउन गार्हो भो मन यसै फुरुंग भयो। उडु उडु कस्लाइ भनु भनु संसार नै मैले जितेकि झै हुदै गयो सपनामा झन सपना बुन्न थाले । घरमा खबर गरे सबै जना खुसी हुनुभयो। तर ,आमा अलि बढी नै बिरामी भएकोले त्यती खुसी देखिनु हुदैन्थ्यो र पनि म आमालाइ सके जति सम्झाउथे । त्यही दिन आमासंग फोनमा धेरै कुरा भयो। आमाले घुमाउरो पारामा बिहे गरेर जान अनुरोध गर्नु भयो मैले अहिले नगर्ने भनेर सम्झाउन खोजें पनि आमाको जिद्दी संग म हारे ! म जानु पहिले बिहे गर्न राजी भए, बुवा आमाकै निर्णयले नै मेरो जिन्दगीको जिवनसाथीको फैसाला गरिदियो । म मौन रहेरै समर्थन जनाउनु बाहेकको अरु बिकल्प देखिन। एता उता गर्दा जहाज चढेर सपनाको सहरमा जाने दिन पनि नजिकिदै गयो लाग्थ्यो कसैले के गर्दै छस् हिजो आज भनेर सोधे पनि हुने सान संग जापान जादैछु! भन्न हुन्थ्यो झै लाग्थ्यो। म मात्र जादैछु कि झै लाग्थ्यो मनमा खुसीको बहार २ दुना ४ हुदै उर्लिदै थियो। सबै परिवारका साथै जिवन संगिनी संग पनि छुटेर म बस्दै गरेको सहर भन्दा नि ठुलो र सुन्दर सहरमा बसाइ सर्नु बाध्यता र सपना दुवै भैसकेको थियो। यसैलाइ पछ्याउदै नेपाल एअर लाइन्स लेखेको ठुलो चरा मा चढेर जापानको लागी जिन्दगीमा पहिलो अनुभव संगै मेरो जन्म भुमिबाट लुक्छु!!!
सुरुमा सबै संगै गएका साथी संग रमाइलो संग नै दिन बित्छ तर दिन बितेरमात्र कहा हुने रैछर !!समय बित्दै गए संगै मनमा घरको सम्झना र साउको रिनले उकुसमुकुस बनाउन थाल्छ। गएको दुइ महिना पछि मात्र दिनमा ४ घण्टा काम पाउछु ४ घण्टा स्कुल बाकी यता उता गरेर बित्छ ४ घण्टा काम गरेर कमाएको पैसा जति कन्जुस गरे पनि आफ्नो खर्चका लागी बाहेक कत्ति पनि बचत हुन सक्दैन । तर उता घर तिर आसाका ठुला ठुला डोरीहरु तन्काइ रहेका हुन्छन म आउनु पहिलेका खुसी सम्झन्छु , कन्सलटेन्सिमा गरेका गुलिया कुराको याद गर्छु अनि आफु तिरै धारे हात लाउछु । नमरी स्वर्ग देखिदैन भन्थे म नमरेरै स्वर्ग र नर्क दुवै देखि सके झै हुन्थ्यो ।
धेरै कुर मनमा खेल्ने भएको ले होला ' धुवा' र 'बोतल' लगभग साथी झै बनाइ सकेको थिए ।
एक दिन घरमा फोन गरेको भाई भन्दै थियो फलानोलाइ उस्को दाईले आइफोन पाठाइदेको छ मलाई पनि पठाइदिनु न , बुवा फलानो साउले अताएको छ के गर्ने हो ? म सबैका मागलाइ हुन्छ म अर्कों महिना तिर पठाइदिन्छुनी भनेर झुटको खेती गर्नु बाहेक अरु कोही देख्दिनर म यसै भनेर टार्दिन्छु। यसरी अतिकति कमाएको पैसा पनि स्कुललाइ बुझाउदा मात्र सकिने हुदा साउको रिन तिर्ने त पराइ जावोस् व्याज पनि कुनै जुनिमा तिर्न सक्छु झै नलागे पछि म संग भएको अन्तिम बिकल्प स्कुल छोडेर अरु नै सहरमा अबैधानिक (इलेगल) बस्नु बाहेक अरु केही देख्दिन । अनि म स्कुल छोडेर नया सहरमा जान्छु । नया सहरमा काम पाए कम्सेकम सबै पैसा बच्छ साउको रिन भाइको आइफोन सके जतिको सपना पुरा हुन्छ झै लाग्छ। तर यो कुरा घरमा कसैलाइ भन्न मन लाग्दैन। समय बित्दै गयो करिब डेड बर्षमा म जादा लागेको रिन जति सबै चुक्ता पनि गर्छु घर परिवार सब खुसी मै हुन्छन । अब त एकचोटी आएर गए हुन्छ भन्न सुरु हुन्छ म दशैं तिर बिचार गर्छु भनेर टार्छु ।
तर "मनको बह कसैलाइ नकह"आफ्नो पिडा आफै संग थियो । यसै बिचमा प्राण प्यारी जिवन संगिनी सहर बसाइ सरेर आफु पनि कलेज भर्न हुने भनेर जिद्दी कस्छिन लव पारेर बिहे गर्नेको बिहे पहिले माया बसेर बिहे गर्छन हाम्रो भने बिहे पछि माया बसेको थियो। मैले सम्झाउन जति खोजें पनि उस्को जिद्दीपन संग म हारेर घर सबै संग सल्लाह गरेर सहर नै पढ्न अनुमति दिन्छु । म बिदेश आएको करिब २ बर्ष बित्नै लाग्दा पहिले देखि नै बिरामी हुनु भएको जिन्दगी दिने "आमा" झन भन्दा झन बिरामी हुदै जानु हुन्छ।। मलाइ पटक पटक नेपाल आउन अनुरोध गरे पनि म चाहेर पनि जान नसक्ने अबस्थामा भएको कुरा के थाहा र घरकालाइ , र पनि म बिदा मिलाएर आउने आस्वासन भने दिन छोड्दिन । यसरी नै सुख दु:ख का साथ दिन हरु चलिरहेका हुन्छन बाहिर सुन्दर लाग्ने स्वार्थै स्वार्थको सहरमा। जहा आफ्ना चिनेका हरु पनि टाढा हुन्छन कतै सहयोग पो माग्छ भन्ने डरले नचिनेका त त्यसै टाढा छदै छन ।
