~ ~ "छड्के आखाँ" ~ ~खण्ड -२
"टुइटर"आफैमा एउटा रंगमञ्च हो यहि रंग मञ्चको सहरा लिएर रमाइलो गर्ने सबै टुइटे कलाकार हो !!! यहाँ कोही बरिस्टे छैन सबै आफैमा कुनै न कुनै रुपमा बरिस्ठ छन । ~छड्के~
~ बिगत ६ महिना देखिको टुइट अनुभव सगै देखिएको टुइटेका प्रवृतिहरु ~
~बरिष्टे प्रवृति!! ~ जस्को टुइटमा टुइटेको मन एकछिन रोकिएर टुइट संगै मन पनि पौडि खेलिरहेको हुन्छ त्यस्तो टुइटको जन्मदाता नै "बरिष्ट" हो चाहे उसको फलोर ५ होस चाहे ५०k होस,, तर टुइटरमा बरिष्टेको नाममा स्वधोसित बरिस्टेको संख्याको बाहुलियता छ ।
को हो त स्वधोसित बरिष्टे?
फ्लोर र फोलोइन को संख्या मा ठुलो खाडलको अन्तर राख्न खोज्ने, अरुका श्रीखण्डालाई खुर्पाको बिड झै सम्झिने, आफ्ना भातमारा टुइटको रिटुइट काउन्ट गरेर बस्ने, साथै आफु बिना टुइटर को टाइमलाइन नचल्ने जस्तो अहमताबादी प्रवृतिको फल्नै नसक्ने जरो गाडेको मनोरोगीहरु नै स्वधोसित बरिस्टे भएको छड्के आखाले देखेको छ ।
~चोर प्रवृति~ टियलमा देखिएका राम्रा टुइट हुन वा कही कतै चर्चित भएका १४० अक्षर भित्र अट्ने खालका टुइट वा भनाइलाइ नाकको टुप्पोमा आची दलेर लाज पचाएका हरुले कपि पेस्ट गर्ने प्रवृतिलाइ चोर प्रवृति भनिन्छ टियलमा यस्ता टुइटेको संख्याको पनि बहुलिएता रहेको छ कोही केहीले त हेन्डल सम्म चोरेर पनि चोर्नुमा आफु बहादुरी भएको सम्म साघुरे तर्क राखेको देखिएको छ।
~डाह प्रवृति ~ पहिले आफ्नो पकटमा राख्न अनेकौ उपाए अपनाउने सफल भए अरुको बालमतलव नगर्ने असफल भए बतासे बाट घुमाउरो शब्दमा खोइरो खन्ने प्रवृति यो केटी भन्दा केटा टुइटेमा बढी देखिएकोँ छ!!
~फ्लो ब्याक प्रवृति~ बरिस्ट बन्ने होटबाजीमा हिडेका हरु दिन नजान्ने भर्खर टियलमा लम्किएका हरु माउन नजान्ने प्रवृति अन्तर्गत को यो प्रवृतिले पुरै मसाल जुल़स निकाल्ने सम्म तयारी गरेको देखिन्छ,,नवआगन्तुक हरु यहि फलो ब्याकलाइ लिएर बरिस्टे भनेर नारा जुलुस गरेको सम्म छड्के आखाले देखेको छ।
~स्त्री लाम्पाट प्रवृति ~ कुनै पनि केटीका झिना मसिना टुइटमा मेन्सनको लहरो तानेर, बोल्ने बाटो खोज्ने अनि केटीले "भैसी"उड्यो भन्दा नि अ उड्यो भनेर समर्थन गर्न सम्म पछि नपरि मख्ख पार्न स्वार्थबादले भरिएको :पी,:डी,:)) जस्ता टुइट पनि रिटुइट गर्ने प्रवृति स्त्री लाम्पाड प्रवृति अन्तर्गत राखिएको छ !
