"मेरो बाग्लुंग ले के पायो ?"
मेरो बग्लुगले झुलुंगे पुलको जिल्ला पायो तर झुल मात्र पायो गतिलो मान्छे तार्ने पुल पाएन प्रकृतिले सुन्दर पहाड गाजा र घुम्टे दियो मनोरम दृश्य ले भरिएको ढोरपाटन दियो तर पर्यटन लाई निम्तो दिएन कत्ति छिट्टै धेरै सूचना र संचारको यफ .यम रेडियो पायो तर श्रोता र बिज्ञापन कर्ता पाएन कति मिठो कलम चलाउने पत्रकार पायो तर जो बलियो र शक्तिमा छ उसको पक्षमा कलम दौडाउने झोले पत्रकार पायो झुपडी,गाउ गाउ ,बस्ति बस्तीका शब्दलाई फुलको मालामा उन्ने धेरै कलाकार जन्मायो !!
, तर माला भिर्न नपाउदै ओइलि हाल्ने निरासा दियो हासको चालमा झैँ कति मिठो पाइलासंगै हिडेका कलाका हस्ती गितकार, कथाकार .गजलकार पायो तर बकुल्लाको बिचमा हुलेर हासलाई बकुल्लाको उपनाम भिरायो हो शिक्षाको लागि धेरै बोडिंग स्कुल जन्मायो तर एउटा शिक्षा सिकाउने गतिलो एउटा शिक्षक् पनि बाग्लुंग ले जन्माएन बिधार्थीलाइ गधालाई झैँ भारी बोकायो ज्ञान बोकाउन पहिले बिल मात्र बोकायो!
हो देशमै सबै भन्दा बढी रेमिटेन्स भित्रायो टेन्स त भित्रायो आफ्ना सन्तानको फ्युचर टेन्स भित्रायो ,,, भ्रस्टाचार गर्न धेरैलाई कुबुद्दी दियो तर बिबेक दिएन हामी आहा मेरो बाग्लुंग भन्दै मक्ख परेउ तर हामी के पायौ के गुमायौ भन्नेमा लुक्न खोज्यौ ..मेरो बाग्लुंग ले धेरै नेता जन्मायो तर नेतृत्व गर्ने जन्माउन बिर्सेछ .रास्ट्रिय गान भन्दा पहिले चार तारे झन्डा र हसिया हतौडा वाला झन्डा पहिले चिनाइयो रुख चिनाउन पसिना चुहायौ तर बिपी चिनाएनौ .'हसिया'र 'हतौडा' को चित्र कोरायौ तर मार्क्स र लेलिन लुकायौ हामी ले बिर्सेउ प्रदेश को कमाइ र भ्रष्टको कमाइले भुडी फुल्छ बिबेक हराउछ भन्ने अनि 'गर्भ'ले पेट फुल्छ तर 'गर्ब'ले छाती फुल्छ भन्ने कुरा भुलेर हामी भुडी फुलाउने होडमा बथान छोडेर भागेको भेडो झैँ भाग्यौ कहाँ कहाँ गन्तव्य बिहिन यात्रामा ..............
No comments:
Post a Comment