Thursday, October 23, 2014

                          " कस्तो क्रान्ति  ?"


'क्रान्ति' आफैमा बेइमानी हैन बेइमानी क्रान्तिको नाममा गरिएका लुटपाट र अवसरबादको जालोमा जेलीएको प्रवृतिमा हुर्किएका नेतृत्व बेइमानी हुन। क्रान्ति देश सुहाउदो हुनु पर्छ ।   क्रान्ति समाजको परिवर्तन संग जोडिनु पर्छ.. क्रान्ति भोका नाङ्गा निमुखाहरुको ओठमा आउने मुस्कान संग जोडिनु पर्छ।अनि  क्रान्ति रगतको लेनदेन मात्र नि त हैन क्रान्ति एउटा दबिएको आवाज हो जहाँ उकुसमुकुस भएका अन्याय र अत्याचारहरु ज्वालामुखीको बिस्फोट भन्दानी भयानक बनेर फुट्छन । क्रान्ति सोच बाट हुन्छ  क्रान्ति विचार बाट हुन्छ क्रान्ति कलमको दौडाइ बाट पनि हुन्छ ।

        हुनसक्छ क्रान्तिको 'ज्वालामुखी' फुट्दा कति सुन्दर बस्तीहरु उजाड हुन सक्छन कति घरबार बिहिन हुन सक्छन कति टुहुरा हुन सक्छन कति सिन्दुर बिहिन हुन सक्छन कति माउ मरेका टुहुरा बाच्छी झै छट्पटाइ रहेका हुन्छन यी सबै भोलीको सुन्दर बिहानीको प्रखाइको निम्ति  आफ्नो जिन्दगीको अमुल्य पल तड्पाइ रहेका हुन्छन ।
   

                       चाहे २००७ सालमा भएको परिवर्तनको क्रान्ति होस् चाहे २०४६ सालको परिवर्तनको क्रान्ति
होस् चाहे २०६२/६३ सालमा गरिएको  परिवर्तनको क्रान्ति होस्    यी सबै "क्रान्ति' परिवर्तनका लागी गरियो कति "सहिद' बने कति टुहुरा बने कति अंगभंग भएता पनि सबै क्रान्ति सफल  भए।  तर देश सधै किन असफल भयो ?२००७ साल देखि ६२/६३ साल  सम्मका क्रान्तिको बिकुल फुक्दै सोझा जनतालाइ युद्ध भुमीमा लडाउन उस्काउने यीनै नेतृत्व वर्ग त हुन जून परिवर्तनको लागी देशको माया बोकेर सुन्दर भविस्यको लागी वलिदान दिनेहरुलाइ सहिद नामको ट्याग लगाएर आफु देशको नायक बन्ने सोच बोकेका हुत्तीहाराहरु सत्ता भन्दा प्यारो देश हैन भन्ने सोच बोकेका सत्ताबादीहरु नै क्रान्तिका 'बलत्कारी' हुन ।  बाहिर 'कार्ल' माक्स र लेलिनको फोटो टासेर भित्र पुजीबादीको पुजा गर्ने वर्गिय लडाइका योद्धा कसरी हुन सक्छन. सर्बहारा वर्गका पहरेदार बाहिर बि पी र मदन भन्डारीका तस्बीर झुन्डाएर भित्र 'नाताबाद' र 'गुन्डाबाद'को जयजयकार गर्ने भ्रास्टचारी हरु कसरी परिवर्तनका नाइके हुन सक्छन ?

                               सबै भन्दा पहिले क्रान्ति के का निम्ती?  क्रान्ति कास्का निम्ति? यी सबैको एउटै जबाफ आउछ परिवर्तनको निम्ती 
 तर ,.......कस्तो परिवर्तनका निम्ती कस्को परिवर्तनको निम्ती भन्ने हो अहिले सम्म के गरिवहरु भोकभोकै मर्नको लागी हो क्रान्ति ? के क्रान्ति कालाबजारी र भ्रस्टचारीलाइ बढुवा गर्नेका लागी हो? के बलत्कारी र आतंककारी हरुलाइ पार्टीको झन्डा बोकाउएर दण्ड र न्याय बाट उमकाउनका लागी हो क्रान्ति? 


        न ओठ माथी जुंगा पाल्दैमा स्टालिन भइन्छ न तालुका रौ झर्दैमा गान्धी भइन्छ न त अनुहार कालो हुदैमा मोन्डेला नै भइन्छ न अनुहार नै छोप्ने गरी दारी पाल्दैमा मोदी नै भइन्छ ।भइन्छ त मन देखि नै राष्ट्रको लागी केहि गर्नु पर्छ भन्ने  भावनाले  आत्मा देखिनै  'इमान्दारी' र 'त्याग 'बोकेर आफ्नो जीवन नै राष्ट्रका लागी समर्पण  गरिएको हुन्छ l 

मईक्रोफोन हातमा पर्दा साथ गर्धन फुलाउदै व्वासो झैँ कुर्लिदैमा मृत्यु शैयामा मृत्यु कुरेर बसेका बिरामी उठ्दैनन न त गरिबीको राको दन्काएर मुग्लान छिर्न  मधुरा अनुहार बनाउदै परदेशीने युवाहरुको लाइन कम हुन्छ। ठुला ठुला  भाषणमा हैन हुन्छ त अब इमान्दारिता त त्याग बोकेका पार्टीको झन्डा भन्दा राष्ट्रको झन्डा बोक्ने हरुको संकल्प बाट हुन्छ अनि त बल्ल  २००७ साल देखि  २०६२/६३   सालको  क्रान्ति संग लड्दै हिडेर परिवर्तन कुर्दा कुर्दै चाउरी परेका अनुहारका ओठबाट शान्ति र सम्वृद्धिको मुस्कान निस्कने छ जुन मुस्कान सिंगो परिवर्तनको मुस्कान हुने छ।

हामी २०५० सालमा सुरु गरेको "जनयुद्ध" संग धेरै टाढा छैन किनकी यो युद्धले दिएको पिडा अझै आलो छ यो युद्धले दिएको त्रास अझै झलझली आखा वरीपरी छ।  यो युद्ध भ्रस्टचारीहरुको तहसनहस पार्नको लागी थियो यो युद्ध गरिव,निमुखा,महिला,जनजाती उत्पिडित उत्पिडिनमा परेका बहुसंख्यक नेपालीको परिवर्तनका लागी थियो जहाँ पुरै कालखण्ड नै फेर्नका लागी थियो केही हुनेखाने वर्गले थुप्रै हुदा खानेवर्गमा गरिएको सोषणको  बिरुद्ध थियो लाग्थ्यो ति 'शोषक' वर्ग देख्दा ती 'भ्रस्टचारी' देख्दा त्यो कर्मचारी तन्त्र देख्दा त्यो जातीभेद र वर्गभेद देख्दा क्रान्तिको राको यसरी दन्किन्थ्यो कि तपस्यामा बसेको तपस्वी पनि बन्दुक बोकेर युद्धमा हिडे भोकको राको बालेर बसेका गरिबहरु निदारमा हँसिया हटौडा झन्डा अंकित रातो कप्फन   बाधेर बलीका बोका झै मर्नका लागी तयार भए!!

           तर... अहिले त्यसरी नै युद्ध सुरु गरेका टाउकेको चर्चिकला देख्दा त्यो बेला आफ्नो जिन्दगीनै  समर्पण गरेर युद्धमा होमिएका योद्दाहरुको  मन कती आक्रोसित हुन्छ होला परिवर्तनका लागी लालसेनाको शरिरका अंगअंगमै लुकेर बसेका गोलीहरुले कति सराप्छ होला? कयौ टुहुरा बच्चाको चाहना र सपनाले कति घच्घचाछ होला सहिदको सपनाले कति तर्साउछ होला फाटेका चोलीका तुना बान्दै युद्धमा मरेका सन्तानको सम्झनामा पलपलमा मुर्छा पर्ने आमाको आसुले कति पोल्छ होला!!! के यही दिनमा पुर्याउनको लागी त्यो जनयुद्ध थियो? के निमुखाको रगतको आलमा पौडी खेलेर सत्ता र भत्तामा भुडी फुलाउनको लागी थियो कि सुन्दर सान्त नेपाल बनाएर गर्वले छाती फुलाउनको लागी थियो?

जव बिहानीको किरण संगै सुरुवात गरिएन भने अस्ताउन लागेको सूर्य हेरेर जति कसिए पनि काम  पुरा हुदैन हातमा साचो हुदा हुदै घनले साचो फुटाउने मुर्ख हैन "महामुर्ख" हो। परिवर्तनको कसम खाएर सहिदको रगत र नेपाली जनताको पसिनाको मलजलले हुर्केका नेता हौ भने अब एकचोटी जनताकै निम्ती देशकै निम्ती परिवर्तनको लागी संयुक्त संकल्प बोकेर आउ ...जहाँ बर्षा देखि परिवर्तनको आशा बोकेर बसेका गरिवको मुहार फेरिने छ लगानी गर्ने वातावरण कुरेर बसेका लगानीकर्ताहरुमा आसाको किरण आउने छ परिवारको खुसीका लागी थाप्लोमा ऋणको भारी बोकेर परदेशीयका युवाहरु ओठमा खुसी बोकेर परिवार र देशको मायाको प्यार संगै फर्कने छन।
गुठ र उपगुठको झुन्डबाट हैन एउटा परिवर्तनको सोच र सुन्दर नेपाल हेर्ने निस्वार्थ विचार बोकेका पार्टी भित्र पनि राम्रा सोच बोकेका निस्कने छन पत्रकारबाट सत्यको पक्षमा कलम दौडाउनेहरु निस्कने छन कयौ बिरामी बचाउन अवरात खट्ने सकरात्मक सोच बोकेका डाक्टरहरु निस्कने छन परदेशीएका परदेशीहरु भोली आफु परदेशीएझै अरु कोही परदेशिन नपरोस भन्दै परिवर्तनको आवाज बोकेर फर्कनेछन अब बिगतका कमजोरीलाइ भुलेर गल्तिलाइ सच्चाएर सच्चा राष्ट्रभक्तिको   परिचय दिने समय आएको छ जातिय,धार्मिक र क्षेत्रिय सम्बन्ध खल्वलाएर हैन सबैलाइ एकताको मालामा बेर्ने गरी सिंगो देशको झन्डा बोकेर हातेमालो गर्ने वेला आएछ ।