~आतंकवादी प्रवृति ~ टुइटको भाव नै नबुझि केवल टुइटेलाइ मख्ख पार्न टाइम लाइनमा देखिने सबै टुइट,मेन्सन, वतासे सबै लाइ आखै नखोली रिटुइट गरेर टियल नै पुरै जाम बनाउने प्रवृति,साथै अरुको मित्रतालाइ सहनै नसकी गोली झै बतासे पेल्ने प्रवृति,,
~~~~'को हो त "फेक"? ~ ~
बाहिर 'मह'को चाका राखेर भित्र चिनी पगालेर लोक्कल "मह" को दरमा बजार बिस्तार गर्ने दलाल प्रवृति भएको मानसिकतामा रोमलिएको "नपुंसक" नै फेक हो!! जुन बाहिरा महिलाको अभिनय गरेर झुक्काउने र मख्ख पारदिने अभियानमा जुटनु का साथै नैतिक रुपमा पतन भएका टुइट पस्किरहेका हुन्छन छड्के आखाले टियलमा यस्ता नपुंसक धारी हरु कुनै अन्जान केटीको डि पी हालेर त कुनै हिरोनिको कुनैले फूलको डिपी हालेर लाज लुकाएर टुइकेको देख्ने गरेको छ !!
पत्रकार र नेता - टियलमा सबै भन्दा खोइरो खन्ने भनेको नेता र पत्रकारको हो तर सबै पत्रेहरु अंधेरों मुख मात्र लाएर बस्ने सत्य र साचोको पक्षमा समेत मौन रहने पत्रकारलाइ छड्के आखाले झोले तथा पित पत्रकारको उपमा दिएको छ भने केही नेता हरु केवल भोट संख्या बढ्ने साघुरे सोचाइ बोकेर टुइटरमा खाता खोलेको देखेको छ बिचारको साटासाट हो सामाजिक संजाल तर भातमारा नेताहरु आखामा पट्टी बाधेर टुइटे संग कुनै बेला प्रतिक्रिया नगरेकोले कुल कानुनमा यस्ता नेताको प्रवृति लाइ घण्टा हल्लाएर टुइटर बाट बहिस्कार गर्ने कानुन सम्म बनाउन सुझाब समेत दिएको छ!!
छड्के आखामा टुइट अनुसार टुइटेको बर्गिकरण ~~~
छड्के आखा पाण्डु राजाको रिसर्च लाइ सम्म समर्थन गरि कति कुरा त्यो अनुसन्धान संग पनि निकटतम समेत रहेको छ!!!
छोटो मा मोटो (मिठो)अर्थ बोक्ने टुइटेमा आर्यो,मौन,सवारी,खुर्पेटो,चरी,भंगेरो,भकुन्डे,कल्ध्व्ज,कालो छाला छन .
सिरिंगारिक टुइट~~~ यसमा "उठौ युवा"तथा टुइट कानुनको जन्मादाता
अग्र स्थानमा छन यीनलाइ पछ्याउदै आलु माइला,बैध्य बाको बा,घ्याम्पे,तिनपाते,भेना,शिकारी अगि बढेको देखिएको छ !शिकारी केटीको वतासे शिकारमा माहिर देखिएको छ।
प्रबिधि सम्बन्धी टुइटमा -:पाण्डु राजा,जुंगे साँप,भ्यागुतो अग्रपंतिमा देखिएका छन साथै पाण्डु राजाले सेलिब्रिटी सम्मलाइ बतासे हान्ने र बतासे बाटै नामकरण गर्नेमा उच्च पद समालेका छन
यथार्थ र आदर्सको बिच धारमा पढु पढु लाग्ने शब्द बुन्नेमा शुभचिन्तक,
,शुन्ना,
,रक्स पोख्रेल उच्च स्थानमा देखिएको छ। रक्स पोख्रेल,बुद्दी सागर र लेन्दाई सातै रसमा मज्जाले शब्द जाल बुन्ने बिशिस्टमा परेका छन !!
सके आफै समाधान गर्ने नसके सम्बन्धित व्यक्तिलाइ सि सि गरेर भए पनि समाधानको बाटो देखाउने समाजसेवी टुइटेमा
सन्तोष कटुवाल(सम्धि) परेका छन !!
