"मैले के लेखे?"
जब म जान्ने र बुझ्न सक्ने भएको थिए त्यहि बेलामा बुवाले भनेको एउटा कुरा सधै मन मा घुम्न थाल्यो हाम्लाई अरुको जुरेको छैन .जब यो कुरामा मनमा बस्न थाल्यो अनि जिन्दगीको को आफ्नो बाटो आफै बनाउनु पर्छ भन्नेमा मन दौडीरहन थाल्यो थाहा छैन जिन्दगीमा कहाँ कति हारियो कति जितियो ..
समय परिस्थिति जति कठिन र चुनौतिपूर्ण हुन्छन त्यतिनै आत्मबिश्वाश बलियो र भरपर्दो बन्दै जान्छ
समस्या र टेन्सन बाट मुक्त त मान्छे मात्र हैन कुनै पनि सजिब निर्जीव दुवै प्राणी मुक्त छैन केहि न केहि समस्याको जालोमा परेको हुन्छ सबैलाइ आफ्नो समस्या आफ्नो लागि भारी लाग्छन .
मैले गल्ति बाटो रोजे कि सहि मलाई थाहा छैन तर म मेरो खुसीको लागि कहिलै यात्रा गर्न खोजिन म सधै हाम्रो खुसीको लागि हिड्न चाहे जस्तो सुखै परिस्थिति को सामना गर्नको लागि सबै फूलका थुंगा जोडेर सुन्दर माला बनाउने सपना बोकेर कहिले अन्धकार रातमा टुकीको सहारा लिएर र कहिले जुनेली रातको सहारा लिएर सहि गन्तव्यको खोजिमा बाटो बिराएको बटुवा झैँ लामो यात्राको नक्सा बोकेर हिडीरहे मलाई थाहा छ यो यात्रामा कति झरी परे कति कति हुरी चले कति बैरी प्रहार भए कतिले अफ्ठेरो बाटो देखाए कतिले हिड्ने बाटोमा काडे तारको बार बिच्छाए र पनि सुनौलो सपनाको आशा बोकेर हिडेको यात्रीले अनेकौ बाधा पन्छाउदै मूल बाटोको खोजीमा हिडे झैँ हिडी रहे ...
कति चोटी म न्याउली झैँ साथी पाए कतै मयुर झैँ म कहिले न्याउली संगै रोए कहिले मयुर संगै नाचे म सेती नदि झैँ लुक्न नखोजेको पनि हैन तर लुकेर फेरी देखिनु पर्छ भने किन लुक्नु भनेर म लुक्न चाहेर पनि लुक्न सकिन मलाई भगवान प्रति खासै बिश्वास लाग्दैन तर एउटा कुरामा भने मलाई एकदम बिश्वाश लग्छ संसारमा निस्वार्थ माया गर्ने अनि आफ्नो आसु संग सन्तानको खुसि साट्न सक्ने भगवान छनभने त्यो "आमा" मात्र हुन् सक्छ नभए अरु कुनै न कुनै आफ्नो स्वार्थ संग जोडेका हुन्छन सधै आमा बुवाको सपना आफ्नो सन्तान सबै भन्दा राम्रो होस् भन्ने हुन्छ हुनत "गुरु" पनि आफुले पढाएको बिधार्थी सबै भन्दा जान्ने होस् भन्छन तर जति सुकै निस्वार्थी गुरु भए पनि आफुले पढाएको चेला आफु भन्दा जान्ने नहोस भन्छन तर "आमा बाबा" आफ्नो सन्तान आफु भन्दानी जान्ने होस् भन्छन यहि नै गुरु र बा आमामा फरक छ !