यसरी समय बित्दै जादा अर्थिक अवस्थामा पनि धेरै सुधार हुदै जान्छ। चाहेको बेला घर जान नपाउने पिडा एक ठाउमा रहे पनि घर परिवारमा नभए नि छ भन्न पाउने आधार बनिसकेका हुन्छ । घर छोडेको पनि धेरै समय बिते पछि घर तिरको सम्झनाले अलि बढी नै सताउन थाल्छ मनमा अनेकौ कुरा खेलिरहन्छन । तर जति कुरा खेले पनि मनलाइ सम्हाल्दै अगि बढ्नु नै जिन्दगीको चुनौति झै लाग्छ।
एक दिन दिन भरीको कामको थकानले केही खाना बनाउने खाने सम्म जागर चल्दैन ।मनमा पनि अनेक थरी कुरा खेलिरहेको हुन्छ घर छिटै फर्कु झै लाग्छ फेरी पैसाको नसाले समाएको मलाइ जा भन्ने आट नै गर्दैन । आउदा साथ यतिकै खाना नखाइ पल्टिन्छु। यसो मोबाइल खोलेर फ़ेस बुक अन गरेको 'कान्तिपुर' दैनिकले एउटा न्युज पोस्ट गरेको रैछ "श्रीमान बिदेशमा श्रीमती परपुरुष संग" भन्ने शिर्षक राखेर झट्ट आखा त्यही शिर्षकमा गयो क्लिक गरेर पढ्दै गरेको हाम्रै जिल्लाको घटना रैछ अझै पढ्दै जादा गा. बि.स. पनि हाम्रै कता कता मनमा काडाले घोचे जस्तै हुन थाल्यो धड्कन म्याराथुनमा दौडेको घोडा झै दौड्न थाल्यो अझै तर सारेर पढेको मेरै संगिनी मेरै जिवनकी सहयात्रीको नाम देख्दा साथ म चिच्याउछु बेड बाट । तल झर्छु। शरीर पुरै पसिनै पसिना ! धन्न सपना रैछ, म झसंग हुन्छु । यसो मोबाइल हेरेको रातीको १:४० भएको रैछ ।
एउटा चुरोट सल्काउछु ,मन आतिन्छ यसै यसै घरमा फोन गर्छु हत्तपत्त उनै प्रियतमले उठाउछिन आरमै रैछन मन हल्का हुन्छ। अनि थुप्रै सुनेका पढेका घटनाको याद गर्छु श्रीमान प्रदेश श्रीमती अरु संग नै बिहे गरेका अरु संग सबै साँची राखेर राखेको सिन्दुरको हत्या गरेर नया जोडी बनेको घट्ना हरु मेरा मस्तिष्क हरुमा घुमीरहन्छ ।
अनी, यसो सोच्छु सच्ची जिन्दगी भनेको नै नसा झै लाग्छ । कहिले के को नसा कहिले के को नसा नसै नसा को जिन्दगी यो कहिलै नटुङिने..
म पनि पैसा कमाउने नसामा फसेको मेरो मनलाइ परिवार संगको स्पर्सको नसामा मन बदल्न खोज्छु अनि सके सम्म छिटै मेरै देश मेरै गाउ मेरै परिवेशमा फर्कने प्रकियामा अगि बढेर कहिलै नआउने प्राण संगै आफ्नै गाउ फर्कि आए,,... भन्दै गुनगुनाउदै जाने दिन पर्खिरहेको छु आसा छ अब म छिटै आउदै छु बिरामी आमाको सेवा गर्न १ महिना पनि राम्रो संग संगै हुन नपाएकी मेरी प्रियसी संग जिवन भरीको यात्रा संगै गर्ने गरी... स्वार्थै स्वार्थले भरिएको सुन्दर सहरको नसालाइ छोडेर आफ्नै यथार्थको झुपडीमा नया नया सपना बोकेर फर्किदै छु... ......
"यसो सोच्छु सच्ची जिन्दगी भनेको नै नसा झै लाग्छ । कहिले के को नसा कहिले के को नसा नसै नसा को जिन्दगी यो कहिलै नटुङिने !!!.........
नोट:- यो कथा केबल रमाइलो को लागि लेखिएको हो यहाँ थुप्रै व्याकरण हरु मिलेको छैन कथा बस्तु पनि मिलेको छैन र पनि पोस्ट गरेको छु अन्यथा नसम्झनु ! पढ्दिनुभयो म आभारी छु !!!!!
Friday, May 2, 2014
कथा ,
"उपहार मौनताको"
दिनभरिको थकान अनि, गाउघरको 'याद' संगालेर बेलुका कोठामा आएर फेसबुक अन गर्छु। अन गर्दा साथ इनबक्समा ३ वटा राता बत्ती देख्छु। हतार नगरि ओप्पन गर्दै गर्दा एउटा सधै सम्झिरहने उनै 'प्रियसी'को हुन्छ अर्कों संगै पढ्दाको कलेज साथीको अनि अर्कों अपरिचित मान्छे कहिलै नदेखेको अनुहार कहिलै नसुनेको नामबाट सायद, उस्ले मलाइ चिन्छ चिन्दैन थाहा भएन तर उस्लाइ एउटा कुरा थाहा रैछ मलाइ सधै सम्झने मेरी "प्रेमिका" हो भन्ने। हत्त पत्त त्यही अपरिचित को म्यासेज अन गर्छु । म्यासेज यस्तो देख्छु .. "फ़लानी मेरो २ बर्ष पहिलेको 'लवर' हो अब देखि उस्को पछि नलाउनु ल".. म त्यो म्यासेज पढेर कति बेला सके आफैले पत्तो पाइन अनि टु रिप्लाइ गर्न कोर्छु ,,
अनि, यहि यादलाइ यहि शब्दलाइ मुटुको एउटा कुनामा कहिलै डिलिट नहुने गरि एउटा नया फोल्डरमा "सेभ" गरेर बन्द गर्न मन लाग्यो। यसरी नै दिन हरु बित्दै थिए। प्राय फेसबुक, भाइवर, स्क्यापमा सधै जसो कुरा भइरहन्थ्यो। हामी दुबैको मनमा एउटै कुरा चल्थ्यो एक अर्कों बिना बाच्न त के कल्पना गरे पनि पाप लाग्छ झै हुन्थ्यो । उस्ले मलाइ गर्ने पबित्र र चोखो मायाका प्रमाणहरु फुकाइ नसक्नुका थिए, म पनि उस्ले दिने माया र बिस्वासको बदला त्यसरी नै चुक्ता गर्थे ।
टुइटर खोल्छु अनि, टुइट पोस्ट गर्छु "नौटंकी पनि एउटा कला रहेछ।"
नोट:- कथामा समाबेस गरिएका टुइटेको नाम अनुमति बिना नै पोस्ट गरेको छु कतै अन्यथा सम्झनु हुनेछैन भन्ने आसा लिएकोछु !!
