Friday, March 14, 2014

         
                     "गजल "



ऋतु फेर्न झर्ने रुखलाइ सुक्यो भन्ने ठान्यौ कि क्या हो
देखाई चारो पासो भित्र बेमानीले तान्यौ कि क्या हो!! 

उदेश्य त चन्द्रमालाइ छुने भन्दै उफ्रिन्थ्यौ त 
झटारो ले जुन तारालाइ झार्ने गरी हान्यौ कि क्या हो!! 

सागर भेट्न जाने भन्दै नदि संग कुस्ती खेल्थ्यौ
त्यती ठुलो सागरलाइ नै डोरी भित्र बान्यौ कि क्या हो!!

मनको महल बनाउ भन्दा आखा तर्दै भाग्ने गर्थेयौ
कतै रामलाइ लत्ताएर रावणलाइ नै छान्यौ कि क्या हो!!
                       ~ ~ "छड्के आखाँ" ~ ~खण्ड -२ 



  "टुइटर"आफैमा एउटा रंगमञ्च हो यहि रंग मञ्चको सहरा लिएर रमाइलो गर्ने सबै टुइटे कलाकार हो !!! यहाँ कोही बरिस्टे छैन सबै आफैमा कुनै न कुनै रुपमा बरिस्ठ छन । ~छड्के~ 

                      ~  बिगत ६ महिना देखिको टुइट अनुभव सगै देखिएको टुइटेका प्रवृतिहरु  ~

 ~बरिष्टे प्रवृति!! ~ जस्को टुइटमा टुइटेको मन एकछिन रोकिएर टुइट संगै मन पनि पौडि खेलिरहेको हुन्छ त्यस्तो टुइटको जन्मदाता नै "बरिष्ट" हो चाहे उसको फलोर ५ होस चाहे ५०k होस,, तर टुइटरमा बरिष्टेको नाममा स्वधोसित बरिस्टेको संख्याको बाहुलियता छ ।

 को हो त स्वधोसित बरिष्टे? 

फ्लोर र फोलोइन को संख्या मा ठुलो खाडलको अन्तर राख्न खोज्ने, अरुका श्रीखण्डालाई खुर्पाको बिड झै सम्झिने, आफ्ना भातमारा टुइटको रिटुइट काउन्ट गरेर बस्ने, साथै आफु बिना टुइटर को टाइमलाइन नचल्ने जस्तो अहमताबादी प्रवृतिको फल्नै नसक्ने जरो गाडेको मनोरोगीहरु नै स्वधोसित बरिस्टे भएको छड्के आखाले देखेको छ ।

 ~चोर प्रवृति~ टियलमा देखिएका राम्रा टुइट हुन वा कही कतै चर्चित भएका १४० अक्षर भित्र अट्ने खालका टुइट वा भनाइलाइ नाकको टुप्पोमा आची दलेर लाज पचाएका हरुले कपि पेस्ट गर्ने प्रवृतिलाइ चोर प्रवृति भनिन्छ टियलमा यस्ता टुइटेको संख्याको पनि बहुलिएता रहेको छ कोही केहीले त हेन्डल सम्म चोरेर पनि चोर्नुमा आफु बहादुरी भएको सम्म साघुरे तर्क राखेको देखिएको छ।

 ~डाह प्रवृति ~  पहिले आफ्नो पकटमा राख्न अनेकौ उपाए अपनाउने सफल भए अरुको बालमतलव नगर्ने असफल भए बतासे बाट घुमाउरो शब्दमा खोइरो खन्ने प्रवृति यो केटी भन्दा केटा टुइटेमा बढी देखिएकोँ छ!! 

~फ्लो ब्याक प्रवृति~ बरिस्ट बन्ने  होटबाजीमा हिडेका हरु दिन नजान्ने भर्खर टियलमा लम्किएका हरु माउन नजान्ने प्रवृति अन्तर्गत को यो प्रवृतिले पुरै मसाल जुल़स निकाल्ने सम्म तयारी गरेको देखिन्छ,,नवआगन्तुक हरु यहि फलो ब्याकलाइ लिएर बरिस्टे भनेर नारा जुलुस गरेको सम्म छड्के आखाले देखेको छ। 

~स्त्री लाम्पाट प्रवृति ~ कुनै पनि केटीका झिना मसिना टुइटमा मेन्सनको लहरो तानेर, बोल्ने बाटो खोज्ने अनि केटीले  "भैसी"उड्यो भन्दा नि अ उड्यो भनेर समर्थन गर्न सम्म पछि नपरि मख्ख पार्न स्वार्थबादले भरिएको :पी,:डी,:)) जस्ता टुइट पनि रिटुइट गर्ने प्रवृति स्त्री लाम्पाड प्रवृति अन्तर्गत राखिएको छ !