समयको काल खण्ड फेरिदा ऋतु हरु फेरिए झैँ मान्छेको स्वभाब पनि फेरिदै जान्छन अनि मान्छे एक बाट अनेक बाटा हरुको खोजीमा दौडिरहको हुन्छ यदि हामी संग घाम पनि जुन पनि भैदिएको भए सायद कहिलै अधेरि कस्तो हुन्छ महशुष नै हुने थिएन होला ..तर हामी जुनको सुन्दर मुस्कान हेर्नको लागि घामलाई लुकाउनै पर्छ त्यसैले त जब घाम डुबेर अधेरी छाउछ अनि जुनको सहारा लिएर मधुर आकाशमा मायाको भाब देख्न पाउछौ मैले मेरो जिन्गदिका कथाका पात्र कहिलै फेर्न नपरोस झैँ लाग्छ जब कथामा पात्र फेरिन्छन त्यति नै बेला जिन्दगीमा पहिरो ,भुइचालो र जुवालामुखी एकै चोटी आए झैँ हुन्छ ..तर समय भन्दा अघि र आफ्नो भाग्य भन्दा बढी कहाँ मिल्छ र कोरिएको भाग्यको रेखा न मेटेर मेटिन्छ न थप्न मिल्ने जे हुन्छ भै छोड्छ
तर जिन्दगि चुनौती र संघर्ष दुवै हो .. यहि चुनौती र संघर्षको यात्रामा युद्धमा हिडेको सिपाई झैँ निडर र फर्कने आश बोकेर सत्यको जितको लागि अगी बढी रहेको हुन्छौ .मलाई थाहा छ भोलि सुनौलो जितको लागि गुड छोडर बेग हानेका चरी हरु आफ्नै गुडलाई सम्झेर फर्कने छन .फेरी सम्झने छन् हाम्रो कथा आफु हिडेको बाटो अनि आफुलाई परिस्थिति र समयले दिएको जिम्मेवारी बाट ..धागो चुडिएको चंगा झैँ जता जता हावा चल्छ त्यतै त्यतै उड्ने छैनन् .आफ्नै सुन्दर संसारको लागि हातमा हात मिलाउदै अनि काधमा काध मिलाउदै गरेको दृश्य हेर्नको लागि आफु हारेर पनि आफ्नो सन्ततिको जितमा रमाउने बुवा आमा डाडै माथि पुगेको घाम झैँ भए पनि मुस्कानले भरिएको मनमा अट्ने गरि भगवान भन्दा माथि बनेर आशिस दिरहने छन् .... हाम्रो खुसीको लागि हाम्रो सुन्दर भविष्यको लागि ,,,,,,,,,
जिन्दगीको अर्को नाम 'भोगाई' पनि हो ! समय पाउदा आफ्नै भोगाईलाइ शब्दमा पोख्ने कोसिस गर्छु...............मात्र "अधुरो जिबनको मधुरो सम्झनाको लागी"..!!
Wednesday, February 19, 2014
" कथाले मागे पछि"
कथाले मागे पछि टाढा भउकि कुन्नि
जिन्दगीनै छेकी दिने डाडा भौ कि कुन्नि!
गुन्यो चोली थन्काएर के के तिर सरिरैछौ
डलरको भाउ बढे संगै छाडा भौ कि कुन्नि!!!
मुखमा मात्र राम राम तिम्रो बगलीमा छुरा देखे .
दुख्यो भन्दै घोची रहने काडा भौ कि कुन्नि !!!
तन थियो मन थियो साथ पनि संगै थियो
निभ्नै लाको टुकी जस्तै गाढा भौ कि कुन्नी !!!
सत्य सबै लत्ताएर झुटको खेति गरे पछी
अहिले आएर चुहिनै लाको भाडा भौ कि कुन्नि !!
"गित '
बरु पागल भएर हिन्दिन्छु
तिम्रै लागि संसारै किन्दिन्छु
तिम्रै निम्ति घर देखि टाढियो
देखाई चारो बल्छीमा पारियो!!
एउटै मुटु छुटिदा पिरमा छु
पाक्नै लाको फर्सी झैँ भिरमा छु
गुनको माया सुन तिर मोडेसी
जस्ले रोप्यो उसैले गोडेसी !!
सबको शिरमा सझिने फुल बन्नु
मलाई पागल भएर डुल भन्नु !!
गुन छोडेर सुन तिर छिर्दै छौ
कुन जुनीको बदला तिर्दै छौ
रोप्न भन्दा बचनका घाउ हरु
छिट्टै घाटी रेटेर जाउ बरु
मुटु चोर्ने निस्टुरी कताछ !!..