"उपहार मौनताको"
दिनभरिको थकान अनि, गाउघरको 'याद' संगालेर बेलुका कोठामा आएर फेसबुक अन गर्छु। अन गर्दा साथ इनबक्समा ३ वटा राता बत्ती देख्छु। हतार नगरि ओप्पन गर्दै गर्दा एउटा सधै सम्झिरहने उनै 'प्रियसी'को हुन्छ अर्कों संगै पढ्दाको कलेज साथीको अनि अर्कों अपरिचित मान्छे कहिलै नदेखेको अनुहार कहिलै नसुनेको नामबाट सायद, उस्ले मलाइ चिन्छ चिन्दैन थाहा भएन तर उस्लाइ एउटा कुरा थाहा रैछ मलाइ सधै सम्झने मेरी "प्रेमिका" हो भन्ने। हत्त पत्त त्यही अपरिचित को म्यासेज अन गर्छु । म्यासेज यस्तो देख्छु .. "फ़लानी मेरो २ बर्ष पहिलेको 'लवर' हो अब देखि उस्को पछि नलाउनु ल".. म त्यो म्यासेज पढेर कति बेला सके आफैले पत्तो पाइन अनि टु रिप्लाइ गर्न कोर्छु ,,
"जम्मा दुइबर्ष ? मेरो २ जुनी पहिले देखि माया बसेको छ।"
तर लेखेको म्यासेज किन किन मेट्न मन लाग्यो अनि मेटेर हस्! मात्रको जबाफले टारी दिए । त्यती नै बेला मनको एउटा फोल्डर अन गरेर उस्को तस्बीर र म्यासेजलाइ "हाइलाइट" बनाएर 'उधारो जबाफ' नाम दिएर सेभ गरे!! अनि उही प्रियसीलाइ अफलाइन म्यासेज छोडे म्यासेज पढ्दा साथ स्क्यापमा कल गर्नु म अन नै छु। ,,
जब, उस्लाइ स्क्यापमा अनलाइन देखायो मैले त्यति नै बेला कल गरे अनि सुरुमै के हो? यो "नौटंकी"? भनेर उस्लाइ अगिको म्यासेज कपि पेस्ट गरिदिए अनि उ नम्र स्वरमा मलाइ पहिलेदेखि मन पराउने केटा हो माइन नगर्नु ल कता बाट थाहा पाएर म्यासेज गरेको होला भनेर भन्न नपाउदै मैले प्रश्न माथी प्रश्न थप्दै गए उ निडर र विस्वासका साथ परिक्षाको अगिल्लो दिन पढन्ते बिधार्थीले जबाफ दिए झै दिइरहि । अनि, उस्ले गर्ने मायामा अझ बिस्वासको अर्कों इटा थपिए झै भयो अनि मैले फेरी जिस्काउदै भने यदि हामी एक हुन सकेनौ भने तिमी के गर्छौ ? उस्ले भनि खै के गर्छु थाहा छैन। तर हजुर बाहेक अरु संग बरु मर्छु बिहे चाही गर्दिन यो चाही म बिस्वासका साथ भन्न सक्छु भनि यो शब्दले कता कता मुटुमा एउटा छुट्टै तरंग ल्यायो।
अनि, यहि यादलाइ यहि शब्दलाइ मुटुको एउटा कुनामा कहिलै डिलिट नहुने गरि एउटा नया फोल्डरमा "सेभ" गरेर बन्द गर्न मन लाग्यो। यसरी नै दिन हरु बित्दै थिए। प्राय फेसबुक, भाइवर, स्क्यापमा सधै जसो कुरा भइरहन्थ्यो। हामी दुबैको मनमा एउटै कुरा चल्थ्यो एक अर्कों बिना बाच्न त के कल्पना गरे पनि पाप लाग्छ झै हुन्थ्यो । उस्ले मलाइ गर्ने पबित्र र चोखो मायाका प्रमाणहरु फुकाइ नसक्नुका थिए, म पनि उस्ले दिने माया र बिस्वासको बदला त्यसरी नै चुक्ता गर्थे ।
हामी सुरुवात गर्दा का शब्द र मायाका शब्द हरुको पनि संकेतिक भाषा प्रयोग गर्न थालिसकेका थियौ ।माया यसरी बढ्दै थियो कि अब ठुला-ठुला 'सुनामी' र 'हावा' हुरीले पनि सजिलै अलग गराउन सक्दैन झै! यसरी नै चलिरहेको मायामा एक हप्ताको लामो ग्याप पछि मैले म्यासेज पठाए aeeee , माया, सिन (seen) देखायो तर रिप्लाइ आएन अनि, कतै बिजी होला भन्ने सोचेर फुर्सद हुदा कल गर्न भनेर अफलाइन भए। तर लामो समय सम्म पनि फोन आएन अनि भाइवर अन गरेर कल गरे बिजी रैछ। घरतिर वा कुनै साथी संग व्यस्त होला भन्ने सोचेर 'फ्रि' हुदा साथ कल ब्याक गर्नु ल भनेर म्यासेज गरे। अनि फेसबुकमा म्यासेजको रिप्लाइ छ होला भन्ने सोचेर खोलेको अगिनै "seen" देखायो। रिप्लाइ गरेनछ, उस्कै वाल हेरे आफ्नो प्रोफाइल पिच्चर चेन्ज गरेको रैछ । अरुले कमेन्ट गरेका फोटोमा थ्यांक्यू भन्न मै व्यस्त रैछ मलाइ रिप्लाइ नगरेको देखेर झनक्क रिस उठेर ऐ नौटंकी! के हो पारा ? न रिप्लाइ छ, न कल ब्याक गर्छ के भो ? यही म्यासेज गरेर भाइवरमा कल गरे कल गयो रिसिभ भएन कयौ पल्ट ट्राई गरे उठेन। रिस र शंकाको बिउ......उस्को मौनता देखेर माथी माथी चढ्दै थियो।अनि, एक्कासी रिस उठेर मैले सम्झने गाली जति सबै लेखेर फेसबुकमा म्यासेज गरे अनि भोली सम्म कल गर्नु जसरी पनि नभए तिम्रो लागी कोरिएको यही म्यासेज नै अन्तिम म्यासेज बन्ने छ!! लव यू 'मिस यू' भनेर सेन्ड गरे। ...