हास्दै ल बोल्दैमा जिवन सकिन्न भन्ने
नारीबादी-- सोचका धनीमा किशोरी,दिलमाया,निशा,बिनु,सुन्यविचार,हराएकि परि,महाकाली,आभा र सरु थापा छड्के आखामा परेका छन नव आगन्तुकको स्वागत र स्वधोसित बरिस्ट पल्टिनेलाई बिदाई गर्नेमा
क्षितिज अहिले सम्म कै उत्कृस्टमा छन, जति बेला पनि तनाबै तनाबमा देखिनेमा
अल्प बिराम छन। टुइटलाइ समाधान सहित मेन्सन र टुइट संगै गर्नेमा साथै वतासेका दावेदारमा
'परदेशी'देखिएका छन टुइटको माहोललाइ नै रमाइलो बनाउने समय समय सान्दर्भिक टुइट तथा मेन्सन गर्ने क्रिकेट प्रेमीमा '
रबिनबावु' देखिएका छन
साहित्य टुइटमा -इलामी चिया,प्रेम /मोति,कालो छाला ,समिर क्यासी,समर्पण,सबनम ,समिर कटेल,बिष्णु सुबेदी ,रबिन अधिकारी,तिनतारे र
,सरोबर देखिएका छन
हेन्डिल जस्तै टुइट र क्रिकेटको सबै जानकारी दिनुका साथै टियलका आधा केटी आफ्नै कब्जामा राख्ने खुबी भएका र #हि! का जन्म्दाता टुइटेमा '
फन्नि मा'राज'परेका साथमा क्रिकेट बिशेषज्ञमा अमित झा मोटरवाला,बेवारिसे र सन्तोष र जुंगे छन, भने फुटबलको नाली बेलि सहित गोलको अनुमान सम्म गर्नेमा '
A life' परेका छन।
वतासे मास्टरका साथै रमाइलो टुइट र मेन्सनले हसाउनेमा 'दिपक बुडा'कहलिएका छन तर उनी अरुलाइ बतासे हान्ने अरुको बतासे नदेख्ने आरोपबाट भने बच्न सकेका छैनन!! फलो नै नगरेकाको पनि फेव गरेर चकित पार्ने पुरानी टुइटेमा सरु देखिएकि छन राजनीतिक परिवेशमा भने सेति रिभर,शब्द चित्र,दहाल बा,गाउले र मान्ठा देखिएका छन टियलमा आउने सबैलाइ कान्छी र बहिनी,प्रिय बनाउन निर्विवाद प्रदिप दहालले पाएका छनँ भने धेरै दिदि बहिनी बटुल्नेमा नबिन छन!
उत्कृस्ट हेन्डलमा~ नाममा ~पिढनभएको लोटा,लुत्त बहादुर,जुंगे साँप र उल्टो व्याख्या र मौन परेका छन बिरोधीको खरो प्रतिउत्तर दिनुका साथै नेपाली खेलको बारेमा "सुर्जे" लाइ देखिएको छ दोहोरी बिधामा निशा,सरोबर र बसन्त देखिएका छन संगै गिते टुइट गर्नेमा आकाशकि परि पहिलो र सरु २ मा परिकि छन सबै हेन्डिल संगै जसरी पनि पुग्ने टुइटेका साथै खित् खित् का संस्थापकमा "बिक्रम" परेका छन ।
क्रान्तिकारी नारीमा 'सविता अधिकारी'छानिएकी छन हाइकु बिधालाइ मिठो संग चलाउनेमा सन्तोष,इलामी चिया ,सुन्य विचार,मौन,रबिनबावु,रबिन,खिम्लाल,नारयण,को को,बावुराम,गरिव केटो आदी छन भने हाइकु बाट प्रभावित भएर नया बिधा हास्य "साइकु" जन्माउनेमा सेक्सी र पाण्डु राजा देखिएका छन
मेन्सन पनि टुइट झै कन्जुस नगरी जहा हुन्छ टुइट त्यहा पुग्छ नारयणको मेन्सन झै गरि मेन्सन साम्राट बनेका छन 'नारयण' एकोहोरो प्रेम रोगी बतासे टुइटेमा वेवारिसे र गरिमा परेका छन बतासमा माया मिसाएर पठाउन सिपालु झापाली र परदेशी देखिएका छन सरल प्रश्नको जटिल उत्तर दिने र प्रति उत्तरमा बलियो झापड प्रहार गर्नेमा फुत्त बहादुर परेका छन टियल छिरे पछि मज्जाले हसाउने टुइटेमा भेना,शिकारी,रातोभाले,उल्टे,पाण्डु,लोटा,फन्नि,घ्याम्पे,सेक्सी , बिरालु ,महेश रहेका छन !!