ढुंगा मुडाको क्रान्ति हेर्यो, खुकुरी साटासाटको क्रान्ति हेर्यौ, बम बारुदको क्रान्ति हेर्यो, अव एउटा सोचको क्रान्ति हेर्नु छ अव बिचारको क्रान्ति हेर्नु छ अव सहमति र सम्वृद्धिको क्रान्ति हेर्नु छ साच्ची अव सबै नेताको इमान्दारीता र नेपालका नेता पनि राजनेता बन्न सक्छन भन्ने संन्देश संसार भरी फैलिने गरी क्रान्ति हेर्नु छ सुन्दर यसै सुन्दर छ मेरो देश अव विकास र परिवर्तनको जादु बोकेको देश बनेको हेर्ने मन छ अनि दुनिया सामु मेरो देश नेपाल भन्दा लाजले टाउको निउराउने हैन गर्वले छाती फुलाउन मन छ।.............,,,,,

Wednesday, September 17, 2014

                         
  फेरी एउटा "कथा"
                                           "दशैं र परदेशी"



                       दिनभरिको काममा जति लखतरान  थकान भए पनि काम सकिए पछिको पहिलो नजर वा पहिलो स्पर्श मोबाइल नै हो। काम सकिन साथ मोबाइल अन गरेको १२ वटा मिसकल आएर बसेको रैछ यसो हत्तपत्त मोबाइल खोलेको आफ्नै घरको नम्बरबाट गरिएको फोन ,,यसो नेपालको पात्रो सम्झिए भाद्र महिना अन्त्य भएर असोज महिनाको सुरुवात हुदै रैछ।
                  असोज महिना आफैमा दशैंको सुरुवात झै पनि हो। लाग्छ असोज र दशै 'पर्यावाची' शब्द झै !तर दशै र प्रदेशी फेरी दुस्मन झै लाग्छ याद मात्र आइरहने !!,, यसो सम्झिए दशैं पो आयो!!! दशैं भन्दा साथ गरिवलाइ दशा परदेशीलाइ सम्झनाको 'आँसु'आए झै लाग्छ यस्पाली भने मलाइ दशा कम सम्झना र याद अलि बढी नै आए झै आभस भएको थियो ।किनकी म परदेशी थिए।  लाग्छ, परदेश हुदा असोज महिना कहिलै नआवोस झै तर ऋतु र पात्रोले आफ्नो धर्म कहा छोड्छ र !!
   
        सायद....,,यही दशैं नजिक भएर होला यति धेरै मिसकलको थुप्रो लाएर बसेको अनि सोचे घरमा त फेरी यसरी न आमालाइ आउछ न बुवालाइ नै मेरो नम्वरमा कल गर्न? मन कस्तो कस्तो बनाउदै  हतारिदै कोठामा पुगेर घर तिर कल ब्याक गरि हाले पहिलो घण्टीमै आमाको आवाज संगै फोन उठ्यो। अनि किन यति धेरै फोन गर्नु भएको त भनेर मैले सोध्न नपाउदै घरमा कहिले सम्म आइपुग्छस भनेर अतेर लाग्यो ।त्यही भएर फोन गरेको भने पछि म दशैंको याद सजिलै मेटाउन सकिने झै गरी आमाको मन हासो तिर तान्न कोसिस गरे।

                    हजुरहरुले कसरी मलाइ फोन गर्नु भयो त भनेको तेरो नम्बरमा पुतलीको फोटो छ यही फोटो खोजेर कल गरे तेरो नम्बरमा जान्छ  भन्दा मैले हसाउने हैन उल्टो आमाले हंसाए झै गरी म हासे! अनि, जाबाफ दिए यस्पाली पनि दैलो माथी टासेको तस्वीरमा टिका लागाउनु पर्ला झै छ आमा,,,,, के भन्दै थिए आमा एक्कासी रुदै ती फोटामा त सधै टिका लगाउदै लगाउदै फोटै नचिनिने भैसक्यो यस्पाली त आइज न भने पछि मेरो मन नै कस्तो कस्तो भयो फेरी आमालाइ हसाउन हिजो आज फोन बाटै सरद्दे , बिहे गर्दिन्छन रे बाहुनले हामी पनि फोन बाटै टिका लगाउला नि भने .,,,
          
                    पहिले ठेकाको दही चोरेर खादा आमाले लखेट्दा म भागेर नाच्दा सम्म मुसुक्क हास्ने आमा यति ठुलो जोक गर्दा पनि हास्नु भएन । एकोहोरो सुक्का सुक्काको आवाज मात्र आए पछि फोन बाबालाइ दिन भने बाबाको कानमा पर्दा साथ सधै पैसाको कुरा गरिहाल्ने यसपाली भने पैसा भन्दानी अगि आमाले नै सोधेको कुरा दोर्याउदा लाग्यो पैसाको कुराले भन्दा अव बुडालाइ पनि छोराको यादले सताउन थालेछ । नथालोस पनि कसरी यो चौथो दशैं थियो बुवा आमा बिहीन दशै!!!मेरो प्यारो जन्मभूमि बिहिनको  दशैँ ,,,,,

           अनि बुवा संग जिस्किदै यस्पाली पनि संगै तास खेन्न नपाइने भो बुवा गाउ तिर पिङ चमच्चा हाल्दै होलान भनेर सोधेको पिङ त हाल्छन होला चमच्चा त कस्ले हाल्ने हो र!  यहा , मलामी जाने मान्छे त छैन गाउमा चमच्चा हाल्ने कुरा गर्छस.. भनेर नसकिदै मेरो मुटु नै चस्सक भयो।  अनि, सोचे साच्ची सबै युवा बिदेश पसे पछि गाउ अब गाउ नरहे झै भयो गाउ त बृद्धआश्रम पो भएको नमिठो अनुभुति भयो। अनि धिकार्न मन लाग्यो हाम्रो गरिवीलाइ , हाम्रो बिदेश पस्न बाध्य पारिने लाचारी देशका हुन्डारहरुलाइ अनि बिदेश नगए सम्म कुनै मुल्य नै नदिने अन्धो समाजलाइ । अनि सम्झिए श्रीमान पासपोर्ट वनाएर सहर नछिर्दै गाउ छोड्न गरिने नारीहरुको अनेकौ बहानालाइ अनि म पनि फेरी यथार्थमा फर्किए भोली म संग जिन्दगी साट्न आउने प्रियसी पनि यस्तै बाहना बनाएका सहर छिर्ने कुरा पनि आफैले आफ्नो यथार्थलाई  स्वीकार्दै धिक्कारे यो समाजको आधुनिकपन वा पछाउटेपनलाइ ! 

                  बुवा भन्दै हुनुहुन्थ्यो मिले सम्म आइजा दशैं सम्म तर म बुवाको कुरालाई न शब्दले नै समर्थन गर्न सक्थे न त ब्यबहारमा नै उतार्न सक्थे ,,हुनत दशैमा घर नआउने कोसिस नगरेको पनि हैन। तर... हाम्रो दशैँ,, न बिदेशी साउको  पात्रोमा नै थियो न हाम्रो दशैँ आउदा बिदा दिने कानुन नै उसको एकोहोरो काम काम काम गराउने सम्झौता पत्रमा नै थियो। ,,केवल उसको पात्रो र सम्झौता पत्रमा मात्र काम मात्र थियो  हामी उसको काम लाइ चुपचाप स्विकार्नु बाहेक अरु कुनै उपाएनै थिएन 'हिजो पैसाको अभाबले दशैँ आउदा खसीको बिलो किन्न नसकेर मन धमिलो बनाउने बुवा आज त्यहि अभाब टार्न परदेशिएको छोराको यादमा मन मात्र धमिलो होइन आखा पनि रसाएको थियो। म त्यो बुवाको आवाज बाटै अनुमान गर्न सक्थे '..!!
थुप्रै सुख दुखका कुरा गर्दा गर्दै फोन नै काटियो मेरो फोनको कार्ड सकिएछ फेरी कल गरु कार्डको अभाब कार्ड लिन कोसौ टाडा जानु पर्ने  अधुरो कुरा संगै वार्तालाब टुंगियो ,! 

सायद म परदेशी भएको धेरै पो  भएछ कि क्यारे!  यादहरु दृश्य र आवाजमा मात्र हैन मनमा नै सुनामी उर्ले झैँ भएर आउन थाल्यो आखा हरु पिल पिल गर्न लाइ सकेको रैछ  सायद यो सम्झना र यादमा रसिएका आखा हुनु पर्छ आखाका परेली पिल पिल गर्दै आसु भित्रै तानेर मन केहि हल्का हुने आसमा "फेसबुक" र "टुइटर"अन गरे   फेसबुक वालमा  पनि उही दशैँ आयो मात्र देखे कोहि प्रदेशी नेपाल पुगेका फोटा पोस्ट गरेका कोहि जादै गरेका एअरपोर्टका तस्बिर हरु पोस्ट गरेका कोहि हामी जस्तो परदेशीलाई चाडबाड नआएकै जाति भन्दै भिडियो सेयर गरेको देखे उनै नेपाल नफर्केका हरु हेरेर चित्त बुझाए।

                अनि, च्याट बक्स खोलेको संगै पढेको साथी पनि अनलाईन रैछ एकछिन कुरा भयो भन्दै थियो साथी महिनाको लाख खान्छस क्यारे !!  पैसाको के चिन्ता र iphone 6  किनिस कि नाइँ ? कति सजिलै लेख्न सकेको होला भनेर मन मनै भने अनि मैले पनि रिप्लाई गरे अस्ति मात्र iphone 5s किनेको अलि पछि किन्नु पर्ला भनेर तर उसलाई पनि के थाहा र भर्खर मैले च्याट गर्दै गरेको मोबाइल iphone 4  त्यो  पनि सेकेन्ड हेन्डमा किनेको भनेर!:) अनि,, एकलाख कमाउन जिन्दगीलाई पसिना संग हैन मृत्यु संग साट्नु पर्छ भनेर लेखेको म्यासेज डिलिट गरे किनकि त्यो पनि विदेश आउन पासपोर्ट बनको छ क्यारे उसलाई पनि यहि प्रश्न सोध्नु पर्ला भनेर त्यहि प्रश्न मनमै कपि पेस्ट मात्र गरे एक्कासी अफलाइन भयो सायद लाइन गयो कि ..त ..
यत्तिकैमा मैले पनि के स्टाटस लेखु लेखु भयो अनि फेरी गत बर्ष पोस्ट गरेको गित र फोटोको याद आयो अनि फोटो संगै फिलिंग मिसिंग दशैँ भन्दै   त्यहि गीत पोस्ट गरे ....!!!!!