~आतंकवादी प्रवृति ~ टुइटको भाव नै नबुझि केवल टुइटेलाइ मख्ख पार्न टाइम लाइनमा देखिने सबै टुइट,मेन्सन, वतासे सबै लाइ आखै नखोली रिटुइट गरेर टियल नै पुरै जाम बनाउने प्रवृति,साथै अरुको मित्रतालाइ सहनै नसकी गोली झै बतासे पेल्ने प्रवृति,, 

~~~~'को हो त "फेक"? ~ ~
बाहिर 'मह'को चाका राखेर भित्र चिनी पगालेर लोक्कल "मह" को दरमा बजार बिस्तार गर्ने दलाल प्रवृति भएको मानसिकतामा रोमलिएको "नपुंसक" नै फेक हो!! जुन बाहिरा महिलाको अभिनय गरेर झुक्काउने र मख्ख पारदिने अभियानमा जुटनु का साथै नैतिक रुपमा पतन भएका टुइट पस्किरहेका हुन्छन छड्के आखाले टियलमा यस्ता नपुंसक धारी हरु कुनै अन्जान केटीको डि पी हालेर त कुनै हिरोनिको कुनैले फूलको डिपी हालेर लाज लुकाएर टुइकेको देख्ने गरेको छ !!


पत्रकार र नेता -  टियलमा सबै भन्दा खोइरो खन्ने भनेको नेता र पत्रकारको हो तर सबै पत्रेहरु अंधेरों मुख मात्र लाएर बस्ने सत्य र साचोको पक्षमा समेत मौन रहने पत्रकारलाइ छड्के आखाले झोले तथा पित पत्रकारको उपमा दिएको छ भने केही नेता हरु केवल भोट संख्या बढ्ने साघुरे सोचाइ बोकेर टुइटरमा खाता खोलेको देखेको छ बिचारको साटासाट हो सामाजिक संजाल तर भातमारा नेताहरु आखामा पट्टी बाधेर टुइटे संग कुनै बेला प्रतिक्रिया नगरेकोले कुल कानुनमा यस्ता नेताको प्रवृति लाइ घण्टा हल्लाएर टुइटर बाट बहिस्कार गर्ने कानुन सम्म बनाउन सुझाब समेत दिएको छ!!

छड्के आखामा टुइट अनुसार टुइटेको बर्गिकरण ~~~
       छड्के आखा  पाण्डु राजाको रिसर्च लाइ सम्म  समर्थन गरि कति कुरा  त्यो अनुसन्धान   संग पनि निकटतम समेत रहेको छ!!!

छोटो मा मोटो (मिठो)अर्थ बोक्ने टुइटेमा आर्यो,मौन,सवारी,खुर्पेटो,चरी,भंगेरो,भकुन्डे,कल्ध्व्ज,कालो छाला  छन .
सिरिंगारिक टुइट~~~ यसमा "उठौ युवा"तथा टुइट कानुनको जन्मादाता  अग्र स्थानमा छन यीनलाइ पछ्याउदै आलु माइला,बैध्य बाको बा,घ्याम्पे,तिनपाते,भेना,शिकारी अगि बढेको देखिएको छ !शिकारी केटीको वतासे शिकारमा माहिर देखिएको छ।

  प्रबिधि सम्बन्धी टुइटमा -:पाण्डु राजा,जुंगे साँप,भ्यागुतो अग्रपंतिमा देखिएका छन साथै पाण्डु राजाले सेलिब्रिटी सम्मलाइ बतासे हान्ने र बतासे बाटै नामकरण गर्नेमा उच्च पद समालेका छन

  यथार्थ र आदर्सको बिच धारमा पढु पढु लाग्ने शब्द बुन्नेमा शुभचिन्तक,,शुन्ना, ,रक्स पोख्रेल उच्च स्थानमा देखिएको छ। रक्स पोख्रेल,बुद्दी सागर र लेन्दाई  सातै रसमा मज्जाले  शब्द जाल बुन्ने बिशिस्टमा परेका छन !!

           सके आफै समाधान गर्ने नसके सम्बन्धित व्यक्तिलाइ सि सि गरेर भए पनि समाधानको बाटो देखाउने समाजसेवी टुइटेमा सन्तोष कटुवाल(सम्धि) परेका छन !!