दिन बित्यो, हप्ता बित्यो कही कतै न फोन नै आयो न इनबक्समा म्यासेज नै,, यही अवधिमा उस्ले एउटा गित सेयर गरेको रैछ "सुन्छु तिमीले मलाइ भुल्नै आटेको छौ रे" अनि मैले पनि कही कतै म्यासेज नगरी "बन्न सकिन तिम्रो अन्तिम माया"भन्ने सिर्षक राखेर गित पोस्ट गरे अनि फेसबुकको सेटिंगमा भएको डिएक्टिभेट 'बटन'क्लिक गरे। किनकी उस्को मौनता नै मेरो लागी धोका र बिछोडको 'माहाकव्य' भन्दा कम थिएन । अनि त्यही दिन नै मोबाइल नम्बर चेन्ज गरे उस्को स्क्याप अकाउन्ड पनि डिलिट गरे अब, उस्को र मेरो सम्पर्कको लागी हुलाक सेवा मात्र बाकी थियो तर, त्यो पनि अधुरो थियो किनकी उस्लाइ मेरो ठेगना नै थाहा थिएन ।
अब उ संग बोलचालको दुरी बाट टाढा भएनि "याद" को दुरी बाट टाढा हुनु थियो। तर याद कसै गरि पनि मेट्न सकिएन सोचे उस्को यादलाइ "धुवा"को साहरा बनाएर धुवा संगै उडाइदिउ कि त बोतलको पानी संगै नसा नसामा छिराएर टुंगाउ ,,,
तर,,, मनले यी दुवै कुरालाइ फेरी स्वीकार्न सकेन । फेसबुक 'डिएक्टिभेट' गरेपछि एक दिन बिताउन पनि हजारौ बर्ष झै हुन थाल्यो। मोबाइल चलाउदा उस्कै सम्झना बोकेको सन्देशले मलाइ कुरे होला झै लाग्थ्यो। तर, मैले पूर्ण रुपमा उस्लाइ टाढा भैसकेको अनुमान गरिसकेको थिए। किनकी उस्को मौनता नै सम्बन्ध भत्किएको बलियो प्रमाण थियो । समय आफ्नै गलिमा हिड्दै थियो मैले एक महिना अगि वनाएको टुइटरलाइ निरनतरता दिएर "टुइटर"लाइ नसा र साथी दुवै बनाउने आत्मिय निर्णय साथ हरपल टुइटरमै सानो घर नै बनाए झै !त्यही रमाउन थाले। उस्ले दिएका चोट पिडा सबै पोख्ने ठाउ बनाए । लाग्थ्यो, कुनै अर्को दुनियामा नचिनेका अपरिचित अनुहार संग रंगमन्चमा अभिनय गरिरहेका छौ जहा म पनि एउटा कलाकार हो । झै, दिन सजिलै र रमाउदै एक अर्कोलाइ उडाउदै बित्दै थिए ।
टुइटरमा करिब ६ महिनाको लामो यात्रा पछि एकदिन शुक्रबारको दिन सन्तोस सम्धिको चिया खाने कुरा गर्दै अगमन भयो। मौन, म पनि हल्ला गर्न आए। पाण्डु-राजा घरभाडा नपाएको गुनासो गर्दै निस्के,आभा झुम्रे भन्दै , बिरालु ढिंग चिका गर्दै, नारायण, गुरु दर्शन गरे भन्दै, नबिन दिदीलाइ सम्झना भन्दै रबिनवावु क्या दामी टुइट भन्दै मेन्सिदै, खुसी फलानो भन्दै लव रिना पानको पात भन्दै प्रदिप दहाल प्यारी भन्दै, उल्टे ज्यापु भन्दै, सरोबर निसा अन्टी भन्दै, अनमिका काका भन्दै, स्वेच्छा, शुन्ना, मिलेका व्याकरणमा पुर्णता पाएका टुइट गर्दै यस्तै यस्तै गर्दै सबै जना आ-आफ्नै तरिकामा रमाउदै गरेको बेला मेरो नोटिफिकेसनमा पनि निलो बत्ती बल्छ। अनि त्यही क्लिक गरेको बधाइ छ "छड्के" साप्तहिकमा टुइट पढ्न पाए खुसी लाग्यो भन्दै मेन्सन गरेको। अनि उस्को हेन्डल क्लिक गर्छु ८ जना फोलोइन २ जना फलोर मलाइ सुरुमै फलो गरेको रैछ ।
म ,
उस्को मेन्सनलाइ फेब गरेर हामी सबैलाइ बधाइ:) लेखेर मेन्सनको रिप्लाइ दिन्छु। , उस्ले फेरी मेन्सन गर्छ aeeeeeeeee <3.....उस्को 'मेन्सन' पढ्दा साथ धड्कन लडाइबाट भागेर आएको सिपाइको भन्दा छिटो गतिमा उफ्रन्छ। अनि फेरी आफ्नो डिपी लाइ सराप्छु । आफ्नै डिपी राखेकोमा पश्चताप गर्छु अनि साप्ताहिकलाई मन मनै सराप्छु टुइट किन छाप्दियो भनेर !! म केही नबोलि "म लुके" भनेर टुइट गर्छु। अनि टुइटर लग आउट गरेर ... त्यही मेन्सन गर्नेलाइ सम्झन्छु कहिलै साप्ताहिक नपढ्ने लाइ आजै किन पढ्नु परेको फेरी उस्को यादको पुनः जन्म भए झै गरि एकाएक सम्झनाका पाना पल्टिन्छन सायद उस्ले पनि मलाइ भुल्न नसकेको रैछ मलाइ खोज्दै खोज्दै यहाँ सम्म आयो। भन्दै मनमा अनेकौ कुरा खेल्छ एक छिन पछि फेरि टुइटर अन गर्छु उस्कै प्रोफ़ाइल अन गर्छु उस्को पहिलो टुइट हेर्छु "शब्दमा खोल्न नसकिने यो माया .. केवल तिमीलाइ साचेको यो माया,",, जुन गित मैले पहिले उस्ले मलाइ कति माया गर्छौ भन्दा यही गित गायर सुनाइ दिन्थे। , फेरी टुइट पढ्दा पढ्दै बितेका पलले मुटुमै सुनामी चले झै हुन्छ। अनि उस्को वायो हेर्छु "मिस यु माया" मात्र देख्छु। अनि, फेरी मायाको बहार आउने कल्पना गर्दै ! मनमा फेरी पुराना दिनको आगमन हुने बिस्वासको आशले पुरै मन फुरुंग हुन्छ। अनि, हतपत ६ महिना अगि देखि डिएक्टिप गरेको 'फेसबुक' अन गर्छु सरासर क्लोज फ्रेन्डमा क्लिक गर्छु।
५ जना क्लोज फ्रेन्ड मध्ये उ पनि एक थियो। वाल सार्दै जादा "मिसिङ सम वन' लेखेको 'स्टाटस' देख्छु । मन खुसी भए झै लाग्छ वाल अझै तल सार्छु "इंगेजमेन्ट" शिर्षकमा १० वटा फोटा देख्छु। फोटो पुरा हेर्न नपाउदै आकाश आफु माथी खसेझै लाग्छ, पत्यार लाग्दैन सपना हो झै लागेर आफुलाइ चिमोट्छु दुख्छ। अनि बिपनामा भएकै प्रमाण जुट्छ। अनि मुटुको बिच भागमै ठुलो फोल्डरमा सेफ गरेर राखेको हाम्रो विस्वास, बाचा, कसम सबैले भरिएको बितेका पल एकै चोटी खुल्छन मस्तिष्क भरी यत्रतत्र छरिन्छन एकै चोटी अन्धाकार छाउछ। अनि सम्झनामा 'मुना' 'मदन'को कथा घुम्छ। 'रोमियो' 'जुलियट'को कथा घुम्छ एकै छिन पछि सत्यलाइ स्वीकार्छु। अनि एउटा हातले उस्को जोडीको फोटो ढाक्छु अर्को हातले "नव दाम्पत्य जिवनको लाखै शुभकामना संसार कै नमुना होस्" लेख्छुर कमेन्ट गर्छु । अनि फेरी सेंटिगमा गएर 'डिएक्टिभेट'बटन क्लिक गर्छु ।
टुइटर खोल्छु अनि, टुइट पोस्ट गर्छु "नौटंकी पनि एउटा कला रहेछ।"
नोट:- कथामा समाबेस गरिएका टुइटेको नाम अनुमति बिना नै पोस्ट गरेको छु कतै अन्यथा सम्झनु हुनेछैन भन्ने आसा लिएकोछु !!
Wednesday, April 23, 2014
"यो कस्तो सहर"?