कोहिले बिदा मग्दै छन रे कोहिले टिकेट काटे
मैले भने यसपाली नि आउछु भनि ढाटे
फोटो हेरी सम्झदै हौली आसु झर्दै पिडिमा बसेर ....
..यसपाली त यस्तै भो आमा अर्को साल आउने छु दशैमा....!!!.>

सायद यो मेरो भाका सराइको द्रोसो पटक थियो अब पनि हेरौ अझै कतिऔ पटक भाका सार्नु पर्ने हो ,
,
                   तर मनमा भने याद र सम्झना टुंगिन मानेन  मनमा दशैँ नजिक नजिक हुदा आखामा  अनेकौ दृश्यहरु घुम्न थाले।.कानमा अनेकौ बिगतका आवाजहरु गुन्जिन थाले फ्लिमको पर्दामा झैँ एक एक गरि देखिन थाले पिङ हाल्ने भन्दै बाबियो चोर्न जादा बबियोको साटो  'खर' चोरेर लिएको हासो लाग्दो  दृश्य होस् वा  मेरै आगनीमा सबै मिलेर लुठो बढ्दै काक्रो चोर्न लागेको भागबन्ड होस् यस्तै यस्तै यादले फेरी दशैँ ताजा बनाउन थाल्यो।
                  खोरखोरेमा गुर्जा डबल झन्डी त्रिबल , ५ को १०  दशको ३० भनेको याद आयो फ्लास खेलको मेरो १० ब्लाइड, मेरो हेरेर २०  भनेको आखै अगाडी नाचिरहयो अर्को तर्फ बुडा हरुको टोली कल्ब्रेक खेलको मेरो ३ हात मेरो २ हात मेरो ४ हात मेरो १ हात मात्र भनेर रमाइलो गरेका दृश्य र आवाज दुबै आखा वरिपरी घुमीरयो।

           लुठे पिंगमा मच्किएको मच्काइको याद आयो लुठे पिंगमा मच्कदै दशैँको पालो आयो, बाको पालो आयो , आमाको पालो आयो ,दाइको पालो आयो , दिदि को पालो आयो , सबैको पालो आयो ,यो सकेर मन मनै मेरो प्रियसीको पालो आयो भनेर कुर्लदै थिए पिंगको लुठो नै चट्ट छिन्यो।  नराम्रो संग भुइमा पछारिए अनि त झसंगै भए यसो हेरेको खाट बाट भुइमा लडेछु सपना पो रैछ ,,यसो मोबाइल हेरेको बेट्री सकिएर अफ भएको रैछ यसो भित्तामा टागिएको घडी तिर नजर लागेको बिहानको ७ बजी सकेको रैछ यहि पिंगको मच्काइ र लुठोको छिनाइ नै आजको अलरम झैँ सम्झे फेरी उसकै आद आयो यदि उसको पालो पनि पिंग नखेलेको भए सायद न लुठो नै छिन्थ्यो  न म झसंग भएर बिउझिने नै थिए फेरी मन मनै धन्यबाद दिए मलाई झास्काएर बिउझाउने सपनी लाइ .सायद लुठो छिन्नु नै हाम्रो सम्बन्ध छिनेको एउटा संकेत झैँ पनि लग्यो ! ,,कहिले काही सपनाले पनि जिस्काउछ झैँ लग्यो ..

.अनि, आखा मिच्दै सधै को दैनिकी मजदुरी तर्फ लागे ...मन मनै परदेशीलाइ दशै "कागलाई बेल पाक्यो हर्ष न बिस्मात" भन्दै ..कानो गोरुलाई औसी न पुर्णिमा झैँ परदेशीलाई पनि के दशैँ के तिहार साच्ची भन्ने हो भने परदेशी कानो गोरु भन्दा फरक पर्दैन झैँ भयो ..अनि दिन भरि मनमा गुन्जीरयो परदेशीलाई चाडवार्ड नआएकै जाति.....यसपाली त यस्तै भो आमा अर्को साल आउनेछु दशैमा ...यस्तै यस्तै,,,, गुनगुनाई .......रहे ....दशैको याद मेटाउने बहना बनाउदै 


....

अन्तमा जो जहाँ जे गर्दै भए पनि सबै सबैलाई आउदै गरेको नेपालीहरुको महान चाड बडा दशैको मनदेखि नै हार्दिक मंगलमय शुभकामना जो जहाँ भएनी हासेर मनाउ रमाउदै मनाउ ......मस्त रहु व्यस्त रहु ...
  





Tuesday, September 16, 2014

                       छड्के आखा खण्ड-३ 


"टुइटर भनेको एउटा "चौतारी" जहा, भरिया,बटुवा सबैले बिसाई फेर्न कुनै पनि सस्था व्यक्तिको  अनुमति माग्नु पर्दैन |"

समय फेरिदै जादा मान्छेको स्वभाब मात्र हैन परिचय पनि फेरिदै जान्छ .. यसरी फेरिदै जादा आफ्नो नामका पछाडी अनेकौ उपनाम हरु थपिदै जान्छन सायद यहि फेरिदै जाने समयले दिएको एउटा जिब्बेवारी पनि होला
त्यसैले होला सायद हिजोका दिनमा चल्ने टाइमलाइन र अहिले चल्ने टाईमलाइन कस्तो छ त
हेरौ छड्के आखामा जस्ताको तस्तै ...

हाइकिंग:- हाइकिंग टुइटरले दिएको एउटा उपहार झैँ बनेको छ जस्ले टुइटरमा  शब्द मात्र हैन आवाज पनि साट्ने निम्तो लिएर आएको छ .जहाँ शब्दमा पोखिने मन हरुलाई प्रत्येक्ष देखेर आवाज मात्र हैन रमाइला रमाइला ठाउ हरु घुम्ने र एउटा नया अनुभब संगै आत्मियता पनि बढाएको छड्के आखाले देखेको छ .

छड्के आखाले पहिले भन्दा सकारात्मक सन्देश बोक्ने खालका सकरात्मक शब्द कोर्ने हरुको  भिड बढेको अनुभब सम्म गरेको छ 
"टुइटर भनेको एउटा विचार साटासाट मात्र नभएर अपरिचित अनुहारमा परिचित शब्दको माया साटासाट गर्ने एउटा सुन्दर घर पनि हो |"..

धेरै कुरा मैले छड्के आखा खण्ड १ र २ मा गरि सकेको छु यहाँ मात्र टुइटे हरुको बारेमा मात्र जानकारी गराउदै छु ,

टुइट कोर्नु आफैमा नौलो कुरा होइन नौलो कुरा त टुइट जस्तो टुइट गर्नु हो जहाँ १४० को परिधि भित्र बसेर सबैको मनमा एकछिन रोकिएर फेरी पढु पढु  हुने टुइट कोर्नु चाही पक्कै नौलो कुरा हो त्यसैले केहि तेस्ता टुइटे छन जसका टुइटले १०० भन्दा बढी रिटुइट पाए 
स्मरण रहोस मलाई रिटुइट कुनै मतलब छैन भनेर बाहिर जति खोके पनि कुनै पनि टुइटेको  टुइट रिटुइट  हुनु नै उसको शब्दले पाएको न्याय हो ,त्यस्ता दमदार टुइट कोरेर १०० RT कमाउन सफल टुइटे हरु 

१.लेन्दाई
२.रक्स पोख्रेल 
३.अमृत 
४.स्वेच्छा 
५.शुन्ना
६.परदेशी
६.सम्धी(सन्तोष)
७.पाण्डु राजा 
८.हेन्सी बिरालु
९.फन्नी महाराज 
१०.क्षितिज 
११.अमृत दाहाल 
१२.नम्रता 
१३.दृश्य 
१६.निशा
१७.बुडो दादा
१८,नारायण
१९,भाइरस
२०,तीनपाते
२१,मुक्ति
२२,ठुल्केटो
२३ .कोशिस ओझा
२४ .खरायो
२५,बैद्य बाको बा
२६,सिकारु
२७,प्रेममोति  

मैले १०० रिटुइ कटाउनेको नाम कोर्दै थिए तर जसरी चुनाबमा नेताले भोटको भिक् मागेझै डीयम मा लिंक दिएर होस् वा मेन्सनको लहरो तन्काएर होस् भिक् माग्ने प्रवृति मौलाएकोले सायद अब सभासद ६०१ भन्दा बढी संख्या पुग्ने डरले सबैको नाम उलेय्ख  गर्न असमर्थ रहे,,,,

बिगत भन्दा अहिले टुइटरमा देखिने स्त्रीलाम्पट प्रवृति तुलनात्मक रुपमा कम भएता पनि केटीको सामान्य भातमार टुइट मा रिटुइट गर्ने वा बिहान शुभ बिहानी भनेको टुइटमा मेन्सनको लहरो बेलुका शुभरात्री भन्ने बेला सम्म तन्काउने बोके प्रवृतिमा देखाउनेको भिड भने कम भएको छैन !

को हो त टुइट चोर !!

जस्ले  अरुको शब्द र कलाको सम्मान गर्न जान्दैन जो अरुको  कलम हैन कलम बाट कोरिएका सम्पती लाई  लाज नामको  एउटा इमान्दारितालाई  आर्य घाटमा जलाएर अरुको टुइट वा कहिँ कतै लेखिएका १४० अक्षरमा आट्ने कुनै पनि मिठो सन्देशपूर्ण लेख हुबहु सारेर  दुनियाको गालीको केन्द्र भनेर टुइट पोस्ट गर्छ त्यो नै टुइट चोर वा अरुको  शब्द नामको  सम्पती चोर हो ! टुइटरमा टुइट चोर्ने प्रवृति पनि निक्कै मौलाएको छड्के आखाले देखेको छ यस्ता टुइट चोर हरुले अझै आफुलाई चोर्नुमा बहादुरी सम्झेर  आफै लेखेको भन्ने जस्तो कुतर्क गरेको सम्म देखिएको छ !



भिख प्रवृति  !!!

बिगत केहि महिना देखि १०० रिटुइट काटेपछि बरिस्ट बनिन्छ भन्ने होटबाजीले गर्दा सामान्य खालका टुइट पनि कहिले डीयम गरेर होस् वा मेन्सन मै यो टुइट रिटुइ गर्नु भयो न गरे पछी परिन्छ है भन्ने प्रचारबाजी मौलाएको छड्के आखाले देखेको छ  भिख प्रवृति बोकेर यति सम्म डुले कि फलो गरेका जति सबैलाई डीयम गर्न सम्म  पछी नपरेको कुरा समेत छड्के आखाले  अनुमान गरेको छ ...
यो प्रवृतिले टाइमलाइन नै बोर  लाग्ने गरेको धेरै टुइटे हरुको आक्रोस र गुनासो सम्म रहेको देखिएको छ !!