                                 हास्दै ल बोल्दैमा जिवन सकिन्न भन्ने नारीबादी-- सोचका धनीमा किशोरी,दिलमाया,निशा,बिनु,सुन्यविचार,हराएकि परि,महाकाली,आभा र सरु थापा छड्के आखामा परेका छन नव आगन्तुकको स्वागत र स्वधोसित बरिस्ट पल्टिनेलाई बिदाई गर्नेमा क्षितिज अहिले सम्म कै उत्कृस्टमा छन, जति बेला पनि तनाबै तनाबमा देखिनेमा अल्प बिराम छन। टुइटलाइ समाधान सहित मेन्सन र टुइट संगै गर्नेमा साथै वतासेका दावेदारमा 'परदेशी'देखिएका छन टुइटको माहोललाइ नै रमाइलो बनाउने समय समय सान्दर्भिक  टुइट तथा मेन्सन गर्ने क्रिकेट प्रेमीमा 'रबिनबावु' देखिएका छन

साहित्य टुइटमा -इलामी चिया,प्रेम /मोति,कालो छाला ,समिर क्यासी,समर्पण,सबनम ,समिर कटेल,बिष्णु सुबेदी ,रबिन अधिकारी,तिनतारे र ,सरोबर देखिएका छन

             हेन्डिल जस्तै टुइट र क्रिकेटको सबै जानकारी दिनुका साथै टियलका आधा केटी आफ्नै कब्जामा राख्ने खुबी भएका र #हि! का जन्म्दाता   टुइटेमा 'फन्नि मा'राज'परेका साथमा क्रिकेट बिशेषज्ञमा  अमित झा मोटरवाला,बेवारिसे र सन्तोष र जुंगे छन, भने फुटबलको नाली बेलि सहित गोलको अनुमान सम्म गर्नेमा ' A life' परेका छन। 

               वतासे मास्टरका साथै रमाइलो टुइट र मेन्सनले हसाउनेमा 'दिपक बुडा'कहलिएका छन तर उनी अरुलाइ बतासे हान्ने अरुको बतासे नदेख्ने आरोपबाट भने बच्न सकेका छैनन!! फलो नै नगरेकाको पनि फेव गरेर चकित पार्ने पुरानी टुइटेमा सरु देखिएकि छन राजनीतिक परिवेशमा भने सेति रिभर,शब्द चित्र,दहाल बा,गाउले र मान्ठा देखिएका छन टियलमा आउने सबैलाइ कान्छी र बहिनी,प्रिय  बनाउन निर्विवाद प्रदिप दहालले  पाएका छनँ भने धेरै दिदि बहिनी बटुल्नेमा नबिन छन!

  उत्कृस्ट हेन्डलमा~ नाममा  ~पिढनभएको लोटा,लुत्त बहादुर,जुंगे साँप र उल्टो व्याख्या र मौन परेका छन बिरोधीको खरो प्रतिउत्तर दिनुका साथै नेपाली खेलको बारेमा "सुर्जे" लाइ देखिएको छ दोहोरी बिधामा निशा,सरोबर र बसन्त देखिएका छन संगै गिते टुइट गर्नेमा आकाशकि परि पहिलो र सरु २ मा परिकि छन सबै हेन्डिल संगै जसरी पनि पुग्ने टुइटेका साथै खित् खित् का संस्थापकमा "बिक्रम" परेका छन ।
                           क्रान्तिकारी  नारीमा 'सविता अधिकारी'छानिएकी छन हाइकु बिधालाइ मिठो संग चलाउनेमा सन्तोष,इलामी चिया ,सुन्य विचार,मौन,रबिनबावु,रबिन,खिम्लाल,नारयण,को को,बावुराम,गरिव केटो आदी छन भने हाइकु बाट प्रभावित भएर नया बिधा हास्य "साइकु" जन्माउनेमा सेक्सी र पाण्डु राजा देखिएका छन