अहिले सम्म न त कसैले ठ्याक्कै भन्न सक्छ न त देखेको नै छ 'नर्क' यस्तै हुन्छ भनेर, तर म अनुमान गर्न सक्छु 'नर्क' यो "सहर" भन्दा गएगुज्रेको चाही पक्कै छैन।
म आज हजारौ,लाखौ,करोडौ मान्छेहरुको भिड सहेको यस्तो काहली लाग्दो सहरको कुरा गर्दै छु , जुन सहरमा मान्छेको इमान्दारीता र मानवियताको कति बेला 'बलत्कार' हुन्छ पत्तै हुदैन। यो, त्यो सहर हो,! जहाँ बाहिर हात्ती भन्दानि ठुला अक्षरमा 'छुट'को चारो टासेर भित्र कमिला भन्दा साना अक्षरमा "लुट"को बल्छीमा पारिन्छ। काकाले भतिज लुट्छ, मामाले भान्जा लुट्छ, नढाटी भन्दा आफ्नाले आफ्नै लुट्छ पराइको के कुरा मह झै मिठो बोलीमा लठ्ठ पारेर छिन भरमै 'विस्वास'र 'सम्बन्ध'को हत्या गरिन्छ ।
पाइलै पिच्छे मन्दिरै मन्दिर अनि भगवान नै भगवानले भरिएको सहरमा धर्म के हो?सत्य के हो? भन्ने भुलेर आफ्नो मानवतालाइ मन्दिरमा बालिने दियो संगै जालाइएको सहर हो। के साच्ची मन्दिरमा भगवान छन त? मैले धेरै चोटी प्रश्न गरे तर उत्तरबिहिन मेरो मन पनि मौन बसिरहन्छ अनि फेरी मन्दिर तिर फर्किएर प्रति प्रश्न गर्न मन लाग्छ। यदि भगवान भए, असत्य र फटाहको बिनास गर्ने भए, मन्दिर जस्तो पवित्र ठाउमा पनि दर्शन गर्न जादा दर्शनको पिर भन्दा जुता चप्पल हराउने पिर किन बढ्छ त ? के मन्दिर जुता चप्पल लुटिने सहर बनेकै हो त? मन्दिरमा बज्ने घण्टीका मधुर धुन भित्र लुटेराको भिड ?कस्तो व्यापार ?पवित्र संस्थानमा चाहे मन्दिरमा चढाएको होस चाहे दान गरेको किन नहोस धर्मको नाम बाट ब्रह्मालुट गर्न पाइन्छ?
यो कस्तो सहर हो जहाँ सर्वजनिक यातायातमा ढुक्कले बस्ने सिट मिल्यो भने शताब्दीकै 'भाग्यमानी' मान्छे मै हु कि झै गर्नु पर्ने ..घर भन्दा बाहिर निस्के पछि कति बेला खल्ती चुइटिने हो भन्ने पिरले प्रतेक सेकेन्डमा हात लागाइ रहनु पर्ने !! लाग्छ एउटा हात खल्तीको लागी छुट्उनु पर्ने झै यो कस्तो सहर हो , १ लिटर पसिनाको धारा बगाउनजेल काम गर्दा आधा लिटर पानीको बोतल सम्म किन्ने ज्याला हराएको सहर.... ,
यो ,,प्रतेक दिन पाँच बट्टा चुरोट पिउने चुरोटेले भन्दा सहर घुम्न निस्कनेले बढी धुवा उपहार पाउने सहर हो। आसाको दियो बालेर सहर पसेका युवाहरुलाइ निरासाको हुरी चलाएर बिदेश नै अन्तिम बिकल्प रोज्न बाध्य बनाउने सहर हो।जोगीको भेषमा गाजा र चरेसको तस्करी गर्ने सहर हो। दु:ख का साथ भन्नु पर्छ गुन्डाले नै पुलिस र नेता पालेको सहर हो। अब भन्नुस यहा न्याय कसरी पाइन्छ? यो यस्तो पुलिस बस्ने सहर हो यो यस्तो न्याय दिने सहर हो यहाँ गरिबले सियो चोर्दा प्रस्ट देख्छ हुनेखानेले दिनडहाडै 'हत्या' गर्दा प्रहरी आखामा पट्टी बाधेर बस्छ न्याय दिने न्यायलय 'बहिरो'बन्छ के साच्ची नै निमुखा र गरिबले खल्ती मै मुसा मार्ने औषधि हालेर हिन्ने दिन आएकै हुन त ?!!! कस्तो दया बिहिन सहर छ यो घरभेटी सानो हेन्गर टागेको आधरमा घर छोड्ने पुर्जी काट्छ एउटा राम्रो कोठा र राम्रो घरभेटी पाउदा आफुलाइ विश्व बिजेता सम्झनु पर्ने कस्तो अभागी सहर, शौचालयको पहरेदार बस्न पनि टेन्डर हाल्नु पर्ने भने पछि कति लुट भित्र रोमलिएको छ त यो सहर यो विश्वको त्यस्तो नमुना सहर पनि हो जहा २४ घण्टा उज्यालो हेर्न कि एअरपोर्ट नै जानु पर्छ कि बादलले छल गरेन भने पूर्णिमा नै कुर्नु पर्छ ।
हुनत यहाँ देशको चिन्ता लिएर देशको भविस्यको लागी केही गर्नु पर्छ भनेर सकारात्मक सोच बोकेका युवा हरुको घुइचो नभएको पनि हैन एउटा सानो कोठा भित्र सुनौलो परिवर्तनको लागी आधा पेट खाना संगै जन्डिज हुदा सम्म आफ्नो समय खर्चिएर मेहनेत गर्ने भबिस्य कोर्न सक्ने बिद्दवान पनि नभएको होइन तर मानव निर्मित सहरमा दानवरुपी लुटेराहरुको भिडले देशभक्ति सोच राख्नेहरुलाइ अलपत्र पारिदिएको छ यो सहरले, ।
संसारमै नभएको यति सानो राष्टमा ६०१ जना 'भेडा' यहि सहरको "भेडीगोठ" भित्र दानापानी मात्र हैन सबस्व लुटेर भुडी तन्काएका छन यो कस्तो अतिकति पनि लाज सरम नमान्ने सहर, यो कस्तो बेइमानीको घुइचो लाग्ने सहर, यो कस्तो लुटेराले बिजयजुलुस निकल्ने सहर, यो कस्तो बन्द र हड्तालले सधै माया गरिरहने सहर, सुरुवात नगर्दै रहर मर्ने सहर!!! ....
हामी दुइचार जना जम्मा हुदा मलाइ त पोलिटिक्समा नो इन्टेस भन्दा ओहो! म त 'महान' भए म नै यो देशको बुझेको मान्छे हु, झै ठानेर गर्व साथ राजनिती मन पर्दैन। मलाइ कुनै चासो नै छैन भनेर निक्कै आफुलाइ महान सम्झन खोज्छौ नि । हो,..हामी यति नै बेला भाग्दै छौ। जिम्बेवारीबाट,आफ्नो कर्तव्यबाट, आफ्नो सहर बदल्ने चाहना र संकल्पबाट.. यसरी नै हामी भाग्यौ भने देश लुट्न र आफ्नो भुडीको आकार बढाउन झुटा भाषण छाट्ने नेता र नेतृत्वले अझै हामीलाइ यस्ता धेरै उपहार दिने छन।
यो सहरलाइ विश्वको नमुनाको पनि नमुना बनाउनेछन। अस्तित्व बिहिन बनाउनेछन। छिट्टै अध्यारोको सहर बनाउनेछन, डाकै डाकाको सहर बनाउनेछन भूडी मात्र बढाउनेको सहर बनाउने छन हामी एउटा अध्यारो कोठामा आफैलाइ धिक्कारदै बस्ने छौ । आशा बिहिन अध्यारा किरणको धुन संगै!! यो सत्य र मानवता हराएको सहर भन्दै!!!!!