 नकापधारी प्रवृति !!!

आफ्नो परिचय लुकाएर  टुइटर लाइ आफ्नै राम राज्य बनाउन खोज्ने वा  टुइटरले लेख्न देको छ भन्दैमा  हग्नेलाई भन्दा देख्नेलाई लाज भने झैँ लेख्ने लाइ भन्दा देख्ने लाई लाज लाउने गरे अपाच्य शब्द कोर्ने टुइटे लाइ नकापधारी प्रवृति भनिन्छ l यस्ता टुइटे टुइटरमा  मनपरी टुइट गर्नु का साथै अरुको टुइटेको नाममै हेन्डल बनाएर चरित्र हत्या सम्म गर्ने गरेको छड्के आखाले देखेको छ l साथै  यस्ता नकापधारी हरु  प्राय सकारात्मक  टुइट भन्दा टियल नै  बिबादमा राख्ने गरि नकारात्मक सन्देश फैलाउने खालको  लाचारपन बोकेर आएका हुन्छन ,,,

तर कतिपय आफ्नो परिचय लुकाए पनि टुइटरमा हासो  मजाक गर्नुका साथै मिठो मिठो टुइट गर्ने मनकारी टुइटेलाइ भने नकापधारी टुइटेको कोटामा राखिएको छैन ,,!!

नकापधारी टुइटे त्यो हो जो आफु नकाप लगाएर अरुको चरित्र हत्या
 गर्नुका साथै अपाच्य छाडा टुइटको खेति गरिहेको हुन्छ  !!


                                             टुइट पत्र 


प्रिय टुइटर ,

        हिजो आज तिमीबाट एकपल पनि टाढा जानै मन लाग्दैन सायद तिम्ले मलाई मोहोनी लायौ कि क्या हो l हर पल तिम्रो यादले फुर्सद र नेट हुदा साथ् पहिलो ढोका तिम्रो नै खोल्न मन लाग्छ ..
तिमि  संगको यात्रामा यस्ता अपरिचित साथीहरुको परिचित मित्रता बनाएर यति नजिक सम्म पुरायौ कि अब तिमी मलाई छोडेर गए पनि शब्दबाट साटिएका मित्रताले कहिले नछोड्ने गरि माया गासीदियौ तिमीलाई शब्दको धन्यबादले मात्र पुग्दैन होला मन देखि आवाज र मुटुको धड्कन पनि मिसिएको धन्यबाद छ है ..!!


तिमि संगको यात्रामा यहाँ परदेशी र झापालीको मिठो बतासे संगै माया गास्ने बनायौ कहिले छितिज संग डाडाको दुरी मात्र हैन आत्मीय दुरी पनि नजिक बनायौ रविनबाबु संगको मित्रता त झन् म यहाँ कहाँ पोखेर पोख्न सक्छुर जे होस् तिमि कहिले भाइरस रुपी फेबको स्पर्सले अंकमाल गर्ने गरायौ भने कहिले लुकेर रहेका मेरा शब्दलाई नारायण नामको सुन्दर मन बोकेर रिटुइ बोकेको उमंग छर्ने गरि टाइमलाइन भरि मलाई नचाई रहन्छौ खुसि लाग्छ तिम्रो संगत संग पानको पात रुपी सिरसिर बतास लीएर आउने तिम्रो आगमन लाई प्यारो लाग्छ १४० अक्षर भित्रै कहिले फलानो नामको उपमा दिदै त कहिले पड्के नामको उपमा पनि खुसीको एउटा अंश लाग्छl
फराकिलो मन बनाउने परि,खुसि, अनु  र अरु अरु पनि कहिले कुनै पनि बतासका प्रहारमा रिसाएर भन्दानी हासेर बतास फर्काउने मनकारी सारथी पनि पाए ..!! तिमि संगको सहकार्य संगै ..

               कहिले फन्नी नामको शब्द लिएर आउने कहिले सुमन नामको बाट त कहिले शुन्ना त कहिले ठुल्केटो त कहिले तीनपाते कहिले अमृत त कहिले दिपक बुडा  त कहिले मुक्ति नामको शब्द लिएर एकोहोरो भएको मन  लाई पनि ओठ नखोली सुखै दिदैनौ  पेट मिचिमिची हसाइ दिन्छौ l
 दहाल बाको बिजुली काण्ड होस् वा दहाल vs घने जोक्स होस्  वा धमलाको जोक्स काण्ड होस् निक्कै बेर हासोको फोरो फुटेको हुन्छ ,,,

साच्ची तिमि संगको यात्रा रमाइलो मात्र हैन आनन्द पनि लाग्छ  हो तिमि संगको यात्रामा मन फराकिलो र सुन्दर शब्द कोर्ने चिजन दिदि दियौ अनि स्वेच्छा नानु पनि तिमि संगको सहयात्राले पाएको हु तिमि मलाई सरोबर नामको मुटुमै लुकाउने साथी दियौ सधै हासी खुसि रहने खित खित बोकेर आउने बिक्रम पनि दियौ तिमि त्यो भन्दा नि ठुलो त सानो सानो गल्तीलाई पनि सच्चाई दिन आउने सन्तोष सम्धी पनि दियौ अनि मन पनि फराकिलो बनाउने कहिलै नराम्रो नसोच्ने मौनको छोटो मिठो टुइट संगै आउने शून्य विचार मात्र हैन किसु ,निसु,परि,प्रतिक्षा,ऋचा,प्रतिमा, मन्दिरा,मान्सा,गरिमा ,समर्पण ,मेन्छेया,समिक्षा ,कोको,आभा,सरु थापा ,,बिने दिदि ,सबिता जस्ता फराकिला मनले भरिएका नारी टुइटे सहयात्री पनि दियौ


तिमि कहिले एक्लो हुन् दिदैनौ फुर्सद हुदा साथ् कहिले अर्गेलो को कथा बोकेर आउछौ त कहिले अल्पे को सानीको कथा त कहिले सिकरुको हाईके यात्रा त कहिले प्रेममोतिका गजल सेर हरु त कहिले एक्तारेको फिलिंग बरिस्टे नामको रमाइलो कथा बोकेर छोडेर जान्छौ..कहिले जति पढे पनि धित नै नमर्ने लेन्दाई  का कथा त कहिले तीनपातेका हजारौ  शब्दका कथा बोकेर आउछौ,,,नपढी सुखै नदिने गरि ,,

यदि म तिमि संग नजोडिएको भए न म संग बिराल जस्तो मित्रता को साथ् हुन्थ्यो न मिठो शब्द साटासाट गर्ने पाण्डु राजा,सवारी  संग नै उठबस हुन्थ्यो न सधै सम्झीरहने उल्टे जस्तो प्रिय सारथी नै न त जुंगे झैँ मिठो साइनो गास्ने साथी नै जे होस् तिमि संगको संगतले सुर्जेदिप,गाउले, सानो भाइ, सुनिल ,संग मात्र हैन  आर्यो,रातोभाले,नेपाली बाबु ,क्याफे,कुमार केटो ,भुरुंग,कुमार,निर्मल,नौजवान,अज्ञात,लोड सेटिंग,क्रेजी,शिब दहाल, यमराज,रेलगाडी,साउकोऋण,mr. dipak,रमिन्द्र लामिछाने ,Elister Dicapario,खुर्पेटो.उज्वल ,चुलबुल पाण्डे ,भण्डारी दाइ ,बेवारिसे ,अल्छी ,यमराज,सुदुरे,कल्ध्व्ज ,गुरुदेव,रंगिन अध्याय, 

उमग,कबिनचा हरु संग पनि शब्दको मित लाउने बनायौ साच्ची तिम्लाई जति सलाम गरे पनि म अधुरो रहन्छु ,,

यो टुइट पत्रमा नाम लेख्न चाहेर पनि छुटेका तर छुटे पनि  फराकिलो मुटु हुने  महासागर भन्दा ठुलो मन बनाएर मन सगुरो नबनेउने मेरा टुइटे सारथी प्रति पनि  कहिले भुल्न नसकिने सम्झना ..छोडेको छु ...

बिरालु संगको डीयम मेन्सन र झगडा पनि आफ्नैपनको उपहार झैँ लाग्छ ,,अझ मलाई आफ्नै भाइ झैँ सम्झने प्रदिप दादाको त के कुरा अनि मलाई पहिलो चोटी भेट्ने यामु   र निश्चल नबिनको  त झन् म कहाँ यहाँ शब्दमा पोखेर पोख्न सक्छु र .!!

तिमि मलाई म संगै हिड्ने मात्र हैन म भन्दा अग्रज र मैले सम्मान गर्ने दादा, दिदि,काका भन्ने हरु संग समेत मित्रता गास्न सिकायौ तिमि नै त हो टुइटर ,,मनमा लुकेका पिर,खुसी,उमंग सबैलाई कसैको अनुमति बिना नै टाइमलाइनमा छरेर मन सितल बनाउने ..
कहिले शिकारीको स्केच को चर्चाले कलाको सम्मान दियौ त कहिले बरुणको कार्टुनले टाइमलाइन नै  रंगीबिरंगी बनायौ ,,l
    जब बिहान टुइटर खोल्छु पाशाले शुभ बिहानीमा राख्दा साच्ची साप्ताहिक मा टुइट छापिए भन्दा खुसि लाग्छ ,,l मान्छे लाई सानो सानो कुराले पनि खुसि राख्छ भन्ने कुराको प्रमाण पनि यो हो झैँ लाग्छ अझै जब म तिम्रो सहारा लिएर शब्द बाडछु  अनि शब्दले पाउने फेव रुपी माया र रिटुइट नामको उमगले त झन् शब्दको खेती नै गरेर बसु झैँ लाग्छ ..

टाइमलाइन सर्दै जादा धेरै चोटी लेनिन,स्वेच्छा,शुभचिन्तक,मान्ठा,सरु थापा ,रोसन अमृत,धर्मनन्द,सुमन,बुद्धिसागरको टुइटमा एकछिन मन र आखा नबिसाई  अगी बढ्नै दिदैनौ ,,,

 साच्ची टुइटर तिमी संगको यो सहयात्रा सहयात्रा मात्र नभएर एउटा सिक्ने र सिकाउने पाठशाला झैँ ठानेको छु मलाई आसा छ आउदा दिनमा पनि यसरी नै शब्दहरु साटासाट बाट आत्मीय मन हरुको दुरी पनि नजिक बनाई दिने छौ कसै संग रिस राखेर हैन कि सबै संग मिठो सम्बन्धको बिसाल सागर झैँ फराकिलो बनाइदिने छौ भन्नेमा म पुरै आशाबादी छु .!!!!!.