          मेन्सन पनि टुइट झै कन्जुस नगरी जहा हुन्छ टुइट त्यहा पुग्छ नारयणको मेन्सन झै गरि मेन्सन साम्राट बनेका छन 'नारयण' एकोहोरो प्रेम रोगी बतासे टुइटेमा वेवारिसे र गरिमा परेका छन बतासमा माया मिसाएर पठाउन सिपालु झापाली र परदेशी देखिएका छन सरल प्रश्नको जटिल उत्तर दिने र प्रति उत्तरमा बलियो झापड प्रहार गर्नेमा   फुत्त बहादुर  परेका छन टियल छिरे पछि मज्जाले हसाउने टुइटेमा भेना,शिकारी,रातोभाले,उल्टे,पाण्डु,लोटा,फन्नि,घ्याम्पे,सेक्सी , बिरालु ,महेश  रहेका छन !!
टुइटे भनेको देशका सभासद भन्दा नि माथि छन भन्ने आधार दिनका लागि मान्ठा को टुइट काण्ड बर्षको उत्कृट राजनीतिक  टुइट मा परेको छ .

        धेरै हेन्डल फेर्नेमा सेक्सी बिरालो लाइ जित्ने मान्छे ले टुइटरमा खाता नखोले को सम्म छड्के आखाले देखेको छ .१७५औ दिन कटाउन सफल डिपीमा लोटा, रक्स पोख्रेल ,सरु ,जुंगे ,भाले र A life परेका छन ,कटुन सम्राटमा बरुण कम्पनि को एकछत्र सफलता पाएका छन् !! फेव मास्टरमा गणेश बाबु ,नेपाली बाबु,  र भाइरस लाइ देखेको छ 

मेन्सनको रिप्लाई नगरु भने ठुली पल्टी भनेर बतासे हान्ने गरु भने गरेरै नसकिने ..गरि मेन्सनको लहरो मात्र पनि पन्छाउन नसकिने भएकोले ९०% नारी बाट राम्रो टुइट पढ्न पाउछु भन्नु  नै मुर्खता हुने छड्के आखाले देखेको छ ,,त्यलैले कुनै बेला यो मेन्सनको लहरो पुर्ब मेची बाट पश्चिम महाकाली सम्म तानिएको सम्म पाइएको छ ,,

अन्तमा छड्के आखाले ~ ~अझै धेरै कुरा देखेको तर समय  ,परिस्थिति  अभाव कारण हुनुका साथै नवआगन्तुकको टुइट प्रवृति हेरेर "छड्के आखा खण्ड"-३ पनि निकाल्ने भएकोले साथै यहाँ नपारेका तर टियलमा योगदान दिने संबै टुइटेलाइ छड्केको मुटु भित्र लुकाएर राखेको समय अनुसार फुकाउदै जानेछ भन्ने कुरा पनि जानकारी गराउन चाहान्छु यहा छड्के आखाको गल्ती होला तर हाम्रो सम्बन्धको गल्ति थिएन छैन र हुने छैन !! 
जादा जादै "टुइटर"बिचारको राजधानी हो जहा सुबिधा र प्रदुषण दुबैको बर्चस्व हुन सक्छ।।। धन्यबाद!!    

नोट - यो केवल रमाइलोको लागि मात्र कोरिएको "छड्के आखा "हो कसैको दिल खिन्न पारेर मन सगुरो नबनाउन समेत छड्के आग्रह गर्दछ यदि कसैको  दिलमा कुनै असर परेमा dm गरेर हटाउन वा थप्न भने छड्के सहर्ष स्वीकार्ने छ   !!
                                                                                                                        
     "टुइट गजल"  
                                                                                                                      ~छड्के~
लुकी लुकी फेव मात्र गरेर हुन्न साथी
बिना अर्थ "शब्द" मात्र छरेर हुन्न साथी!!

राम्रो टुइट देख्छौ भने रिटुइट गर्दा के जन्छर
एकसय चालिस शब्द मात्र भरेर हुन्न साथि !!

कति"बतास' कति मिठो कतिभने गोलि जस्तो
