"मैले के लेखे?"
जब म जान्ने र बुझ्न सक्ने भएको थिए त्यहि बेलामा बुवाले भनेको एउटा कुरा सधै मन मा घुम्न थाल्यो हाम्लाई अरुको जुरेको छैन .जब यो कुरामा मनमा बस्न थाल्यो अनि जिन्दगीको को आफ्नो बाटो आफै बनाउनु पर्छ भन्नेमा मन दौडीरहन थाल्यो थाहा छैन जिन्दगीमा कहाँ कति हारियो कति जितियो ..
समय परिस्थिति जति कठिन र चुनौतिपूर्ण हुन्छन त्यतिनै आत्मबिश्वाश बलियो र भरपर्दो बन्दै जान्छ
समस्या र टेन्सन बाट मुक्त त मान्छे मात्र हैन कुनै पनि सजिब निर्जीव दुवै प्राणी मुक्त छैन केहि न केहि समस्याको जालोमा परेको हुन्छ सबैलाइ आफ्नो समस्या आफ्नो लागि भारी लाग्छन .
मैले गल्ति बाटो रोजे कि सहि मलाई थाहा छैन तर म मेरो खुसीको लागि कहिलै यात्रा गर्न खोजिन म सधै हाम्रो खुसीको लागि हिड्न चाहे जस्तो सुखै परिस्थिति को सामना गर्नको लागि सबै फूलका थुंगा जोडेर सुन्दर माला बनाउने सपना बोकेर कहिले अन्धकार रातमा टुकीको सहारा लिएर र कहिले जुनेली रातको सहारा लिएर सहि गन्तव्यको खोजिमा बाटो बिराएको बटुवा झैँ लामो यात्राको नक्सा बोकेर हिडीरहे मलाई थाहा छ यो यात्रामा कति झरी परे कति कति हुरी चले कति बैरी प्रहार भए कतिले अफ्ठेरो बाटो देखाए कतिले हिड्ने बाटोमा काडे तारको बार बिच्छाए र पनि सुनौलो सपनाको आशा बोकेर हिडेको यात्रीले अनेकौ बाधा पन्छाउदै मूल बाटोको खोजीमा हिडे झैँ हिडी रहे ...
कति चोटी म न्याउली झैँ साथी पाए कतै मयुर झैँ म कहिले न्याउली संगै रोए कहिले मयुर संगै नाचे म सेती नदि झैँ लुक्न नखोजेको पनि हैन तर लुकेर फेरी देखिनु पर्छ भने किन लुक्नु भनेर म लुक्न चाहेर पनि लुक्न सकिन मलाई भगवान प्रति खासै बिश्वास लाग्दैन तर एउटा कुरामा भने मलाई एकदम बिश्वाश लग्छ संसारमा निस्वार्थ माया गर्ने अनि आफ्नो आसु संग सन्तानको खुसि साट्न सक्ने भगवान छनभने त्यो "आमा" मात्र हुन् सक्छ नभए अरु कुनै न कुनै आफ्नो स्वार्थ संग जोडेका हुन्छन सधै आमा बुवाको सपना आफ्नो सन्तान सबै भन्दा राम्रो होस् भन्ने हुन्छ हुनत "गुरु" पनि आफुले पढाएको बिधार्थी सबै भन्दा जान्ने होस् भन्छन तर जति सुकै निस्वार्थी गुरु भए पनि आफुले पढाएको चेला आफु भन्दा जान्ने नहोस भन्छन तर "आमा बाबा" आफ्नो सन्तान आफु भन्दानी जान्ने होस् भन्छन यहि नै गुरु र बा आमामा फरक छ !
समयको काल खण्ड फेरिदा ऋतु हरु फेरिए झैँ मान्छेको स्वभाब पनि फेरिदै जान्छन अनि मान्छे एक बाट अनेक बाटा हरुको खोजीमा दौडिरहको हुन्छ यदि हामी संग घाम पनि जुन पनि भैदिएको भए सायद कहिलै अधेरि कस्तो हुन्छ महशुष नै हुने थिएन होला ..तर हामी जुनको सुन्दर मुस्कान हेर्नको लागि घामलाई लुकाउनै पर्छ त्यसैले त जब घाम डुबेर अधेरी छाउछ अनि जुनको सहारा लिएर मधुर आकाशमा मायाको भाब देख्न पाउछौ मैले मेरो जिन्गदिका कथाका पात्र कहिलै फेर्न नपरोस झैँ लाग्छ जब कथामा पात्र फेरिन्छन त्यति नै बेला जिन्दगीमा पहिरो ,भुइचालो र जुवालामुखी एकै चोटी आए झैँ हुन्छ ..तर समय भन्दा अघि र आफ्नो भाग्य भन्दा बढी कहाँ मिल्छ र कोरिएको भाग्यको रेखा न मेटेर मेटिन्छ न थप्न मिल्ने जे हुन्छ भै छोड्छ
तर जिन्दगि चुनौती र संघर्ष दुवै हो .. यहि चुनौती र संघर्षको यात्रामा युद्धमा हिडेको सिपाई झैँ निडर र फर्कने आश बोकेर सत्यको जितको लागि अगी बढी रहेको हुन्छौ .मलाई थाहा छ भोलि सुनौलो जितको लागि गुड छोडर बेग हानेका चरी हरु आफ्नै गुडलाई सम्झेर फर्कने छन .फेरी सम्झने छन् हाम्रो कथा आफु हिडेको बाटो अनि आफुलाई परिस्थिति र समयले दिएको जिम्मेवारी बाट ..धागो चुडिएको चंगा झैँ जता जता हावा चल्छ त्यतै त्यतै उड्ने छैनन् .आफ्नै सुन्दर संसारको लागि हातमा हात मिलाउदै अनि काधमा काध मिलाउदै गरेको दृश्य हेर्नको लागि आफु हारेर पनि आफ्नो सन्ततिको जितमा रमाउने बुवा आमा डाडै माथि पुगेको घाम झैँ भए पनि मुस्कानले भरिएको मनमा अट्ने गरि भगवान भन्दा माथि बनेर आशिस दिरहने छन् .... हाम्रो खुसीको लागि हाम्रो सुन्दर भविष्यको लागि ,,,,,,,,,
No comments:
Post a Comment