                                                  उही तिमी संगै तिम्रो चौतारीमा शब्द बिसाउने
                                                                         
                                                                            छड्के !!!

हिजो जस्तो आज छैन, आज जस्तो भोलि हुन्छ भनेर सोचेको पनि छैन! 
जे हुन्छ राम्रोको लागि हुन्छ हासौ :) रमाउ भोली हुन्छ वा हुन्न के थाहा.!

नोट:- छड्के आखा केवल मनोरन्जनका लागि कोरिएको हो यहाँ धेरै कुरा अधुरा र अपुग छन  कसैले पनि यो लेखलाई अन्यथा नसोच्नु होला धन्यबाद ,,!!!

छड्के आखा खण्ड-१ पढ्न यहाँ

       छड्के आखा खण्ड-२ पढ्न यहाँ क्लिक गरौ
































Monday, June 2, 2014

         "  गजल"

सम्बन्धको डोरी अझै गास्न बाकी छ
एउटै गित र एउटै तालमा नाच्न बाकी छ!

जति चर्चा चल्छ हाम्रो उति माया बढ्छ भन्छन
तिम्रै काखमा मेरो शिर गास्न बाकी छ!!

साँचों माया गर्नेहरु डराउदैनन मृत्यु संग
डोरी हाम्रो चुडाउनेलाइ मास्न बाकी छ

मुना मदन डाहा गरुन हाम्रो माया देखे पछि
कस्तो मिठो जोडी भनि हास्न बाकी छ!

नडाउछौ दुस्ट संग नडराउछौ बैरी संगै
अब भने अन्तिम पटक जाच्न बाकी छ !

Monday, May 26, 2014

विश्वकप फुटबल "२०१४"



सबै खेल जित्नका लागी खेलिन्छ। तर, सबै सहभागी जितका भागिदार हुन पाउदैनन किनकी यो खेलको नियम हो। खेलमा जित होस् वा हार यो महत्वको बिषय त हो।तर, यो भन्दा पनि महत्वको बिषय समर्थक हरुमा देखिने एक प्रकारको उत्साह र समर्थनको लहर पनि कम महत्वको बिषय होइन । प्रसंग केही दिन पछि सुरु हुन लागेको विश्वकप 'फुटबल'२०१४' को हो। खेल सुरु हुन अझै धेरै समय बाकी छ तर पनि सामाजिक संजालमा अहिले देखिनै समर्थक हरुको चहलपहलले सामाजिक संजालहरु रंगीबिरंगी भै सकेका छन।
हुनत ४ बर्षमा आउने बिश्व उस्वब जस्तै पनि हो "फुटबल"चहलपहल हुनु नौलो कुरा त होइन । तर पनि सामाजिक संजालमा आ-आफ्ना समर्थकहरुको कित्ता छुटिएर पानी बाराबारको स्थिति भने अलि बढी नै भक्ति भयौ कि भन्ने हो। चाहे अर्जेन्टिना होस्, चाहे ब्रजिल होस्, चाहे जर्मनि, चाहे स्पेन, चाहे इटाली, चाहे अरु अरु देश किन नहुन न आमा तिरको मामा साइनो लाग्छन न बाबा तिरको काका नै जस्ले जिते पनि न हाम्रो राष्टियतामा ठुलो परिवर्तन आउने हो। न कुनैले हारे पनि असर पर्ने हो। हुन सक्छ कुनै आफ्नो समर्थन गरेको देशले जिते बाजी थापे जितिएला नभए आत्म संतुस्टि सम्म हुन सक्छ!! यत्ती न हो । 
मलाइ आशा र बिस्वास छ यदि विद्वान र मन फराकिलो भएको समर्थक छ भने कसैलाइ चित्त दुख्ने अनि व्यक्तिलाइ असर पर्ने गरी वचनको प्रहार गर्दैन बिरोधी भए पनि! हुनत मन फराकिलो हुनेहरुले यो केवल खेलको समर्थन हो आफ्नो समर्थनमा केही कुरा लेख्दा शब्दको केही अंशले हानेको तिरलाइ सामान्य सम्झने छ केवल रमाइलो मानेर!! 
म त के भन्छु भने मन मुटु फराकिलो बनाएर रमाइलो गरु जस्ले जिते पनि जो हारे पनि मितव्यिता अप्नाएर रमाइलो बिरोध र समर्थन गरौ। मन सानो नबनाउ! हासौ रमाउ हाम्रो के जान्छर..!!जुन देश हारे पनि जिते पनि भन्ने हो हाम्रो भने झै हुने भए हाम्रो समर्थनले जित्ने भए यस पालीको वल्डकप "जापान" ले जितोस् "कोरिया"ले जितोस् जहा हाम्रो बढी खुसी जोडिएको हुन्छ।।
बिरोध यसरी गरौ कि प्रतिपक्षको कमेन्ट पढ्दा बिरोधीहरु पनि मुस्काउन सकुन। मनमा कालो नराखी मज्जाले समर्थन र बिरोध होस् यो फलानो टिमको समर्थक फुलीलाइ ब्लक गरे भन्ने जस्ता शब्द पढ्न नपरोस् कसै संग दुश्मनी नहोस् यहि कामना !! 
अनि, आसा छ यो गुट र त्यो गुटको समर्थन गर्ने सबै नेपाली मनले भरिएका नेपालीहरुलाइ छिटै एउटै रातो र चन्द्र सूर्य झण्डा मुनि एकजुट हुने गरि एउटै आवजमा नेपाल भनेर विश्वले सुन्ने गरि भन्ने पदभार नेपाली फुडबल जगतले दियोस् विश्बकपमा हामी यस्पाली भन्ने नारा गुन्जाउन पाउ!! सबैको कामना त्यो खुसी र एकताको मालामा जेलिने दिन छिटै आवोस् जय फुटबल जय विश्वकप फुटबल "२०१४"


:- (स्मरण रहोस् लेखक अर्जेन्टिना को कट्टर समर्थक हुन )

मेरो पनि भन्नु छ मा केहि ब्यक्तिका भनाइ
न आर्जेन्टिना न ब्राजिल यसरी नछुट्टिउ एकताको प्रतिक हामी
नेपाली एक अर्काको सम्मान गरौ सकुशल बाचौ र बचाऔ :ही
- नारायण

खेल हो भरपुर मनोरन्जन लिनुस! सप्पै ले अर्जेन्टीना को सपोट गर्नुस! भाइ भाइ फाटेर अरु अरुलाई सपोट नगर्नुस भन्न चान्चु :-)
-;परदेशी

पछिल्लो समयलाई बिर्साउने गरि मेस्सिले खेल्नेछन
र अर्जेन्टिना बिजेता बन्नेछ .. यतिनै मेरो भन्नु छ ।




Thursday, May 15, 2014


कथा,


                                    "नसा जिन्दगीको"



          एस.एल.सी. सकिएपछि सहर छिर्ने रहर हुदा हुदै पनि आफ्नै ठाउमा खोलेको स्कुलमा नै + २ सकियो। पल्स टु सकिए पछिको विकल्प गाऊ छोड्नु नै थियो। गाउ,घर, परिवार छोड्नु त छदै छ ,छोडेपछि काठमान्डौ नै जाने निर्णयका  साथ म,रबिन अनि राजु संगै पढ्ने भनेर हाम्रो लागी एकदमै नया सहर काठमाण्डौ हिडयौ । नया ठाउ,नया सहर ,नया उस्साह ,नया कल्पना र नया सपनाका बोकेर । सहर पुरानो थियो तर हामी सहरको लागी नया थियौ। मान्छेहरुको हुल थियो! तर,हामी एक्लै थियौ तिन जना मात्र काठमाण्डौ झरे पछि रबिनको काकापर्ने सानो तिनो जागिर गर्दै यहि सहरमा गुजरा चलाइरहेका उनको सम्पर्कमा गयौ।

                   केही दिन पछि त्यही काकाको सहयोगमा एउटा कोठाको बन्दोबस्त का साथै कलेज पनि फिक्स भयो अनि काठमाण्डौ सहर भित्रको जहरले भरिएको जिन्दगी सुरु भयो संगै तिन जना एउटै कोठा एउटै कजेज भएकोले नया साथी संग घुलमिल हुन धेरै समय नै लागेन। तर कलेजमा आउने धेरै बिधार्थीको कला पढ्नु भन्दा क्लास बंक गर्नेमा देखिएकोले दिक्क पनि लाग्थ्यो। तर हामी त्यता तिर ख़्याल नै राखेनौ घर परिवार सम्झेर पढाइ तिर लगाब भइरहयो रबिन भन्थ्यो ब्याचलर सकेर बैंकमा जागिर खाने हो राजु अलि ज्यान परेको ल्यापटन हुने हो भन्थ्यो। म हास्दै,आफु त बाउको पेसा समाल्ने हो मास्टर हुने हो भनेर जिस्कन्थ्यौ । समय बित्दै गयो फस्ट यरको परिक्षा पनि सकियो सबैको राम्रो नै भयो।

       परिक्षा सकिए पछि घर जानु भन्दा फुर्सदको समयमा यतै कम्प्यूटर र इंग्लिश ल्यङ्वज सिकौ भनेर तिन जना नै पढ्ने सुरु गर्यौ १०,१५ दिन राम्रो संग नै चलेको थियो हामी पढ्ने तला भन्दा माथीको तलामा बिदेश पढ्न पठाउने 'कन्सलटेन्सि' रैछ। त्यहा आउने जाने मान्छेको चहलपहलले तानेछ कि क्यारे रबिन र राजु पनि जाउन बुझ्न भनेर गयौ । चिल्ला कुरा र सपनाका ठुला ठुला सहर र फेरिने जिवनशैलीको बढाइ चढाइ बाट रबिन र राजु पग्लिहाले उनी हरु कंप्यूटर क्लास छोडेर भोली बाट उतै जाने भए । म भने एक्लिए उनीहरुले रोजेको गन्तव्य बाट समय आफ्नै गतिमा बित्दै गयो हाम्रो जिन्दगीको घडी पनि रोक्न कहा मान्यो र चलिरह़़यो ।


रबिन अस्ट्रेलिया जाने भयो राजु आफ्नो मामा यू.के भएकाले यू.के नै जाने भनेर एप्लाइ गरे म पनि आफ्नो पढाइलाइ निरन्तर दिए। एउटै उदेश्य बोकेर सहर छिरेको डेढ बर्ष नबित्दै एउटै कोठामा पक्ष र बिपक्ष झै बनिसकेका थियौ "बिदेश कि पढाइ"भन्ने शिर्सकमा ।