अरु भन्दा तल- तल झरेर हुन्न साथि !!

मेन्सनको त कुरै छोडु फेबु जस्तै भयो भन्छन
उसको लब पर्यो भन्दै मरेर हुन्न साथी !!

हासौ खेलौ 'टुइटर' तिर मरी लानु के नै छर
सधै अगी बढ्नु पर्छ हरेर हुन्न साथी !!

छड्के आखा  खण्ड  -१ पढ्न यहाँ क्लिक गर्नु होला !!
http://aafnaikatha.blogspot.kr/2014/03/blog-post_6795.html

Friday, March 7, 2014

                                       "टुइटर"
        
              ~ ~छड्के आखा - खण्ड -१ ~ ~



२१औं शताब्दीको बदलिदो संसार र सामाजिक संजालको चरम बिकाश संगै भित्रिएको 'फेसबुक' र 'टुइटर' बाट टाढा परे 'सोसाइटी' बाटै टाडा हुने जस्तो बनिने डरले पनि "सोसाइटि"भन्दा अलिकति पनि अलग हुन् सकिएन अनि समयको सदुपयोग भनौ वा समयको माग वा एकअर्काको दुरी जोड्ने सस्तो र भरपर्दो .सूचना र सम्पर्कको मध्यम बन्यो "फेशबुक" र "टुइटर" ,,तर कतिको लागि   यी संजाल छुटिएका सम्बन्ध जोड्ने ठुला ठुला नदीको पुल बन्यो भने कति बेला ..सामाजिक संजाल माकुराको 'जाल" भन्दानी बुझ्नै नसकिने "जालो"पनि  बन्यो ...

जब समय फेरिदै जान्छ  समय संगै  मान्छेको चाहना र आबस्यकता पनि संगै फेरिदै जान्छन ,अनि मान्छे एक बाट अर्को नया चिजको खोजीमा भौतारी रहन्छ ,यसरीनै भौतारिदै जादा ..म पनि .फेसबुक लाई निरन्तरता दिदै .अर्को 'सामाजिक संजाल ' "टुइटर" तिर बसाई सर्ने निर्णय गरे अनि  सुरु गरे "टुइटे" जिन्दगीको सुरुवत यसरी ,,,,,,,

मैले एकचोटी एउटा साथीले फेसबुकमा जब यो 'status' "१) लेख-लेखेर पपुलर हुनचहेमा टिवीटर । २) फोटो राखेर पपुलर हुनचहेमा फेसबूक । ३) अब भेडियो शहीत पपुलर हुनचहेमा युटुव "  यो  status जब हालेको देखे अनि मैले मन मनै बार्ता गरे फोटो होलेर पनि पपुलर भईयो, अब "शब्द"को माला उनेर पपुलर हुन् पाइने रैछ भन्ने सोचेर "टुइटर" खाता   खोले ..
जब म टुइटरमा छिरे पहिले उही फेसबुकमा status राख्ने साथीलाई नै फलो गरे उसको सानो फोटो मुनि टुइटेको भाषामा (डिपी) मुनि यो लेखिएको थियो  "१) लेख-लेखेर पपुलर हुनचहेमा टिवीटर । २) फोटो राखेर पपुलर हुनचहेमा फेसबुक । ३) अब भेडियो शहीत पपुलर हुनचहेमा युटुव । तपैलाई हैन जस्तो लागे फलो  नदिनुहोला"


यो देखे, यसलाई 'बायो' भनिदो रैछ अनि मैले पनि के लेखु के लेखु भो र  त्यहि खाली ठाउमा  सधै मनमा आइरहने शब्द  "सत्य पाउन भन्दा जोगाउन कठिन हुन्छ " यहि भनाइ एक्लै चोटी बायो मा र टुइट गरे


         .अनि सारूप खान ,बाबुराम भटराई,गगन थापा ,जस्ता चर्चित हस्तीलाई फलो गरे अनि तिनि  हरुलाई फलो गर्ने करिब ३ दर्जन जति लाई फलो गरेको त मेरो टाइम लाइनमा कस्ता मिठो मिठो "शब्द'को मन छुने टुइट हरुले ले भरिन थाल्यो .अनि म पनि मख्ख परेर अब मेरो टुइट पनि यिनी  हरुले पढ्छन होला भन्ने भयो ..तर बिचारा !!!! मलाई के थाहा र मेरो टुइट पढ्न उनि हरुले पनि फलो ब्याक गर्नु पर्छ भन्ने