हामी दुइचार जना जम्मा हुदा मलाइ त पोलिटिक्समा नो इन्टेस भन्दा ओहो! म त 'महान' भए म नै यो देशको बुझेको मान्छे हु, झै ठानेर गर्व साथ राजनिती मन पर्दैन। मलाइ कुनै चासो नै छैन भनेर निक्कै आफुलाइ महान सम्झन खोज्छौ नि । हो,..हामी यति नै बेला भाग्दै छौ। जिम्बेवारीबाट,आफ्नो कर्तव्यबाट, आफ्नो सहर बदल्ने चाहना र संकल्पबाट.. यसरी नै हामी भाग्यौ भने देश लुट्न र आफ्नो भुडीको आकार बढाउन झुटा भाषण छाट्ने नेता र नेतृत्वले अझै हामीलाइ यस्ता धेरै उपहार दिने छन।
यो सहरलाइ विश्वको नमुनाको पनि नमुना बनाउनेछन। अस्तित्व बिहिन बनाउनेछन। छिट्टै अध्यारोको सहर बनाउनेछन, डाकै डाकाको सहर बनाउनेछन भूडी मात्र बढाउनेको सहर बनाउने छन हामी एउटा अध्यारो कोठामा आफैलाइ धिक्कारदै बस्ने छौ । आशा बिहिन अध्यारा किरणको धुन संगै!! यो सत्य र मानवता हराएको सहर भन्दै!!!!!
Thursday, April 17, 2014
"टाइमलाइन "
"टाइमलाइन" (समय रेखा) न त मान्छेले भाग्य भन्दा बढी पाउछ न त समय भन्दा अगि नै दौड्न सक्छ जे हुन्छ राम्रोको लागी हुन्छ । यहाँ भन्दा चित्त बुझाउने आधरनै के हुन्छर!!
सायद तपाइ माथिको भनाइ पढ्दै गर्दा यो त कतै पढेको कतै देखेको झै भयो होला, यो मेरै बायो बाट चोरेको हो किनकी यही परिधि भित्र नै 'समय रेखा' अल्झिएको छ। "टाइमलाइन"रेसमा दौडिएको घोडा झै हो जस्लाइ पछि फर्केर हेर्ने न त फ़ुर्सत हुन्छ न फर्किएर हेर्नु उस्को धर्म नै हो। सफलताको टर्की चुम्नको लागी दौड्ने सबै घोडाहरु समयको रेखा नटुंगिदा सम्म भागी रहेका हुन्छ। चाहे त्यो हारको निस्चित भै सकेको किन नहोस !
रेसमा भाग लिने सबै सहभागी प्रथम हुनको लागी नै भाग लिन्छन तर सबै सहभागीले त्यो अवसर कहा पाउछन र खेलको धर्म र नियम मिचेर । टाइमलाइन एउटा "चौतारी"हो । जहाँ भरिया होस वा बटुवा आफ्न पसिना र थकानको निसंकोश भारी बिसाउछन चौतारी गन्तव्य पुर्याउने साधन होइन यो त पसिना ओबानो बनाइ दिने गन्तव्य पुग्नलाइ साहस दिने र भरियाहरुका गुनासा साटासाट गर्ने वा सच्ची अर्थमा भन्ने हो भने "चौतारी" भरियाको लागी एउटा स्वर्गको टुक्रा नै हो ।
हो हामीले भनेको टाइमलाइन पनि थुप्रै शब्द हरुको बिचबाट आफ्नो मनमा 'अन्डर लाइन' गरिएका भावहरुको पोखाइ हो टाइमलाइनमा छरिएका यिनै शब्दहरुको तान्द्राहरु टिपेर बलियो डोरी बनाउनु नै सफल यात्राको खोजी पनि हो! सबै मान्छे मात्र हैन हरेक प्राणीका आफ्नै सपना र उदेश्यहरु हुन्छन 'सपना र उदेश्य'भित्र पनि केही महत्वपूर्ण सपना हरुलाइ "अन्डर लाइन" लगाएर पूरा गर्ने होडमा दौडिरहेका हुन्छौ ।
गौरी खेत साउलाइ बन्धकी राखेर परदेशीएको परदेशीको 'टाइमलाइन' साउको रिन तिर्ने र पुरानो छानो फेर्ने हुन्छ, युद्दमा हिडेको सिपाहिको टाइमलाइन बिजयको फुली लगाउने हुन्छ । कुटो कोदाली संग जिन्दगी साटेको किसानको टाइमलाइन भकारीमा टन्न अन्नको रास संग हुन्छ फाटेको चोलीमा पटुका कस्दै मेलापात गर्ने "आमा"को टाइमलाइन सन्तानको खुसीको लागी हुन्छ भ्रष्टचारको रासमा चुर्लुम्म डुब्ने नेताको टाइमलाइन ठुला ठुला त "तस्करी"र "ब्रह्मलुट" मच्काउन सक्ने आयोजनामा हुन्छ। गुंडमा भोकाएको चुच्चो आकाश तिर फर्काएर रोइरहेका बचेराकी आमा चरीको टाइमलाइन चारोको जोह तिर हुन्छ!! कथा कोर्दा कोर्दै कलम हातमा समाएर टोलाइ रहेको लेखकको टाइमलाइन शब्द र परिकल्पना को बिषयगत दुनियामा हुन्छ!! सबैले आ-आफ्ननै लक्ष र सपनालाइ मनका कुना कुनामा "अन्डरलाइन" गरेर राखेको हुन्छन यहि गरिएका अन्डरलाइन नै टाइमलाइन भित्रका "लाइफलाइन" हुन ।
"टाइमलाइन"यस्तो साथी हो जहाँ कतिपय अवस्थामा आदर्शको बुइ चढेर यथार्थका शब्दहरु मोती झै बनेर पोखिन्छन जहा टिप्ने,सझाउने, देखि लिएर चोर्नेहरुको भिडले भरिएको हुन्छ। मनका पिर,व्यथा मात्र नभइ खुसी र उमंगको भारी बिसाउने साझा मन्च असिनै र पसिनैको दुनियालाइ भुलेर आन्नदको अनुभुति दिने ठाउ टाइमलाइन हो । थुप्रै घण्टा,दिन लागेर अनेकौ घुम्ती र अफ्ठ्यारा उकालीहरुको अन्त्य पछि सपनाको पहाड मेटिन्छ जुन "शिखर" हो। त्यहा बाट देखिने रमाइला र सुन्दरताले भरिएका दृश्य नै अानन्द र सफलताको उपहार हुन जुन हृदय र आखामा मात्र दृश्य बनेर कैद भएको हुन्छ कहिलै नमेटिने सम्झनाको पल बनेर !! यिनै र यस्तै यस्तै पलहरुको संगालो भनौ वा सुख,दु:ख,मिलन-बिछोड,अादि इत्यादिको खिचडी नै जिबन हो वा लाइफ लाइन हो।
यी सब लाइफ लाइन संग मिल्ने टाइमलाइन (समय रेखा) हुन अब सुरु हरु टुइटरको "टाइमलाइन" छोटकरीमा 'टियल' यहा टियलको खाली पाना 'सिमसिमे पानी' हो। कोरिने 'शब्द'सूर्यको प्रकाश हो सिमसिमे पानी र सूर्यको किरण बाट इन्द्रेणीको जन्म भए झै यहा पनि खाली पाना र शब्दको समायोजन बाट बनेको सप्तरंगी सुन्दर दृश्य नै टाइमलाइन हो। जहा टुइट एउटा रंग हो,मेन्सन एउटा रंग,रिटुइट अर्को रंग हो, बतासे अर्को रंग यी सबै रंगको मिश्रण बाट इन्द्रेणीको रुपमा बदलिएको हुन्छ। खुला र फराकिलो मन हुनेका लागी टियल आफु नै अभिनित फिल्म हो जहाँ दर्शक स्वयम आफु पनि एक हो। यहि "टाइमलाइन" वरीपरि घुम्ने हामी सबै कलाकार हो जहा कसैको अनुमति बिना आफ्नो कला पोखिरहेका हुन्छौ यहि पृष्ठभुमीमा घुमेको चलचित्र "टाइमलाइन" यस्तो छ भनेर के लेख्दै थिए डियममा निलो बत्ती बल्यो भट्ट ओप्पन गरेको त कथा लिग नगर्नु है छड्के भनेर निर्माताले म्यासेज गरेका रैछन मेरो टाइपको गतिमा एक्कासी इमरजेंसी ब्रेक लाग्यो!!.......:)
Thursday, April 10, 2014
"गजल"
आउ अब संगै मिली गरौ नौ डाडा काटेर हुन्न
.....ढाटेर हुन्न ,,,,
भनेर हैन गरेरै देखाउ सधै भरी ढाटेर हुन्न !