केही समयको प्रखाई पछि रबिन को भिषा लाग्यो। तर राजुको रिजेक्टेट भयो। मन मनै त राजुको भिषा नलाएकोले खुशी पनि लाग्यो मेरो पनि संगै पढ्ने साथी हुने भो भनेर तर बिदेशको नसामा चुर्लुम्म डुबेको राजु कहा पढाईलाइ निरन्तरता दिन्थ्यो र फेरी अरु देशको लागी बुझ्न एउटा इमान्दार सिपाही खटे झै लागी पर्यो।

          केही दिन पछि रबिन हामी संगैको साथ छोडेर अस्ट्रेलिया गयो । राजु यू.एस् .ए लैजाने दलालको मिठो र गुलियो बोलीमा माहुरी झै भुलेछ  र उस्को यात्रा पनि सुरु भयो । हाम्रो पनि फस्ट यरको रिजल्ट आयो तिन जना नै राम्रो अंक लिएर पास भयौ। तर संगै खुसी साट्न पाएनौ किनकी उनी हरु यहाँ भन्दा नि ठुलो र सुन्दर सहरमा बसाइ सरिसकेका थिए । तिन जना रमाइउने कोठामा एक्लै भए म । तर पनि म आफ्नो पढाई नै जिन्दगीको सम्पती ठानेर निरन्तरता दिइ रहे समय बित्दै गयो।

               एक दिन बिदाको दिन सनिबार साँझ बजार निस्केको बेला 'साइवर' तिर छिरे साइवर छिरे पछि सुरुमै ओप्पन गर्ने भनेकै फेसबुक नै थियो यसैलाइ निरन्तरता दिएर त्यही फेसबुक अन गरे सरर वाल हरु हेरे । १० वटा फ्रेन्ड रिक्योस्ट देखे  सबै लाइ एसेप्ट गरेर  वाल सार्दै जादा रबिन ले "इन्जोए वेथ फ्रेन्ड " शिर्षकमा टन्न समुन्द्रमा रमाएका फोटा हालेको रैछ लाइक र कमेन्ट दुबै गरे  । राजु पनि सेभली ल्यान्डिङ इन यू.एस.ए लेखेर ब्यागराउन्डमा ठुलो सहर भएको फोटो पोस्ट गरेको रैछ करिब ३ महिनाको लामो यात्रा पछि पुगेछ! भन्ने भयो। रबिन अनलाइन रहेछ एकछिन रमाइलो कुरा भो रबिन संग राजु लाइ भने अफलाइन म्यासेज छोडे ।
   अनि उही कोठा तिर लागे साइवर छोडे पछि नै मनमा के के कुरा खेलिरहन्छ कोठामा पुगे पछि यस्ले झन ठुलो रुप लिन्छ सम्झन्छु घर तिर बाबाको प्रा.बि मा पढाएको जागिरले आमाको नियमित खाने औसधीलाइ मात्र धान्न सक्छ मेरो खर्चको लागी साउ नै ताक्नु पर्ने कोठोको हालत त्यस्तै दाल बने तरकारी बन्न मान्दैन। तरकारी बने दाल बन्न नमान्ने, मासुको स्वाद चाख्न परदेश गएका लाउरे नै पाहुना बनेर आउनु पर्ने, पुरै दुई छाके पारा बिहान टु बेलुका बाहिर खाजा पनि यस्तै मान्छेको आगमनको पर्खाइमा हुने। सबै कुरा सम्झिदा मेरो मनमा पनि बिदेशको भूत नमजा संग चढ्न थाल्यो। पढाई प्रति प्रगतिको सोच भन्दा समय बर्बादीको सोचको बहुमत हाबी हुदै जान थाल्यो । र पनि पढाइ प्रति ध्यान दिन पट्क्कै छोडेको भने होइन । त्यो रात यसरीनै मनमा अनेकौ द्वन्द चलेर नै निद्रा बिना नै बिहानी भयो ।

विहानी संगै कलेज सकिएर कोठो तर्फ फर्कने बेला नेपाल यातायात चढ्नै लाग्दा स्टेशनको  ठिक अगाडी ठुलो बिल्डिंगको तेस्रो तलामा ठुला अक्षरमा "study in Japan"  लेखेको ठाउमा मेरो आँखा ठोकिन्छ। म चढ्नै लाएको गाडी छोडेर भोकै पेट त्यही ठुलो अक्षरलाइ पछ्याउदै जान्छु । अनि सबै कुरा बुझ्छु कुरा पूरै माहुरीको मह भन्दा मिठो भर्खरै सम्पन्न भैसके झै गरी लगाउछन म पनि हिसाब गर्छु मन मनै एकाएक मनमा सपनाको सहर र अभाब नै अभाबको जिन्दगीबाट एउटा सुनौलो संसारमा पुगे झै महसुस गर्छु। कल्पनै कल्पनामा सपनाका महल खडा गर्छु । अनि भोली बाट नया अध्यायको सुरु गर्छु। नर्सरीको बालक झै सिसाकलम इलेजर समाएर 'हिरागाना' कातागाना ओहायोगोजाइमास, कोनिचिवा, गेन्की देसका यस्तै यस्तै तोते बोलीको बालक झै बोल्दै लेख्दै!.........

बिहान कलेजको पढाइ सके पछि जापनिज भाषाको क्लास पनि दैनिकी झै बन्छ । पढ्दा पढ्दै अक्टूबर सेक्सनको लागी एप्लाइ गर्ने भए बुवाले पनि नाईँ भन्नु भएन बुवाले पनि नाई नभनेर सकारात्मक रुपमा लिए पछि बुवालाइ घर व्यबाहर थेक्न कति गार्हो भएको रैछ भन्ने सजिलै अनुमान गर्छु । ३ महिनाको पर्खाइ त्यही भाषा पढ्न र हल्का कजेज जादैमा बित्यो ३ महिना पछि भिषा लाएको खबर आयो पहिले त आफुले पत्ताउन गार्हो भो मन यसै फुरुंग भयो। उडु उडु कस्लाइ भनु भनु संसार नै मैले जितेकि झै हुदै गयो सपनामा झन सपना बुन्न थाले । घरमा खबर गरे सबै जना खुसी हुनुभयो। तर ,आमा अलि बढी नै बिरामी भएकोले त्यती खुसी देखिनु हुदैन्थ्यो र पनि म आमालाइ सके जति सम्झाउथे । त्यही दिन आमासंग फोनमा धेरै कुरा भयो। आमाले घुमाउरो पारामा बिहे गरेर जान अनुरोध गर्नु भयो मैले अहिले नगर्ने भनेर सम्झाउन खोजें पनि आमाको जिद्दी संग म हारे ! म जानु पहिले बिहे गर्न राजी भए, बुवा आमाकै निर्णयले नै मेरो जिन्दगीको जिवनसाथीको फैसाला गरिदियो । म मौन रहेरै समर्थन जनाउनु बाहेकको अरु बिकल्प देखिन। एता उता गर्दा जहाज चढेर सपनाको सहरमा जाने दिन पनि नजिकिदै गयो लाग्थ्यो कसैले के गर्दै छस् हिजो आज भनेर सोधे पनि हुने सान संग जापान जादैछु! भन्न हुन्थ्यो झै लाग्थ्यो। म मात्र जादैछु कि झै लाग्थ्यो मनमा खुसीको बहार २ दुना ४ हुदै उर्लिदै थियो। सबै परिवारका साथै जिवन संगिनी संग पनि छुटेर म बस्दै गरेको सहर भन्दा नि ठुलो र सुन्दर सहरमा बसाइ सर्नु बाध्यता र सपना दुवै भैसकेको थियो। यसैलाइ पछ्याउदै नेपाल एअर लाइन्स लेखेको ठुलो चरा मा चढेर जापानको लागी जिन्दगीमा पहिलो अनुभव संगै मेरो जन्म भुमिबाट लुक्छु!!!


सुरुमा सबै संगै गएका साथी संग रमाइलो संग नै दिन बित्छ तर दिन बितेरमात्र कहा हुने रैछर !!समय बित्दै गए संगै मनमा घरको सम्झना र साउको रिनले उकुसमुकुस बनाउन थाल्छ। गएको दुइ महिना पछि मात्र दिनमा ४ घण्टा काम पाउछु ४ घण्टा स्कुल बाकी यता उता गरेर बित्छ ४ घण्टा काम गरेर कमाएको पैसा जति कन्जुस गरे पनि आफ्नो खर्चका लागी बाहेक कत्ति पनि बचत हुन सक्दैन । तर उता घर तिर आसाका ठुला ठुला डोरीहरु तन्काइ रहेका हुन्छन म आउनु पहिलेका खुसी सम्झन्छु , कन्सलटेन्सिमा गरेका गुलिया कुराको याद गर्छु अनि आफु तिरै धारे हात लाउछु । नमरी स्वर्ग देखिदैन भन्थे म नमरेरै स्वर्ग र नर्क दुवै देखि सके झै हुन्थ्यो ।

     धेरै कुर मनमा खेल्ने भएको ले होला  ' धुवा' र 'बोतल'  लगभग साथी झै बनाइ सकेको थिए ।
     
 एक दिन घरमा फोन गरेको भाई भन्दै थियो फलानोलाइ उस्को दाईले आइफोन पाठाइदेको छ मलाई पनि पठाइदिनु न , बुवा फलानो साउले अताएको छ के गर्ने हो ? म सबैका मागलाइ हुन्छ म अर्कों महिना तिर पठाइदिन्छुनी भनेर झुटको खेती गर्नु बाहेक अरु कोही देख्दिनर म यसै भनेर टार्दिन्छु। यसरी अतिकति कमाएको पैसा पनि स्कुललाइ बुझाउदा मात्र सकिने हुदा साउको रिन तिर्ने त पराइ जावोस् व्याज पनि कुनै जुनिमा तिर्न सक्छु झै नलागे पछि म संग भएको अन्तिम बिकल्प स्कुल छोडेर अरु नै सहरमा अबैधानिक (इलेगल) बस्नु बाहेक अरु केही देख्दिन । अनि म स्कुल छोडेर नया सहरमा जान्छु । नया सहरमा काम पाए कम्सेकम सबै पैसा बच्छ साउको रिन भाइको आइफोन सके जतिको सपना पुरा हुन्छ झै लाग्छ। तर यो कुरा घरमा कसैलाइ भन्न मन लाग्दैन। समय बित्दै गयो करिब डेड बर्षमा म जादा लागेको रिन जति सबै चुक्ता पनि गर्छु घर परिवार सब खुसी मै हुन्छन । अब त एकचोटी आएर गए हुन्छ भन्न सुरु हुन्छ म दशैं तिर बिचार गर्छु भनेर टार्छु ।