           करिब १० दिनको यात्रा पछि मैले १५० फलो गर्दा मलाई पनि फलो ब्याक गर्ने करिब ५० पुगे म संसार जिते झैँ खुसि  हुदै थिए दिनकै करिब ५० चोटी त फलोर लिस्ट हेर्थे , अचम्मको कुरा त के भने म टुइटे को हेन्डल र टुइट सम्झेर एक्लै हासेको हासेई गर्थे कति चोटी ..
मेरो आखामा केहि टुइटे काण्ड यस्तो छ ..म टुइट मा लुकि लुकी हेर्दा त्यो बेलाका  मेरो टाइम लाइनमा आउने चर्चित हेन्डल   पिध नभएको लोटा,शंखे किरा ,जुजुमान,परदेशी,सरु,रबिनबाबु,बुने,खिमलाल पन्थी,बिक्रम,बरुण कम्पनि,बराजु ,घिमिरे सरकार ,फन्नी महाराज,उल्टो व्यख्या, जुंगे साप,प्रदिप दाहाल,life, यिनी हरुको टुइटले मेरो टाइम लाइन भरिन्थ्यो अनि म पढ्दै कति हास्थे कति बेला भाबुक पनि ..अनि मैले सोच्थे  सबै विद्वान हरु टुइटर तिर बसाई सरेर यहि घर नै पो बनेका रहेछन झन्  ,,सानो शब्दमा ठुला भाव भेटिने टुइट पढ्न पाउदा ,,कोहि मीठो मिठो  हास्ने टुइट गर्थे कोहिले भाबुक हुने समसामाहिक टुइट  म सबै भन्दा  हास्ने हेन्डल नाम 'पिढ नभएको लोटा' र 'लुत्त बहादुर फुत्त' हो अनि कस्को  टुइट हो अहिले याद भएन "बहादुर त त्यो हो जसले पखाला लाएको बेला पनि पादने हिम्मत गर्छ"  यो टुइट अहिले सम्झे पनि मरि मारी हासो उठ्छ

अनि रक्स पोखरेलको "जब तिमि थपी  थपी खाना खाएर चुठ्न जादा भित्र आमाले कसौडी कोतार्दै आउने धुन   नै मायाको धुन हो " यो टुइट ले नतमस्तक पर्छ अझै पनि ..

     कोहि यस्ता टुइटे लाग्थ्यो त्यो बेला  म नै टुइट हु ..भने स्वोघोसित बरिस्ठे पनि यहि टियल भित्र थिए छन ,,र भै रहन्छन अरु नया टुइटे लाई भुइको धुलो सोचेर आफु जुन भन्दानी माथि हो कि झैँ गर्ने अहमताबादीअन्धे टुइटे ,,,,,

समयको घडी चल्दै गयो अनि मेरो टुइट यात्रा पनि सुइ संगै हिड्न खोज्यो ..अनि राम्रो टुइट  देख्यो कि फलो गर्ने यात्रा ..बुलेट ट्रेन झैँ कुध्न थाल्यो धेरैलाई गरियो कुरियो ब्याक नगर्नेलाई उन्फलियो पनि ...यहाँ सम्म आउदा बल्ल तल्ल  मैले बतासे, डिपी,Dm, TLजस्ता संकेतिंक शब्द बुझ्ने भैसकेको थिए ,,

            समय बित्दै जादा धेरै अन्जन, अदृस्य टुइटे साथी संग भावनात्मक माया बढ्दै गयो जो जहाँ भए नि  टाइम लाइन संगै हुदा एउटै घर भित्र छौ झैँ हुन्छ,  यसबीचमा  धेरै संग भावनात्मक चिनजान भयो ...कहिले बतास बनेर सम्बन्धको डोरी कसियो त कति संग मेन्सन गरेर कति लाइ फेव गरेर मिठो टुइट को सम्मान बाडियो कतिलाई रिटुइट गरेर अझै राम्रो लेख्न  हौसलाको अमृत  दिइयो  यसरि नै 'टुइटर' को "टाइम लाइन" हिडे झैँ म पनि टाइम लाइन संगै हिड्न थाले हिड्दा हिड्दै मलाई त कति बेला यो टुइटर ले आफ्नो जालमा पारेर  "मोहनी'  पो लाइसकेको रैछ ..थाहा नै भएन ....!!!!

