'ऋषि धमला'र 'पत्रकार'
साचो अर्थमा भन्ने हो भने पत्रकार समाजको ऐना हो जहा घटेका सबै घटना हरु जस्ताको तस्तै शब्दमा,आवाजमा होस वा भिडियोमामा क़ैद गरेर त्यही समाज सम्म छर्ने कलाले भरिएको बौद्दिकताले पूर्ण व्यक्ति "पत्रकार" हो। तर बिडम्वना नै भन्नु पर्छ जब समाजमा घटने घटनाहरु सकारात्मक ढंग बाट भन्दानि नकारात्मक ढंग बाट शब्दहरुको जोड घटाउ गरेर अपव्यख्या गरिन्छ त्यति नै बेला पत्रकारिताको बलत्कार हुन्छ अनि सबै पत्रकारमा दुर्गन्ध फैलिन्छ अनि पत्रकारलाइ हेर्ने आखा र दृष्टिकणमा प्रश्न (?)चिन्ह सधै संगै भइरहन्छ ।
पत्रकारिता गलत हैन गलत त पत्रकारिता भित्र छिरेका गलत प्रवृतिको मुकुन्डो ओडेर आफु नै समाचार हु म नै निस्पक्ष आखा हु मेरो कलमले नै कोरेको सत्य हो भन्ने मनोरोगी अहमताको जरो गाडेका "झोलेबादी"गलत हुन! कलम कहिलै बेमानी हुदैन बेइमानी त कलमलाइ दौडाउने हात हरु हुन कलम कस्को हातले कसरी दौडायो भन्ने हो।
मैले यहा खासमा ऋषि धमला लाइ जोड्न खोजेको हो किन यति धेरै उनका बिरोधमा उत्रिएका छन आवजहरु ? साच्ची पत्रकारको लाइसन पाउदैमा एउटा नैतिकता र मानवियता भन्ने चिज मष्तिस्क बाटै लोप भएर त जादैन नि ?प्राय उनले सोध्ने प्रश्नमा यी दुबै कुरा किन हराउछन के अन्तरबार्ता कर्ता लाइ अन्तरबार्ता लिदा सिंह प्रवृति लाद्ने गरी प्रश्न सोध्दैमा महान पत्रकार भइने त हैन नि ?
क्यामरा मोहले नअघाएका ऋिष धमला यस्ता कुअर्थका प्रश्न गर्दा आफ्नो गर्वले छाती फुलेको ठान्छन होला तर अन्तरबार्तालाइ नजिकबाट हेर्न खोज्ने हरु प्रश्न गर्दा धमलाको नाक मात्र फुलेको देख्छन अनि भन्छन यी पनि पत्रकार हुनर!? यस्ता पनि पत्रकार हुन पइन्छ र? भन्दै खासखुस गर्दै मन मनै पत्रकारलाइ धारेहातले बिरोध गरेका हुन्छन।थुक्का धमला भन्दै!!!
बन्दुक बोक्ने लाइसन्स पाउदैमा गस्तिमा हिडेको आर्मीले नाम्लो लाइ सहयात्री बनाएको भरियालाइ के गोली हान्न छुट हुन्छ? क्रान्तिको लालमोहोर लाउदैमा चक डस्टरको साहराले पढाइ रहेको निर्दोष शिक्षकलाइ खुकुरीको धारले रेट्न छुट हुन्छ? हो पत्रकारको फुली भिर्दैमा समय र विषयवस्तु भन्दा माथी उठेर कु तर्कले भरिएको नैतिकता बिहिन प्रश्नको झिरले उन्न छुट हुन्छ?
यदि हुन्छ भने धमला गलत हैनन गलत सबै कुरा छुट नदिने नराम्रो लाइ नराम्रो नै छ भन्ने हरु हुन सबै पत्रकार गलत प्रवृतिका छैनन तर अधिकांस पत्रकार जस्को झोला बलियो छ जस्को पक्षमा कलम चलाउदा यो पेशामा आयु तन्काउन सकिन्छ भन्ने सागुरो सोचाइबाट रोगी 'झोलेपत्रकार'हरु नै पत्रकारिताका भाइरस हरु बनेर बसेका छन यस्तै प्रवृतिका पत्रकार हरु सत्य र साचो सुचना दिने कुरालाइ आफ्नो धर्म हो भन्ने कुरा बिर्सन्छन ।
मेरो आखामा ऋषि धमला यस्ता पत्रकार हुन जस्ममा को संग कसरी कस्तो प्रश्न सोध्ने भन्ने ज्ञानमा गोबरको गुँधी भरेका बन्दुके प्रवृतिले ग्रस्थ कसैलाइ नगन्ने अहमता बादी संकुचनले दिमाख क़ब्ज़ा गरेका प्रसंग बिहिन प्रश्न कर्ता!......छोटो शब्दमा भन्दा यी !पत्रकार त हुन् नायकको खलनायक भए झै पत्रकारको "खलपत्रकार" !!!
नेट:- यो सानो लेखलाइ अन्यथा नलिनु होला मनको कुरा पोखेको मात्र जो पत्रकारीतालाइ भित्रै देखि सम्मान गर्ने गर्छु,,,
very nice Tilak.....keep it up.........
ReplyDeleteधन्यबाद !!!
ReplyDelete