उसकै यादले झन् बढी सताछ !!.!
बरु पागल भएर हिन्दिन्छु
तिम्रै लागि संसारै किन्दिन्छु
तिम्रै निम्ति घर देखि टाढियो
देखाई चारो बल्छीमा पारियो!!
एउटै मुटु छुटिदा पिरमा छु
पाक्नै लाको फर्सी झैँ भिरमा छु
गुनको माया सुन तिर मोडेसी
जस्ले रोप्यो उसैले गोडेसी !!
सबको शिरमा सझिने फुल बन्नु
मलाई पागल भएर डुल भन्नु !!
गुन छोडेर सुन तिर छिर्दै छौ
कुन जुनीको बदला तिर्दै छौ
रोप्न भन्दा बचनका घाउ हरु
छिट्टै घाटी रेटेर जाउ बरु
मुटु चोर्ने निस्टुरी कताछ !!..
उसकै यादले झन् बढी सताछ !!.!
"गजल"
जिन्दगीको हिसाब किताब केर्न बाकि छ
च्यातिएका कथाहरु फेर्न बाकी छ !!
भेटे देखि छुटे सम्म छुटे देखि यता
कस्ले जित्यो कस्ले हार्यो हेर्न बाकी छ !!
दुख्ला भन्दै निस्टुरीले चोटका भाला रोपे पछि
तिरका भाला रोक्ने गरि घेर्न बाकी हो !!
चिन्न गार्हो छैन अब को हो मित्र को हो दुस्ट
सत्य साचो छुट्याएर बेर्न बाकी छ !!

Tuesday, February 18, 2014
"मेरो बस्ति "
अतितले फेरी घच्च हान्न थाल्यो ,,अनि झसंग बिउझिए झैँ भए अनि सम्झिए मेरो सानो बस्ति ,मेरो सुन्दर गाउ ,अनि गुन्जी रहे ति पहरामा झर्ने झरनाको छंगछंग .चरीको चिरबिर कोहिलिको आवाज
समय फेरिदै गए पनि सम्झना र याद , नफेरिने रैछ मलाई त्यहि गोठाला दाइले बजाएको बासुरीको याद आयो पल्ला घरे भाउजुको पटुकामा बाधेको मकैको याद आयो .याद कति आयो आयो ,,साच्ची अनौठो दिन थिए .कैले झुम्राको बल खेलेको बाल्यकालले कोटय्यो ..कैले आफै गोठालो बन्दै ..सुसेली हालेको ...यादले चिमोट्यो
म आज यो भिड नै भिडको सहरमा एक्लिएको मन भुइचालो झैँ कापीरहेछ ..यहाँ सबै छ र पनि अभावको दुनियाबाट मुक्ति छैन .म त्यही स्वार्थ बिहिन मेरो बस्तीको तस्बिर आखामा झल्झली सम्झेको छु हातमा हात मिलाउदै काधमा काध मिलाउदै हो हो माले हो हो हो तारे हो गरेको तस्बिर होस् वा गोधुली साझमा सोरठिको भाका नार्दै चौतारीमा मदालु घन्काएको घुनले मुटु चस्स चस्स पर्दै जिस्काई रहेको छ ..मैले अझै सम्झिदै थिए
अचानक पल्ल घरे माइलीको याद आयो अनि मेरो कलम यहि रोकियो !!!:p
"सहरको कथा "
आफ्नै बाट लुटिए पछि सहरको कथा लेख्दै छु म
मनै भित्र गुम्सिएका रहरको कथा लेख्दै छु म!!
जिन्दगीको सारथी नै चुडिएर झरे पछि
बिना आगो जलेको त्यो घरको कथा लेख्दै छु म !!
भत्किएको चौतारी झै,छहारीको साथ छैन
हुरी संगै ढलेको त्यो वरको कथा लेख्दै छु म !!
लेखा जोखा गरेको भए कति हारे जिन्दगीमा
अन्धकारमा रोमोलिदै डरको कथा लेख्दै छु म !!
चुइएकोछ छाना हरु बुढी आमा गर्लिन के के
झुपडीको छानो हेर्दै खरको कथा लेख्दै छु म!!