तर "मनको बह कसैलाइ नकह"आफ्नो पिडा आफै संग थियो । यसै बिचमा प्राण प्यारी जिवन संगिनी सहर बसाइ सरेर आफु पनि कलेज भर्न हुने भनेर जिद्दी कस्छिन लव पारेर बिहे गर्नेको बिहे पहिले माया बसेर बिहे गर्छन हाम्रो भने बिहे पछि माया बसेको थियो। मैले सम्झाउन जति खोजें पनि उस्को जिद्दीपन संग म हारेर घर सबै संग सल्लाह गरेर सहर नै पढ्न अनुमति दिन्छु । म बिदेश आएको करिब २ बर्ष बित्नै लाग्दा पहिले देखि नै बिरामी हुनु भएको  जिन्दगी दिने "आमा" झन भन्दा झन बिरामी हुदै जानु हुन्छ।। मलाइ पटक पटक नेपाल आउन अनुरोध गरे पनि म चाहेर पनि जान नसक्ने अबस्थामा भएको कुरा के थाहा र घरकालाइ , र पनि म बिदा मिलाएर आउने आस्वासन भने दिन छोड्दिन । यसरी नै सुख दु:ख का साथ दिन हरु चलिरहेका हुन्छन बाहिर सुन्दर लाग्ने स्वार्थै स्वार्थको सहरमा। जहा आफ्ना चिनेका हरु पनि टाढा हुन्छन कतै सहयोग पो  माग्छ भन्ने डरले नचिनेका त त्यसै टाढा छदै छन ।

यसरी समय बित्दै जादा अर्थिक अवस्थामा पनि धेरै सुधार हुदै जान्छ। चाहेको बेला घर जान नपाउने पिडा एक ठाउमा रहे पनि घर परिवारमा नभए नि छ भन्न पाउने आधार बनिसकेका हुन्छ । घर छोडेको पनि धेरै समय बिते पछि घर तिरको सम्झनाले अलि बढी नै सताउन थाल्छ मनमा अनेकौ कुरा खेलिरहन्छन । तर जति कुरा खेले पनि मनलाइ सम्हाल्दै अगि बढ्नु नै जिन्दगीको चुनौति झै लाग्छ।

           एक दिन दिन भरीको कामको थकानले केही खाना बनाउने खाने सम्म जागर चल्दैन ।मनमा पनि अनेक थरी कुरा खेलिरहेको हुन्छ घर छिटै फर्कु झै लाग्छ फेरी पैसाको नसाले समाएको मलाइ जा भन्ने आट नै गर्दैन । आउदा साथ यतिकै खाना नखाइ पल्टिन्छु। यसो मोबाइल खोलेर फ़ेस बुक अन गरेको 'कान्तिपुर' दैनिकले एउटा न्युज पोस्ट गरेको रैछ "श्रीमान बिदेशमा श्रीमती परपुरुष संग" भन्ने शिर्षक राखेर झट्ट आखा त्यही शिर्षकमा गयो क्लिक गरेर पढ्दै गरेको हाम्रै जिल्लाको घटना रैछ अझै पढ्दै जादा गा. बि.स. पनि हाम्रै कता कता मनमा काडाले घोचे जस्तै हुन थाल्यो धड्कन म्याराथुनमा दौडेको घोडा झै दौड्न थाल्यो अझै तर सारेर पढेको मेरै संगिनी मेरै जिवनकी सहयात्रीको नाम देख्दा साथ म चिच्याउछु बेड बाट । तल झर्छु। शरीर पुरै पसिनै पसिना ! धन्न सपना रैछ, म झसंग हुन्छु । यसो मोबाइल हेरेको रातीको १:४० भएको रैछ ।

एउटा चुरोट सल्काउछु ,मन आतिन्छ यसै यसै घरमा फोन गर्छु हत्तपत्त उनै प्रियतमले उठाउछिन आरमै रैछन मन हल्का हुन्छ। अनि थुप्रै सुनेका पढेका घटनाको याद गर्छु श्रीमान प्रदेश श्रीमती अरु संग नै बिहे गरेका अरु संग सबै साँची राखेर राखेको सिन्दुरको हत्या गरेर नया जोडी बनेको घट्ना हरु मेरा मस्तिष्क हरुमा घुमीरहन्छ ।
    
                 अनी,  यसो सोच्छु सच्ची जिन्दगी भनेको नै नसा झै लाग्छ ।   कहिले के को नसा कहिले के को नसा नसै नसा को जिन्दगी यो कहिलै नटुङिने..
   म पनि पैसा कमाउने नसामा फसेको मेरो मनलाइ  परिवार संगको स्पर्सको नसामा मन बदल्न खोज्छु अनि सके सम्म छिटै मेरै देश मेरै गाउ मेरै परिवेशमा फर्कने प्रकियामा अगि बढेर कहिलै नआउने प्राण संगै आफ्नै गाउ फर्कि आए,,... भन्दै गुनगुनाउदै जाने दिन पर्खिरहेको छु आसा छ अब म छिटै आउदै छु बिरामी आमाको सेवा गर्न १ महिना पनि राम्रो संग संगै हुन नपाएकी मेरी प्रियसी संग जिवन भरीको यात्रा संगै गर्ने गरी... स्वार्थै स्वार्थले भरिएको सुन्दर सहरको नसालाइ छोडेर आफ्नै यथार्थको झुपडीमा नया नया सपना बोकेर फर्किदै छु... ......

"यसो सोच्छु सच्ची जिन्दगी भनेको नै नसा झै लाग्छ ।   कहिले के को नसा कहिले के को नसा नसै नसा को जिन्दगी यो कहिलै नटुङिने !!!.........

नोट:- यो कथा केबल रमाइलो को लागि लेखिएको हो यहाँ थुप्रै व्याकरण हरु मिलेको छैन कथा बस्तु पनि मिलेको छैन र पनि पोस्ट गरेको छु अन्यथा नसम्झनु ! पढ्दिनुभयो म आभारी छु !!!!!

Friday, May 2, 2014

कथा ,

                       "उपहार मौनताको"

दिनभरिको थकान अनि, गाउघरको 'याद' संगालेर बेलुका कोठामा आएर फेसबुक अन गर्छु। अन गर्दा साथ इनबक्समा ३ वटा राता बत्ती देख्छु। हतार नगरि ओप्पन गर्दै गर्दा एउटा सधै सम्झिरहने उनै 'प्रियसी'को हुन्छ अर्कों संगै पढ्दाको कलेज साथीको अनि अर्कों अपरिचित मान्छे कहिलै नदेखेको अनुहार कहिलै नसुनेको नामबाट सायद, उस्ले मलाइ चिन्छ चिन्दैन थाहा भएन तर उस्लाइ एउटा कुरा थाहा रैछ मलाइ सधै सम्झने मेरी "प्रेमिका" हो भन्ने। हत्त पत्त त्यही अपरिचित को म्यासेज अन गर्छु । म्यासेज यस्तो देख्छु .. "फ़लानी मेरो २ बर्ष पहिलेको 'लवर' हो अब देखि उस्को पछि नलाउनु ल".. म त्यो म्यासेज पढेर कति बेला सके आफैले पत्तो पाइन अनि टु रिप्लाइ गर्न कोर्छु ,,

     "जम्मा दुइबर्ष ? मेरो २ जुनी पहिले देखि माया बसेको छ।"

             तर लेखेको म्यासेज किन किन मेट्न मन लाग्यो अनि मेटेर हस्! मात्रको जबाफले टारी दिए । त्यती नै बेला मनको एउटा फोल्डर अन गरेर उस्को तस्बीर र म्यासेजलाइ "हाइलाइट" बनाएर 'उधारो जबाफ' नाम दिएर सेभ गरे!! अनि उही प्रियसीलाइ अफलाइन म्यासेज छोडे म्यासेज पढ्दा साथ स्क्यापमा कल गर्नु म अन नै छु। ,, 

जब, उस्लाइ स्क्यापमा अनलाइन देखायो मैले त्यति नै बेला कल गरे अनि सुरुमै के हो? यो "नौटंकी"? भनेर उस्लाइ अगिको म्यासेज कपि पेस्ट गरिदिए अनि उ नम्र स्वरमा मलाइ पहिलेदेखि मन पराउने केटा हो माइन नगर्नु ल कता बाट थाहा पाएर म्यासेज गरेको होला भनेर भन्न नपाउदै मैले प्रश्न माथी प्रश्न थप्दै गए उ निडर र विस्वासका साथ परिक्षाको अगिल्लो दिन पढन्ते बिधार्थीले जबाफ दिए झै दिइरहि । अनि, उस्ले गर्ने मायामा अझ बिस्वासको अर्कों इटा थपिए झै भयो अनि मैले फेरी जिस्काउदै भने यदि हामी एक हुन सकेनौ भने तिमी के गर्छौ ? उस्ले भनि खै के गर्छु थाहा छैन। तर हजुर बाहेक अरु संग बरु मर्छु बिहे चाही गर्दिन यो चाही म बिस्वासका साथ भन्न सक्छु भनि यो शब्दले कता कता मुटुमा एउटा छुट्टै तरंग ल्यायो।


                  अनि, यहि यादलाइ यहि शब्दलाइ मुटुको एउटा कुनामा कहिलै डिलिट नहुने गरि एउटा नया फोल्डरमा "सेभ" गरेर बन्द गर्न मन लाग्यो।  यसरी नै दिन हरु बित्दै थिए। प्राय फेसबुक, भाइवर, स्क्यापमा सधै जसो कुरा भइरहन्थ्यो। हामी दुबैको मनमा एउटै कुरा चल्थ्यो एक अर्कों बिना बाच्न त के कल्पना गरे पनि पाप लाग्छ झै हुन्थ्यो । उस्ले मलाइ गर्ने पबित्र र चोखो मायाका प्रमाणहरु फुकाइ नसक्नुका थिए, म पनि उस्ले दिने माया र बिस्वासको बदला त्यसरी नै चुक्ता गर्थे । 