 बाकी अर्को हप्ता ......





Thursday, March 6, 2014

   "जुनको  गजल"


अन्धकार मा रोमोलिदा जुनको गजल लेखे
 आज फेरी सम्झिएर उनको गजल लेखे! 

बिज्दा काडा पैतालमा मेरै हात् ले झिकि दिन्थे 
 हैन जस्तो गर्द खेरी गुनको गजल लेखे!!

 नत ताल छ नत सुर् छ के भनौर जिन्दगीको
 मन को तार चुडे पछी धुनको गजल लेखे !!

मन को बाटो भात्काएर धनको बाटो रोजेपछी
 मनको महल ढलाएरै सुनको गजल लेखे!! 

  गोरेटोमा भेटिएर दोबाटोमा छुटे पछी ..
थाहानै छैन अहिले आएर कुनको गजल लेखे!!

Monday, March 3, 2014

        " दशैँ गजल "



दशैँ आउदा सुख दुख साटेर ठिक गरेउ !!! 
बल्छ भने चुलो,सिमाना नै काटेर ठिक गरेउ!!

झुक्दै न झुक्ने नेपाली को छोरो भनेर हुन्न यहा
 सुख दुख गर्छौ भनि आटेर ठिक गरेउ !!

काम गर्ने गोर्खे ,मकै खाने लोर्के ,यहाँ 
न दुखेनी दुख्यो भनि ढाटेर ठिक गरेउ!!

आफ्नो टाउको फुटे पछी मितको टाउको बेलै सरि
   कच् कच् गर्ने भोटे संग फाटेर ठिक गरेउ!!!

       

Wednesday, February 19, 2014

                      "मैले के लेखे?"

जब म जान्ने र बुझ्न सक्ने भएको थिए त्यहि  बेलामा बुवाले भनेको एउटा कुरा सधै मन मा घुम्न थाल्यो हाम्लाई अरुको जुरेको छैन .जब यो कुरामा मनमा बस्न थाल्यो अनि जिन्दगीको को आफ्नो बाटो आफै बनाउनु पर्छ भन्नेमा मन दौडीरहन थाल्यो थाहा छैन जिन्दगीमा कहाँ कति हारियो कति जितियो ..
समय परिस्थिति जति कठिन र चुनौतिपूर्ण हुन्छन त्यतिनै आत्मबिश्वाश बलियो र भरपर्दो बन्दै जान्छ
समस्या र टेन्सन बाट मुक्त त मान्छे मात्र हैन कुनै पनि सजिब निर्जीव दुवै प्राणी मुक्त छैन केहि न केहि समस्याको जालोमा परेको हुन्छ सबैलाइ  आफ्नो समस्या  आफ्नो लागि भारी लाग्छन .
मैले गल्ति बाटो रोजे कि सहि मलाई थाहा छैन तर म मेरो खुसीको लागि कहिलै यात्रा गर्न खोजिन म सधै हाम्रो खुसीको लागि हिड्न चाहे  जस्तो सुखै परिस्थिति को सामना गर्नको लागि सबै फूलका थुंगा जोडेर सुन्दर माला बनाउने सपना बोकेर कहिले अन्धकार रातमा टुकीको सहारा लिएर र कहिले जुनेली रातको सहारा लिएर सहि गन्तव्यको खोजिमा बाटो बिराएको बटुवा झैँ लामो यात्राको नक्सा बोकेर हिडीरहे मलाई थाहा छ यो यात्रामा कति झरी परे कति कति हुरी चले कति बैरी  प्रहार भए कतिले अफ्ठेरो बाटो देखाए कतिले हिड्ने बाटोमा काडे तारको बार बिच्छाए  र पनि सुनौलो सपनाको आशा बोकेर हिडेको यात्रीले अनेकौ बाधा पन्छाउदै मूल बाटोको खोजीमा हिडे झैँ हिडी रहे ...
