"मेरो बस्ति "
अतितले फेरी घच्च हान्न थाल्यो ,,अनि झसंग बिउझिए झैँ भए अनि सम्झिए मेरो सानो बस्ति ,मेरो सुन्दर गाउ ,अनि गुन्जी रहे ति पहरामा झर्ने झरनाको छंगछंग .चरीको चिरबिर कोहिलिको आवाज
समय फेरिदै गए पनि सम्झना र याद , नफेरिने रैछ मलाई त्यहि गोठाला दाइले बजाएको बासुरीको याद आयो पल्ला घरे भाउजुको पटुकामा बाधेको मकैको याद आयो .याद कति आयो आयो ,,साच्ची अनौठो दिन थिए .कैले झुम्राको बल खेलेको बाल्यकालले कोटय्यो ..कैले आफै गोठालो बन्दै ..सुसेली हालेको ...यादले चिमोट्यो
म आज यो भिड नै भिडको सहरमा एक्लिएको मन भुइचालो झैँ कापीरहेछ ..यहाँ सबै छ र पनि अभावको दुनियाबाट मुक्ति छैन .म त्यही स्वार्थ बिहिन मेरो बस्तीको तस्बिर आखामा झल्झली सम्झेको छु हातमा हात मिलाउदै काधमा काध मिलाउदै हो हो माले हो हो हो तारे हो गरेको तस्बिर होस् वा गोधुली साझमा सोरठिको भाका नार्दै चौतारीमा मदालु घन्काएको घुनले मुटु चस्स चस्स पर्दै जिस्काई रहेको छ ..मैले अझै सम्झिदै थिए
अचानक पल्ल घरे माइलीको याद आयो अनि मेरो कलम यहि रोकियो !!!:p
No comments:
Post a Comment