अरुलाइ नै सरापेर कति बस्नु हात बाधेर
आफै बाट सुरु गरौ रिसले निधार बाटेर हुन्न
कति जानु प्रदेश मात्र भेड़ा बाख्रा बेचे सरी
आफ्नै देशमा गरौ केही उतै जिवन साटेर हुन्न !
एक थुकी सुकी जान्छ सयौ थुकी नदी बन्छ
उठौ यूवा जुटौ अब आफै आफै फाटेर हुन्न !
तनले भनौ मनले भनौ अब हामी गर्छौ भनि
सत्य कहिलै झुटो हुन्न असत्यलाइ चाटेर हुन्न!!
Friday, April 4, 2014
"क्रिकेटले दिएको एकता"
"एकतामा बल मात्र हैन एउटा काल खण्ड नै फेर्ने सामर्थ्य पनि हुन्छ।"तर सबै एकतामा खड़ा भएका संस्थाको मालिक हुन वा देशका मालिक सबै सकारात्मक पक्षका परिवर्तक नबन्न पनि सक्छन ।
पखेटाको साहराले कोसौ टाढाबाट अनेकौ रसको मिश्रणबाट माहुरीले अमृत भन्दा मिठो "मह" बनाउछ। अनि हामी भन्छौ माहुरी झै मेहनेती मात्र हैन कडा मेहनेती हुनु पर्छ अनि साना कमिलाको हुलले आफु भन्दा कयौ गुना ठुला किरा फट्याङ्गाहरु बोकेर गन्तव्य सम्म पुर्याएको देख्दा ओहो "एकता" भन्छौ। तर अपसोच! प्राय: हामी तिनीहरुबाट ज्ञान त लिन्छौ आफ्नो अधिकतम स्वार्थ पुरा गर्नेको लागी मात्र एकता र मेहनेतमा खटिन्छौ । तर सबै मानिस स्वार्थले मात्र भरिएको पनि हुदैन कुनै न कुनै भागमा मेरो लागी भन्दानि हाम्रो लागी हामी सबैको खुसीको लागी पनि आफ्नो जिवन अर्पण गरेका हुन्छन।
मैले यहाँ भर्खरै मात्र विश्वकप क्रिकेटमा सम्भावना र सबैको खुसी बोकेर फर्केको क्रिकेटको बारेमा चर्चा गर्दैछु। साच्ची नै भन्ने हो भने क्रिकेट खेल्ने मुर्ख हेर्ने महामुर्ख भन्छन तर यहि खेल्ने मूर्खले हेर्ने महामुर्खलाइ एकताको मालामा गोलबन्द गरिदियो। जातीबाद,क्षेत्रबादको सागुरो धेरा भित्र स्वार्थको पोको पारेर लुट्ने दाउ हेरेका लुटतन्त्रका ठेकदारहरुलाइ नराम्रो गरि झापट दियो। न हामी बाहुन, न हामी गुरुङ ,न हामी क्षेत्री, न हामी दलित, न हामी जनजाति ,न हामी तराइका न हामी मधेसी न हामी पहाडिया न हामी हिमाली हामी हौ भने मात्र "नेपाली" हौ। जहाँ सिंगो स्वतन्त्र नेपाल छ ।यही एउटा मात्र आवज थियो नेपाल! नेपाल!नेपाल!,,, अरु हामीले केही सुनेनौ किनकी पहिले हामी नेपाली हौ।
क्रिकेटले सबै नेपालीलाइ एउटै परिधि भित्र मात्र घेरेन कि विश्वले सम्झना लाएक नया शक्तिको परिचय पनि दियो किन दियो त सबै नेपालीलाइ खुसी? किन छरिएका मन हरुलाइ एउटै मनमा जोड्यो त? सयौ राष्ट्रको बिचबाट अनेकौ प्रतिद्वन्द्वीको समाना गरेर पुगेको नेपाल त्यहा पुरै देशको गर्व र स्वाभिमानको लागी मात्र हैन सम्भावनाको निम्तो पनि लगेर गयो जहा फर्फराई रहेको 'सूर्य'चन्द्र' अंकित झन्डा भित्र एउटा आशाको झण्डा पनि देख्यौ एकताको झण्डा देख्यौ अनि विश्वास र सम्भावनाको झण्डा पनि देख्यौ जहाँ दुनियाले देखे इतिहासले सम्झने गरी,
सबै नेपाली हरु सबै काम धन्दालाइ पनि जितेर क्रिकेट हेर्नको लागी जसरी गुलेलीको साहराले मट्यांग्रा सबैँ भन्दा टाढा पुग्ने गरी अन्तिम रवरको तन्काइ झै आखाहरु कोही टि.भी तिर तन्काए कोही ठुला पर्दामा तन्काए कोही मोबाइलमा तन्काए भिडियोमा हेर्न नसक्ने रेडियोमा बिरालोको कान झै रेडियोको नजिक पुगे जहाँ सिंगो देशको खुसीको लागी लड्दै गरेका खेलाडीको उत्कृस्ट प्रदर्शनको लागी मन मनै होस वा खुलेर जितको लागी भगवान संग प्रथना गरे! सामाजिक संजाल होस् वा चिया गफमा होस जता सुकै एकताको आवाजहरु यसरी गुन्जिन थाले सायद यस्तो एकता न २००७ सालमा थियो न २०४६ न त २०६२/६३ मा नै किनकी त्यो जितमा कति नेपाली दु:खी पनि थिए। तर यहा ती निरासाका मन हरु लाइ पनि खुसी र उमंगमा बाडिदियो जहा हारमा पनि सिंगो राष्टको पुरै देश खुसीको होलीमा रमाइ रहेको थियो। लाग्छ सुरुवात मै हामी वल्ड कप हात पार्यौ।
ढिकुरी छाती पनि पहाड हिमाल भन्दा फराकिलो र बलियो भएको आभस दियो सायद यही नै हामी नेपाली हुनुमा गर्व हो। यो एउटा क्रिकेटले मात्र पारेको एकताको नमुना हो अर्को कुरा चाहे जुन ठाउ बाट जस्तो सुकै काम बाट भए पनि देशले जित्ने सबै खेलहरुमा सबै नेपाली एक हुन्छन भन्ने प्रमाणको निम्तो पनि हो! जहा रातो र चन्द्र सूर्य झन्डाले न्याय पाउनेछ त्यहा कहिलै नझुक्ने गरी खुला आकाशमा एकता,खुसी र विस्वासको कथा बोकेर विश्वले देख्ने गरी नेपाली ले गर्व गर्ने गरी फर्फराइ रहने छ हाम्रो रातो र चन्द्र सूर्य ! हाम्रो खुसीको लागी नेपालीको एकताको लागी!!,
जय नेपाल!!! जय क्रिकेट!!! जय एकता!!