                              कति चोटी म न्याउली झैँ साथी पाए कतै मयुर झैँ म कहिले न्याउली संगै रोए कहिले मयुर संगै नाचे  म सेती नदि झैँ लुक्न नखोजेको पनि हैन तर लुकेर फेरी देखिनु पर्छ भने किन लुक्नु भनेर म लुक्न चाहेर पनि लुक्न सकिन मलाई भगवान प्रति खासै बिश्वास लाग्दैन तर एउटा  कुरामा भने मलाई एकदम बिश्वाश लग्छ संसारमा निस्वार्थ माया गर्ने अनि आफ्नो आसु संग सन्तानको खुसि साट्न सक्ने भगवान छनभने त्यो "आमा" मात्र हुन् सक्छ नभए अरु कुनै न कुनै आफ्नो स्वार्थ संग जोडेका हुन्छन सधै आमा बुवाको सपना आफ्नो सन्तान सबै भन्दा राम्रो होस् भन्ने हुन्छ हुनत "गुरु" पनि  आफुले पढाएको बिधार्थी सबै भन्दा जान्ने होस् भन्छन तर जति सुकै निस्वार्थी गुरु भए पनि आफुले पढाएको चेला आफु भन्दा जान्ने नहोस भन्छन तर "आमा बाबा" आफ्नो सन्तान आफु भन्दानी जान्ने होस् भन्छन यहि नै गुरु र बा आमामा फरक छ !

                                    समयको काल खण्ड फेरिदा ऋतु हरु फेरिए झैँ मान्छेको स्वभाब पनि फेरिदै जान्छन अनि मान्छे एक बाट अनेक बाटा हरुको खोजीमा दौडिरहको हुन्छ  यदि हामी  संग घाम पनि जुन पनि भैदिएको भए सायद  कहिलै अधेरि कस्तो हुन्छ महशुष नै हुने थिएन होला ..तर हामी जुनको सुन्दर मुस्कान हेर्नको लागि घामलाई लुकाउनै पर्छ त्यसैले त जब  घाम डुबेर अधेरी छाउछ अनि जुनको सहारा लिएर मधुर आकाशमा मायाको भाब देख्न पाउछौ मैले मेरो जिन्गदिका कथाका पात्र  कहिलै फेर्न नपरोस झैँ लाग्छ जब कथामा पात्र फेरिन्छन त्यति नै  बेला जिन्दगीमा पहिरो ,भुइचालो र जुवालामुखी एकै चोटी आए झैँ हुन्छ ..तर समय भन्दा अघि र आफ्नो भाग्य भन्दा बढी कहाँ मिल्छ र कोरिएको भाग्यको रेखा न मेटेर मेटिन्छ न थप्न मिल्ने जे हुन्छ भै छोड्छ
तर जिन्दगि चुनौती र संघर्ष दुवै हो .. यहि चुनौती र संघर्षको यात्रामा युद्धमा हिडेको सिपाई झैँ निडर र फर्कने आश बोकेर सत्यको जितको लागि अगी बढी रहेको हुन्छौ .मलाई थाहा छ भोलि सुनौलो जितको लागि गुड छोडर बेग हानेका चरी हरु आफ्नै गुडलाई सम्झेर फर्कने छन .फेरी सम्झने छन् हाम्रो कथा आफु हिडेको बाटो अनि आफुलाई परिस्थिति र समयले दिएको  जिम्मेवारी बाट ..धागो चुडिएको चंगा झैँ जता जता हावा चल्छ त्यतै त्यतै उड्ने छैनन् .आफ्नै सुन्दर संसारको लागि हातमा हात मिलाउदै अनि काधमा काध मिलाउदै गरेको दृश्य हेर्नको लागि  आफु हारेर पनि आफ्नो सन्ततिको जितमा रमाउने बुवा आमा  डाडै माथि पुगेको  घाम झैँ भए पनि मुस्कानले भरिएको मनमा अट्ने गरि भगवान भन्दा माथि बनेर आशिस दिरहने छन् .... हाम्रो खुसीको लागि हाम्रो सुन्दर भविष्यको लागि ,,,,,,,,,