Sunday, February 16, 2014
" मेरो गजल "
धेरै जिद्दी नगर भो जुनमा पनि दाग छ
घुक्क-घुक्क गर्ने तिम्रो धुनमा पनि दाग छ
कस्को माया कति भनि तराजुमा जोख्छौ भने
तिम्ले रोज्ने अखवरी सुनमा पनि दाग छ
यता ठिक्क उता ठिक्क पछि दिक्क पार्ने भने
स्वार्थ संग जोडिने त्यो गुनमा पनि दाग छ
कति स्वार्थी बन्दै गयौ यहाँ भन्द त नबन भो
अहिले आएर लाग्छ तिम्रो खुनमा पनि दाग छ
धेरै जिद्दी नगर भो जुनमा पनि दाग छ
घुक्क-घुक्क गर्ने तिम्रो धुनमा पनि दाग छ!!
Thursday, February 6, 2014
"मेरो बाग्लुंग ले के पायो ?"
मेरो बग्लुगले झुलुंगे पुलको जिल्ला पायो तर झुल मात्र पायो गतिलो मान्छे तार्ने पुल पाएन प्रकृतिले सुन्दर पहाड गाजा र घुम्टे दियो मनोरम दृश्य ले भरिएको ढोरपाटन दियो तर पर्यटन लाई निम्तो दिएन कत्ति छिट्टै धेरै सूचना र संचारको यफ .यम रेडियो पायो तर श्रोता र बिज्ञापन कर्ता पाएन कति मिठो कलम चलाउने पत्रकार पायो तर जो बलियो र शक्तिमा छ उसको पक्षमा कलम दौडाउने झोले पत्रकार पायो झुपडी,गाउ गाउ ,बस्ति बस्तीका शब्दलाई फुलको मालामा उन्ने धेरै कलाकार जन्मायो !!
, तर माला भिर्न नपाउदै ओइलि हाल्ने निरासा दियो हासको चालमा झैँ कति मिठो पाइलासंगै हिडेका कलाका हस्ती गितकार, कथाकार .गजलकार पायो तर बकुल्लाको बिचमा हुलेर हासलाई बकुल्लाको उपनाम भिरायो हो शिक्षाको लागि धेरै बोडिंग स्कुल जन्मायो तर एउटा शिक्षा सिकाउने गतिलो एउटा शिक्षक् पनि बाग्लुंग ले जन्माएन बिधार्थीलाइ गधालाई झैँ भारी बोकायो ज्ञान बोकाउन पहिले बिल मात्र बोकायो!
हो देशमै सबै भन्दा बढी रेमिटेन्स भित्रायो टेन्स त भित्रायो आफ्ना सन्तानको फ्युचर टेन्स भित्रायो ,,, भ्रस्टाचार गर्न धेरैलाई कुबुद्दी दियो तर बिबेक दिएन हामी आहा मेरो बाग्लुंग भन्दै मक्ख परेउ तर हामी के पायौ के गुमायौ भन्नेमा लुक्न खोज्यौ ..मेरो बाग्लुंग ले धेरै नेता जन्मायो तर नेतृत्व गर्ने जन्माउन बिर्सेछ .रास्ट्रिय गान भन्दा पहिले चार तारे झन्डा र हसिया हतौडा वाला झन्डा पहिले चिनाइयो रुख चिनाउन पसिना चुहायौ तर बिपी चिनाएनौ .'हसिया'र 'हतौडा' को चित्र कोरायौ तर मार्क्स र लेलिन लुकायौ हामी ले बिर्सेउ प्रदेश को कमाइ र भ्रष्टको कमाइले भुडी फुल्छ बिबेक हराउछ भन्ने अनि 'गर्भ'ले पेट फुल्छ तर 'गर्ब'ले छाती फुल्छ भन्ने कुरा भुलेर हामी भुडी फुलाउने होडमा बथान छोडेर भागेको भेडो झैँ भाग्यौ कहाँ कहाँ गन्तव्य बिहिन यात्रामा ..............

Subscribe to:
Posts (Atom)