Tuesday, April 1, 2014
"मोक्पो चौतारी नेपाल"
सकारात्मक सोच राख्ने हरु ठुला ठुला समस्यालाई सगुरो बनाएर समाधानको बाटो खोज्छन हामी पनि यस सस्थामा भएका गल्ति कमजोरी तन्काएर हैन कि सबैको सुझाप सल्लाह का साथ समस्यालाई समाधानको बाटो खोज्ने छौ ..जो जहाँ छौ आफ्नो आफ्नो ठाउ बाट सकारात्मक सोचौ .सहभागी हौ ..यो हामी सबैको भलाइको लागि पनि हो आशा छ यो सस्था ले भोलिका दिनमा धेरै कुरा सिकेर सिकाउने छ आपत र बिपतमा रहेका नेपाली हरुको लागि गन्तब्य पुराउन नसके पनि मार्ग देखाउने छ अझै सस्था पूर्ण छैन देखिएका असंतुस्तिको लागि सधै समाधानको ढोका खुला गर्ने छ ..हामी भन्दा अग्रज हरु बाट .सुझाप र सल्लाह कोलागि मात्र नभए हरपल संगै यात्रा गर्नको लागि सहयात्रीको भूमिका पनि निर्भाह गर्नु हुनेछ भन्ने आशा समेत राखेको छौ
भन्छन नमरी स्वर्ग देखिदैन ,,अनि स्वर्ग देखे भनेर आएको मान्छे पनि त छैन नि है !? तर हामी भाग्यमानी भनौ वा भाग्यले ठगिएका नमरी कनै 'स्वर्ग' र 'नर्ग' दुवै देख्यौ किनकि हामी "परदेशी" हौ
विगत लामो समय देखि नाम मात्रको सस्था भनौ वा एउटा क्लब भनौ मोक्पो चौतारीले केहि समय अगी पूर्णता पाएको छ सबैको भेला बाट "मोक्पो चौतारी नेपाल " नामक सस्था चयन गरिएको छ .कोरियाको एउटा सानो सहर मोक्पो र मोक्पोको आसपास मा रहेका नेपाली हरुको एउटा साझा मंच गठन गरिएको छ झट्ट इतिहास कोरिदैन यदि कोरियो भने चोरीदैन त्यहि कहिलै नचोरिने गरि गत बर्ष "दशैँ'को अवसरमा पनि मोक्पो चौतारीको आयोजना मा शुभकामना साटासाट का साथै पिक्निक कार्यक्रम पनि सम्पन गरेको थियो
हिजो त्यो दिन देखि यहाँ सम्म आउन सबै नेपालीले दिएको योगदान अनि हामी भन्दा अग्रजले देखाएको सारात्मक भूमिका प्रति हामी नतमस्तक नै छौ जसले आफ्नो आफ्नो ठाउ बाट सबैलाई चिनजान गराउनु का साथै एक्लिएको मन लाइ भावना साटासाट गर्ने मौका जुराइदिनु भयो !
"सस्था एउटा सबैको साझा चौतारी हो' जहाँ भरिया मात्र हैन बटुवा हरु पनि धकाई मर्न सक्छन हाम्रो यो मोक्पो चौतारी नेपाल ले पनि आफ्नो ठाउ बाट बिसाई फेर्ने चौतारी कै भुमिमका निर्भाह गर्ने छ ..हाम्रो कामना अनि हाम्रो यो सस्था जातिबाद,क्षेत्रबाद ,र राजनीतिबाट बाट टाढा हैन धेरै टाढा रहनेछ ..किनकि हामी "नेपाली" हो पहिला हाम्रो पहिचान नेपाली हो ,,हामी यसैमा गर्ब गर्नु पर्छ! बिगत लामो समय अगी देखि फुटबल लाइ केन्द्र बनाएर गरिएको भेटघाटले अझै निरन्तरता पाउनु का साथै सबै नेपाली बीच आत्मियता पनि पाउनेछ यो एउटा सुरुवात हो.. हुनत हामी सस्था बिना पनि हाम्रो दैनिक नचलेको हैन मज्जाले चल्छ पनि तर यो सस्था न कुनै मुनाफाको लागि खोलिएको हो न त भोलि कुनै उच्च प्रतिफल प्राप्त गर्नको लागि नै हो यो त तपाई हामी बिचको दुरी नजिक बनाउनु का साथै परि आउने सानो तिना समस्या हरुको पुरै उपचार गर्न नसके पनि दुखाइ कम गर्ने मलम भए पनि बन्ने आशा का साथ छरिएर रहेका नेपाली साथी हरुको साझा चौतारीको रुपमा हामी सबैको हितको लागि खोलिएको तेरो मेरो हैन हामी सबैको उत्तिकै अधिकार उत्तिकै कर्तब्य बोध बहन गर्ने मनसाय ले बिगत देखि रहेको मोक्पो चौतारीको नया रुपको निरन्तरता
मात्र हो !
अन्तमा:- यो सस्थले सामाजिक संजालको मध्यम बाट सूचना र जानकारी का साथै मनोरन्जानात्मक कुरा हरु पनि साटासाट गर्ने छ सबै जना 'मोक्पो चौतारी नेपाल को mokponepali@facebook.com साथी बन्न छुटेका बन्नु होला मोक्पोमा हुने वा आसपासका क्षेत्रमा रहनु हुने सबै .सबै ..
Subscribe to:
Posts (Atom)