टुइटे भनेको देशका सभासद भन्दा नि माथि छन भन्ने आधार दिनका लागि मान्ठा को टुइट काण्ड बर्षको उत्कृट राजनीतिक टुइट मा परेको छ .
धेरै
हेन्डल फेर्नेमा सेक्सी बिरालो लाइ जित्ने मान्छे ले टुइटरमा खाता नखोले को सम्म छड्के आखाले देखेको छ .
१७५औ दिन कटाउन सफल डिपीमा लोटा, रक्स पोख्रेल ,सरु ,जुंगे ,भाले र
A life परेका छन ,कटुन सम्राटमा बरुण कम्पनि को एकछत्र सफलता पाएका छन् !!
फेव मास्टरमा गणेश बाबु ,नेपाली बाबु,
जोर्डन मा'राज र भाइरस लाइ देखेको छ
मेन्सनको रिप्लाई नगरु भने ठुली पल्टी भनेर बतासे हान्ने गरु भने गरेरै नसकिने ..गरि मेन्सनको लहरो मात्र पनि पन्छाउन नसकिने भएकोले ९०% नारी बाट राम्रो टुइट पढ्न पाउछु भन्नु नै मुर्खता हुने छड्के आखाले देखेको छ ,,त्यलैले कुनै बेला यो मेन्सनको लहरो पुर्ब मेची बाट पश्चिम महाकाली सम्म तानिएको सम्म पाइएको छ ,,
अन्तमा छड्के आखाले ~ ~अझै धेरै कुरा देखेको तर समय ,परिस्थिति अभाव कारण हुनुका साथै नवआगन्तुकको टुइट प्रवृति हेरेर "छड्के आखा खण्ड"-३ पनि निकाल्ने भएकोले साथै यहाँ नपारेका तर टियलमा योगदान दिने संबै टुइटेलाइ छड्केको मुटु भित्र लुकाएर राखेको समय अनुसार फुकाउदै जानेछ भन्ने कुरा पनि जानकारी गराउन चाहान्छु यहा छड्के आखाको गल्ती होला तर हाम्रो सम्बन्धको गल्ति थिएन छैन र हुने छैन !!
जादा जादै "टुइटर"बिचारको राजधानी हो जहा सुबिधा र प्रदुषण दुबैको बर्चस्व हुन सक्छ।।। धन्यबाद!!
नोट - यो केवल रमाइलोको लागि मात्र कोरिएको "छड्के आखा "हो कसैको दिल खिन्न पारेर मन सगुरो नबनाउन समेत छड्के आग्रह गर्दछ यदि कसैको दिलमा कुनै असर परेमा dm गरेर हटाउन वा थप्न भने छड्के सहर्ष स्वीकार्ने छ !!
"टुइट गजल"
~छड्के~
लुकी लुकी फेव मात्र गरेर हुन्न साथी
बिना अर्थ "शब्द" मात्र छरेर हुन्न साथी!!
राम्रो टुइट देख्छौ भने रिटुइट गर्दा के जन्छर
एकसय चालिस शब्द मात्र भरेर हुन्न साथि !!
कति"बतास' कति मिठो कतिभने गोलि जस्तो
अरु भन्दा तल- तल झरेर हुन्न साथि !!
मेन्सनको त कुरै छोडु फेबु जस्तै भयो भन्छन
उसको लब पर्यो भन्दै मरेर हुन्न साथी !!
हासौ खेलौ 'टुइटर' तिर मरी लानु के नै छर
सधै अगी बढ्नु पर्छ हरेर हुन्न साथी !!
छड्के आखा खण्ड -१ पढ्न यहाँ क्लिक गर्नु होला !!
http://aafnaikatha.blogspot.kr/2014/03/blog-post_6795.html