      हामी सुरुवात गर्दा का शब्द र मायाका शब्द हरुको पनि संकेतिक भाषा प्रयोग गर्न थालिसकेका थियौ ।माया यसरी बढ्दै थियो कि अब ठुला-ठुला 'सुनामी' र 'हावा' हुरीले पनि सजिलै अलग गराउन सक्दैन झै! यसरी नै चलिरहेको मायामा एक हप्ताको लामो ग्याप पछि मैले म्यासेज पठाए aeeee , माया, सिन (seen) देखायो तर रिप्लाइ आएन अनि, कतै बिजी होला भन्ने सोचेर फुर्सद हुदा कल गर्न भनेर अफलाइन भए। तर लामो समय सम्म पनि फोन आएन अनि भाइवर अन गरेर कल गरे बिजी रैछ। घरतिर वा कुनै साथी संग व्यस्त होला भन्ने सोचेर 'फ्रि' हुदा साथ कल ब्याक गर्नु ल भनेर म्यासेज गरे। अनि फेसबुकमा म्यासेजको रिप्लाइ छ होला भन्ने सोचेर खोलेको अगिनै "seen" देखायो। रिप्लाइ गरेनछ, उस्कै वाल हेरे आफ्नो प्रोफाइल पिच्चर चेन्ज गरेको रैछ । अरुले कमेन्ट गरेका फोटोमा थ्यांक्यू भन्न मै व्यस्त रैछ मलाइ रिप्लाइ नगरेको देखेर झनक्क रिस उठेर ऐ नौटंकी! के हो पारा ? न रिप्लाइ छ, न कल ब्याक गर्छ के भो ? यही म्यासेज गरेर भाइवरमा कल गरे कल गयो रिसिभ भएन कयौ पल्ट ट्राई गरे उठेन। रिस र शंकाको बिउ......उस्को मौनता देखेर माथी माथी चढ्दै थियो।अनि, एक्कासी रिस उठेर मैले सम्झने गाली जति सबै लेखेर फेसबुकमा म्यासेज गरे अनि भोली सम्म कल गर्नु जसरी पनि नभए तिम्रो लागी कोरिएको यही म्यासेज नै अन्तिम म्यासेज बन्ने छ!! लव यू 'मिस यू' भनेर सेन्ड गरे। ... 

                      दिन बित्यो, हप्ता बित्यो कही कतै न फोन नै आयो न इनबक्समा म्यासेज नै,, यही अवधिमा उस्ले एउटा गित सेयर गरेको रैछ "सुन्छु तिमीले मलाइ भुल्नै आटेको छौ रे" अनि मैले पनि कही कतै म्यासेज नगरी "बन्न सकिन तिम्रो अन्तिम माया"भन्ने सिर्षक राखेर गित पोस्ट गरे अनि फेसबुकको सेटिंगमा भएको डिएक्टिभेट 'बटन'क्लिक गरे। किनकी उस्को मौनता नै मेरो लागी धोका र बिछोडको 'माहाकव्य' भन्दा कम थिएन । अनि त्यही दिन नै मोबाइल नम्बर चेन्ज गरे उस्को स्क्याप अकाउन्ड पनि डिलिट गरे अब, उस्को र मेरो सम्पर्कको लागी हुलाक सेवा मात्र बाकी थियो तर, त्यो पनि अधुरो थियो किनकी उस्लाइ मेरो ठेगना नै थाहा थिएन ।

      अब उ संग बोलचालको दुरी बाट टाढा भएनि "याद" को दुरी बाट टाढा हुनु थियो। तर याद कसै गरि पनि मेट्न सकिएन सोचे उस्को यादलाइ "धुवा"को साहरा बनाएर धुवा संगै उडाइदिउ कि त बोतलको पानी संगै नसा नसामा छिराएर टुंगाउ ,,, 
  तर,,, मनले यी दुवै कुरालाइ फेरी स्वीकार्न सकेन । फेसबुक 'डिएक्टिभेट' गरेपछि एक दिन बिताउन पनि हजारौ बर्ष झै हुन थाल्यो। मोबाइल चलाउदा उस्कै सम्झना बोकेको सन्देशले मलाइ कुरे होला झै लाग्थ्यो। तर, मैले पूर्ण रुपमा उस्लाइ टाढा भैसकेको अनुमान गरिसकेको थिए। किनकी उस्को मौनता नै सम्बन्ध भत्किएको बलियो प्रमाण थियो । समय आफ्नै गलिमा हिड्दै थियो मैले एक महिना अगि वनाएको टुइटरलाइ निरनतरता दिएर "टुइटर"लाइ नसा र साथी दुवै बनाउने आत्मिय निर्णय साथ हरपल टुइटरमै सानो घर नै बनाए झै !त्यही रमाउन थाले। उस्ले दिएका चोट पिडा सबै पोख्ने ठाउ बनाए । लाग्थ्यो, कुनै अर्को दुनियामा नचिनेका अपरिचित अनुहार संग रंगमन्चमा अभिनय गरिरहेका छौ जहा म पनि एउटा कलाकार हो । झै, दिन सजिलै र रमाउदै एक अर्कोलाइ उडाउदै बित्दै थिए ।

      टुइटरमा करिब ६ महिनाको लामो यात्रा पछि एकदिन शुक्रबारको दिन सन्तोस सम्धिको चिया खाने कुरा गर्दै अगमन भयो। मौन, म पनि हल्ला गर्न आए। पाण्डु-राजा घरभाडा नपाएको गुनासो गर्दै निस्के,आभा झुम्रे भन्दै , बिरालु ढिंग चिका गर्दै, नारायण, गुरु दर्शन गरे भन्दै, नबिन दिदीलाइ सम्झना भन्दै रबिनवावु क्या दामी टुइट भन्दै मेन्सिदै, खुसी फलानो भन्दै लव रिना पानको पात भन्दै प्रदिप दहाल प्यारी भन्दै, उल्टे ज्यापु भन्दै, सरोबर निसा अन्टी भन्दै, अनमिका काका भन्दै, स्वेच्छा, शुन्ना, मिलेका व्याकरणमा पुर्णता पाएका टुइट गर्दै यस्तै यस्तै गर्दै सबै जना आ-आफ्नै तरिकामा रमाउदै गरेको बेला मेरो नोटिफिकेसनमा पनि निलो बत्ती बल्छ। अनि त्यही क्लिक गरेको बधाइ छ "छड्के" साप्तहिकमा टुइट पढ्न पाए खुसी लाग्यो भन्दै मेन्सन गरेको। अनि उस्को हेन्डल क्लिक गर्छु ८ जना फोलोइन २ जना फलोर मलाइ सुरुमै फलो गरेको रैछ । 

 म ,
        उस्को मेन्सनलाइ फेब गरेर हामी सबैलाइ बधाइ:) लेखेर मेन्सनको रिप्लाइ दिन्छु। , उस्ले फेरी मेन्सन गर्छ aeeeeeeeee  <3.....उस्को 'मेन्सन' पढ्दा साथ धड्कन लडाइबाट भागेर आएको सिपाइको भन्दा छिटो गतिमा उफ्रन्छ। अनि फेरी आफ्नो डिपी लाइ सराप्छु । आफ्नै डिपी राखेकोमा पश्चताप गर्छु अनि साप्ताहिकलाई मन मनै सराप्छु टुइट किन छाप्दियो भनेर !! म केही नबोलि "म लुके" भनेर टुइट गर्छु। अनि टुइटर लग आउट गरेर ... त्यही मेन्सन गर्नेलाइ सम्झन्छु कहिलै साप्ताहिक नपढ्ने लाइ आजै किन पढ्नु परेको फेरी उस्को यादको पुनः जन्म भए झै गरि एकाएक सम्झनाका पाना पल्टिन्छन सायद उस्ले पनि मलाइ भुल्न नसकेको रैछ मलाइ खोज्दै खोज्दै यहाँ सम्म आयो। भन्दै मनमा अनेकौ कुरा खेल्छ एक छिन पछि फेरि टुइटर अन गर्छु उस्कै प्रोफ़ाइल अन गर्छु उस्को पहिलो टुइट हेर्छु "शब्दमा खोल्न नसकिने यो माया .. केवल तिमीलाइ साचेको यो माया,",, जुन गित मैले पहिले उस्ले मलाइ कति माया गर्छौ भन्दा यही गित गायर सुनाइ दिन्थे। , फेरी टुइट पढ्दा पढ्दै बितेका पलले मुटुमै सुनामी चले झै हुन्छ। अनि उस्को वायो हेर्छु "मिस यु माया" मात्र देख्छु। अनि, फेरी मायाको बहार आउने कल्पना गर्दै ! मनमा फेरी पुराना दिनको आगमन हुने बिस्वासको आशले पुरै मन फुरुंग हुन्छ। अनि, हतपत ६ महिना अगि देखि डिएक्टिप गरेको 'फेसबुक' अन गर्छु सरासर क्लोज फ्रेन्डमा क्लिक गर्छु।
           
                     ५ जना क्लोज फ्रेन्ड मध्ये उ पनि एक थियो। वाल सार्दै जादा "मिसिङ सम वन' लेखेको 'स्टाटस' देख्छु । मन खुसी भए झै लाग्छ वाल अझै तल सार्छु "इंगेजमेन्ट" शिर्षकमा १० वटा फोटा देख्छु। फोटो पुरा हेर्न नपाउदै आकाश आफु माथी खसेझै लाग्छ, पत्यार लाग्दैन सपना हो झै लागेर आफुलाइ चिमोट्छु दुख्छ। अनि बिपनामा भएकै प्रमाण जुट्छ। अनि मुटुको बिच भागमै ठुलो फोल्डरमा सेफ गरेर राखेको हाम्रो विस्वास, बाचा, कसम सबैले भरिएको बितेका पल एकै चोटी खुल्छन मस्तिष्क भरी यत्रतत्र छरिन्छन एकै चोटी अन्धाकार छाउछ। अनि सम्झनामा 'मुना' 'मदन'को कथा घुम्छ। 'रोमियो' 'जुलियट'को कथा घुम्छ एकै छिन पछि सत्यलाइ स्वीकार्छु। अनि एउटा हातले उस्को जोडीको फोटो ढाक्छु अर्को हातले "नव दाम्पत्य जिवनको लाखै शुभकामना संसार कै नमुना होस्" लेख्छुर कमेन्ट  गर्छु । अनि फेरी सेंटिगमा गएर 'डिएक्टिभेट'बटन क्लिक गर्छु ।

             टुइटर खोल्छु अनि, टुइट पोस्ट गर्छु "नौटंकी पनि एउटा कला रहेछ।"


नोट:- कथामा समाबेस गरिएका टुइटेको नाम अनुमति बिना नै पोस्ट गरेको छु कतै अन्यथा सम्झनु हुनेछैन भन्ने आसा लिएकोछु !!